रोल्पामा २ हजार ४१५ जना क्वारेन्टाइनमा बस्दै

रोल्पा समाचारदता
बैशाख १० लिबाङ

 

विश्वव्यापी महामारीकोरुप कोरोना भाइरस (कोभिड १९) फैलिरहेको बेलामा रोल्पा जिल्लामा यसको संक्रमण रोकथामका लागि एवं चेकजाँच कार्यलाई तीव्रता बनाइएको छ । आजसम्म १९ हजार ९०३ को स्वास्थ्य परिक्षण गरिएको छ । सबैको अबस्था आजसम्म सामान्य नै रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । सो क्रममा रोल्पा जिल्लाबाट इट्टा उद्योगमा गएकाहरु रोल्पा जिल्लामा प्रवेश गरीपछि स्वास्थ्य जाँच गर्दै विभिन्न स्थानीयतहले क्वारेन्टाइनमा बस्न व्यवस्था गरेका छन् ।


रोल्पा जिल्लामा बुधबार दिउसोसम्म जिल्ला प्रशासन कार्यालय रोल्पाले लिएको जानकारी अनुसार १९ हजार ९०३ जनाको स्वास्थ्य परिक्षण गरिको छ भने २ हजार ४१५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बुधबारसम्ममा क्वारेन्टाइनको बेड संख्या जम्मा २ हजार ५२० मा ७२६ महिला १ हजार ६८९ जना पुरुष गरी २ हजार ४१ जना बसेको, २३ वटा आइसोलेसन वेड रहेको भए पनि कुनै पनि विरामी नरहेको जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर वलीले जानकारी दिनुभएको छ ।
रोल्पा जिल्लाभरीमा २६० जनाको आर.डी.टी गरिएकोमा सबैको रिपोट नेगिटिम आएको क्वारेन्टाईनबाट फिर्ता भएको संख्या ३१९ जना, आइसोलेनबाट ९ जना फिर्ता भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका तथ्याङ्क सहायक कोरोना सूचना पोकल पर्सन अरुण भिटुले जानकारी दिनुभएको छ ।
हाल रोल्पा जिल्लाका सम्पूर्ण स्थानीयतहरुले विद्यालय, सामुदायिक भवन लगायतका स्थानमा क्वारेन्टाईनको व्यवस्थापन गरेर मानिसहरुलाई व्यवस्थित रुपमा राखिएको रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले बताउनुभएको छ । यसैगरी जिल्लाका अन्य स्थानीयतहरुले पनि व्यवस्थापन गरेको रोल्पा समचार अनलाईनसंग बताउनुभएको छ । स्थानीयसरकारले गरेको व्यवस्थापनलाई निकै राम्रो भएको रोल्पा नगरपालिक ६ जनकिरण प्रा.वि.मा रहेका लालबहादुर विश्वकर्माले बताउनुभयो ।
रोल्पा जिल्लामा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा कमाण्ड पोष्टका प्रमुख लक्ष्मण ढकालले राजधानी लगायत देशको अन्य स्थानबाट रोल्पामा आएका मजदुरहरुले आएकाले तीनहरुको अवस्थामा चेकजाँच गर्नुपर्ने विषय औलाल्याउँदै रोल्पा जिल्लाको हालसम्मको अवस्था ठिकै रहेको बताउनुभयो । रोल्पा जिल्ला चैत्र महिनाभरी सुरक्षित रहेको भए पनि अब अन्य स्थानबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा रोखेर व्यवस्थित गर्ने कुरा पनि कम चुनौती पूर्ण छैन । तै पनि रोल्पा जिल्लाका स्थानीयहरुले पनि गरेको शाहसबाट सिंगो रोल्पालाई फाइदा पुगेको छ । यसलाई अझै निरन्तरता दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

 

You may also like