उर्जा मन्त्री माननीय वर्षमान पुन ‘अनन्त’ काे पहलमा रोल्पा सिमेन्ट प्रा.ली.द्वारा जि.प्र.का. रोल्पालाई ३ हजार ५ सय माक्स हस्तान्तरण 

उर्जा मन्त्री माननीय वर्षमान पुन  ‘अनन्त’ काे पहलमा रोल्पा सिमेन्ट प्रा.ली.द्वारा जि.प्र.का. रोल्पालाई ३ हजार ५ सय माक्स हस्तान्तरण
७ वैशाख, लिबाङ–रोल्पा


संघीय सरकार नेपाल उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको पहल र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको समन्वयम आइतबार रोल्पा सिमेन्ट प्रा.ली.प्रशासन प्रमुख टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गर्नुभएको हो । मा त्रिवेणी गाउँपालिका बुढागाउँ रोल्पा स्थित रोल्पा सिमेन्ट प्रा.ली.बाट आज जिल्ला प्रशासन कार्यालय रोल्पालाई ३ हजार ५ सय माक्स हस्तारण भएको छ । नोबेल कोरणा भाइरस सहित अन्य भाइरसहरुको रोगहरुबाट बच्न र बचाउन थप सहयोग पुग्ने भएको छ ।


प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले रोल्पा सिमेन्ट प्रा.ली.बाट उपलब्ध माक्स ५ नं. प्रदेश सभा सदस्य दीपेन्द्र पुन, यस जिल्लाको दश ओटा स्थानीयतह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, रोल्पा अस्पतालहरु, जिल्ला गारागार कार्यालय राेल्पालाइ आवश्यकताको आधारमा यस कार्यालयले उपलब्ध गराउने बताउनुभयो । उहाँले विश्वभरि महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) सहित अन्य विभिन्न रोगहरुको किटाणुबाट बच्न र बचाउनका लागि प्रा.ली.बाट उपलब्ध माक्सले पनि महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । भाइरसको संकटबाट बच्न र बचाउनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अभियानमा सिमेन्ट प्रा.ली. सहित अन्य विभिन्न सहयोगी निकायहरुको सहयोग, सहकार्य र समन्वयबाट नै भाइरसमुक्त बन्न सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
त्यसैगरी सिमेन्ट प्रा.ली.को हस्तातरण कार्यकरमा रोल्पा सिमेन्ट प्रा.ली.प्रशासन प्रमुख टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारीलाई हस्तातरण गर्नुभएको हो । टेकबहादुर गुरुङले प्रा.ली.को सहयोग पूर्णता नहुन सक्छ । तर, नोबेल कोरोना भाइरस (कोभिड–१९) महा संकटमा यो प्रा.ली.को सहयोगले केही सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रा.ली.ले सक्दो सहयोग गर्ने माक्स हस्तारणमा प्रतिवद्वता व्यक्त गर्नुभयो ।

You may also like