रोल्पाका तेबाङबासीले हतियारधारीलाई जनताले पक्रे

रोल्पा समचारदाता
लिबाङ, ७ बैशाख


रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का तेबाङबासीले एक हतियारधारीबाट होतियार खोसेका छन् । शनिबार दिउसो अपरिचित व्यक्तिलाई जंगलमा हतियारसहित देखेपछि गाउँका मानिसहरुले जंगल घेरा हालेर नियन्त्रणमा लिएका थिए ।
कोरोना संक्रमण रोक्नका लागि नाका रेखदेख गर्ने मानिस र पानी बनाउन जाने मनिहरुले नयाँ रामलाग्ने भन्ने वनमा हतियारसहित देखेपछि स्थानीयवासी बोलाउँदा भागेपछि गाउँलेहरुले जंगल घेराहालेर नियन्त्रणमा लिन सफल भएको समाजसेवी एवं नेकपाका नेता देवेन्द्र घर्तीमगर (सुमन) ले बताउनुभयो । उहाँले भन्नुभयोः–‘हामीले देखेपछि गाउँपालिका नियन्त्रण लिएका थियौँ, बाइकमा हालेर लिने बेलामा बाइकबाट भाग्यो, हतियार मात्रै लिन सफल भएका छाँै, त्यो हतियार टोयरवल नै हो ।’ उहाँले भन्नुभयो मानिस को हो चिन्न नसकिएको उहाँको भनाई छ । आज प्रहरी आएमा सो हतियार प्रहरीलाई बुझाउने बताउनुभयो । जनमुक्ति सेना भएर देश परिवर्तनमा लाग्दै गर्दा गरिएको विगतको स्मरण गर्दै भन्नुभयोः–‘विगतमा आफूले धेरै कमाण्डो गरिन्थ्यो, आज आफैलाई उहाँले पहिलो आफैले धेरै कमाण्डोमा परियो । बल्ल बाचियो, त्यो मानिसले हामीलाई हानेको भए त हामी मर्ने नै थियौँ ।’
यस विषयमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले वडा अध्यक्ष मानसिंह पुनमगरले आफूलाई जानकारी गराएको र सुरक्षा निकायसंग समन्वय गरी प्रहरीलाई हतियार बुझ्नका लागि टोली पठाएको बताउनुभयो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले आफ्नो टोली गएको बताँउँदै सिकार खेल्ने मानिस भएको हुन सक्ने बताउनुभयो । अाइतबार विहान प्रहरी कार्यालय सुलिचौरबाट आफ्नो टोली पठाएको इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र धमलाले बताउनुभो । टोलीले काम अनुसन्धान गरिरहेको फर्किएपछि मात्रै सबै कुराको जानकारी हुने बताउनुभो ।
गाउँका मानिसहरुले आजकाल कसैलाई पनि गाउँमा पस्न दिएका छैनन् । ती व्यक्ति को हुन भन्ने अझै कसैले अनुमान गर्न सकेका छैनन् । त्यसैले रोल्पामा आजकाल सुरक्षा निकाय र गाउँका सचेत नागरिकहरुबाट नै कडाई सुरक्षाको व्यवस्था गरिएकोबाट गाउँलेलाई निकै राम्रो भएको प्रक्रियाहरु दिएका छन् ।

You may also like