प्रेस संगठन नेपाल ५ नं. प्रदेश नेपालद्वारा प्रेस विज्ञप्ती जारी

प्रेस संगठन नेपाल ५ नं. प्रदेश नेपालद्वारा प्रेस विज्ञप्ती जारी
६ वैशाख, लिबाङ रोल्पा ।


नेपाल क्युनिष्ट पार्टी (ने.क.पा) पार्टीको शुभ चिन्ताक संगठन प्रेस संगठन नेपाल ५ नं. प्रदेश नेपालद्वारा आज विश्वभरि महामारी फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट बच्न र बचाउनका लागि संगठन र सम्पूर्ण सञ्चारमाध्यको भूमिकालाई प्रशंसा सहित प्रेस विज्ञप्ती जारी गरेको छ । यस विज्ञप्ती मार्फत सम्पूर्ण पत्रकाहरुलाई सुरक्षितपूर्व समाचार सम्प्रेषणका लागि समेत हार्दिक अपिल गरेको छ ।
यस संगठनको इञ्चार्ज मनोज घर्तीमगर, संयोजक सविन प्रियासन र सह–संयोजक मानसिंह विश्वकर्माद्वारा संयुक्त हस्ताक्षर प्रसे विज्ञप्ती मार्फत भनिएको छ,‘यस भाइरसले विश्वमा विश्व जगतलाई आक्रान्त पारेको साथै पछिल्लो समयमा नेपालमा पनि यसको संक्रमण जोखिमका न्यूनिकरण गर्न गरिएका विभिन्न प्रयास गर्दा गर्दै पनि संक्रमितको घटनाहरु बढिरहेका छन् । प्रदेश समितिको तर्फबाट र जिल्लाको तर्फबाट सबै जिल्लाहरुले प्रेस विज्ञप्ती जारी गर्ने, जिल्लामा विज्ञप्ती जारी गरी संगठनमा आवद्वहरु पत्रकारहरु र सम्पूर्ण सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई सुरक्षित पूर्वक जनतालाई सही सूचना प्रवाह गर्न गरी व्यवस्था मिलाउने, समाचार संकलन, समाचार सम्प्रेशनका लागि बढी टेलिफोन र अनलाईन, सामाजिक सञ्जालहरुको माध्यमबाट प्रकाशित समाचारहरुलाई पनि पुनः बुझेर सही जनतालाई सचेत बनाउने गरी व्यवस्थापन मिलाउन, समाचार संकलन, समाचार सम्प्रेशनका सम्पूर्ण कक्षहरुमा सामाजिक दुरीहरु कायम गरी कार्य सम्पादन गर्नका लागि यो जानकारी गराएको, संगठन एवं अन्य सञ्चारकर्मीहरुलाई केही समस्या परेमा तत्काल संगठन, एवं सरोकारवाला निकायहरुलाई जानकारी गरी उद्धारको लागि पहल गर्ने व्यवस्थापन मिलाउन संगठनले अग्रणी भूमिका निर्वाह गर्ने निर्णय पारित भएको छ । साथै प्रेस संगठन नेपाल प्रदेश नं. ५ को कोरोना भाइरसको सूचना प्रवाह, समाचार सम्प्रेशन, गतिविधि तीव्र भइरहेको, यस प्रदेशमा कार्य क्षेत्रमा केन्द्रीय सदस्य तथा आयोगका सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्लाका संयोजक÷सहसंयोजकहरुले आ–आफ्नो क्षेत्रमा बढाइरहनुभएको क्रियाशीलता प्रशंसनीय भएको र आगामी दिनमा यहाँहरुको क्रियाशीलता अझै बढ्ने र संगठन नयाँ उचाइमा पुग्ने, प्रदेश नं. ५ मा कोरोना भाइरसको संक्रमणमुक्त गर्नका लागि महत्पूर्णको भूमिका संगठनले प्रशंसानीय छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणले विश्वका सम्पूर्ण देशहरु आक्रान्त बनेका छन् । जनजीवनको सम्पूर्ण क्षेत्रमा गम्भीर असर परिरहेको छ । विश्वमा धेरै मानिसहरुले जीवन गुमाई सकेका छन् । यस भाइरससँग लड्डा लड्दै जीवन गुमाउने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपचारको सक्रममा रहेका सम्पूर्ण संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना प्रेस संगठन नेपाल प्रदेश समिति व्यक्त गर्दछ ।’
यस भाइरसले नेपाललाई पनि निकै मारमा पारेको छ । मानिसका आधारभूत आवश्यकताहरु समेत पूरा गर्न क्रमशः आज गाह्रो हुन थालेको छ । यसको महामारीले नेपाल पनि अछुत रहन सकेनको छैन । यस सम्बन्धी नेपाल सरकारले लिएका निर्णयहरुलाई पालना गरी यसका विरुद्धको लडाईमा एकधिक्का भएर जुत्न आज विश्व एवं सिंगो नेपालीको दायित्व एवं कतव्र्य हो । यसका विरुद्धमा सामाजिक दुरी, लकडाउन मात्रै एउटा उत्तम विकल्प भएको आज जारी प्रेस विज्ञप्ती उल्लेख गरिएको छ । हालसम्म यो प्रदेशमा कोरोना भाइसरको संक्रमित नभएता पनि यो प्रदेश छिमेकी राष्ट्र भारतको खुला नाकासँग जोडिएको कारणले झन बढी उच्च जोखिम रहेको पनि यसै विज्ञप्ती मार्फत जानकारी गराउँदै यसको विरुद्धमा चनाखो पूर्वक कदम चालिहरकोमा अझै कडाई पूर्वक कार्यन्वयन गर्दै श्रमिक, मजदुरहरु सहित अन्य अति विपन्न व्यक्ति र परिवारको समस्यामा गम्भिर भएर यथा स्थानमै व्यवस्थान गरि दिनका लागिसमेत प्रदेश सरकारसँग संगठनले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ । साथै यतिबेला हाम्रो संगठन प्रेस सिंगो सञ्चार क्षेत्रले यो महामारीको विरुद्धमा एक भएर सरकारले गरिरहेको सकरात्मक जनहितका कदमलाई जनतासम्म र जनताहरुको समस्या सरकार एवं सरोकारवाला निकायसम्म पु¥याउन, सही तथ्य सूचना सम्प्रेसन गरी यो महामारी विरुद्धको लडाईमा एकधिका भएर प्रदेशभरिका सञ्चारकर्मीहरुले खेलको भूमिका निकै सकरात्मक रहेको निकर्ष सहित आगामी दिनमा पनि प्रेस संगठन नेपालमा आवद्ध रहेका सम्पूर्ण जिम्मेवार सदस्य सहित अन्य सम्पूर्ण सञ्चारकर्मीहरुलाई प्रदेश कमिटीले हार्दिक अपिल गरेको छ ।

संगठनले जनतालाई सही सूचना सम्प्रेशन गर्ने श्रमजीवी पत्रकारहरुको पक्षमा संगठन रहेको जानकारी गराउँदै पत्रकारहरुलाई समस्या परेमा त्यसको समाधान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै यो संकटको समयमा समाचार सम्प्रेशनमा सञ्चारकर्मी मैत्री बनाउनको लागि संघ, प्रदेश, र सम्पूर्ण स्थानीतहका सरकार, स्वास्थ्य क्षेत्रलाई हार्दिक अनुरोध गरेको छ । संगठनले यस प्रेस विज्ञप्ती मार्फत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले जनहितका लागि चालिएका कदमको उच्च सम्मान गर्दै कतिपय सुधार गर्ने विषयमा पनि गम्भीर ढंगले छलफल बहस होस् भनी सम्बन्धित निकायको ध्यान आर्कषण गराउँदै यो संकटमा कुनै माया, ममता र भावनामा नडुबी कठोरतापूर्वक संघीय सरकारले लागू गरेको लक डाउनको नियमको पालना गर्नु गराउनु बाहेक अर्काे दोस्रो बाटो नभएको हुँदा हाल विश्व र नेपालमा कोरोना विरुद्धको सञ्चार क्षेत्रले खेलको भूमिकलाई प्रेस विज्ञप्ती मार्फत प्रंशास गरेको छ । यस प्रदेशका सम्पूर्ण सञ्चारकर्मी, सञ्चार माध्यमले खेलको भूमिकाप्रति सधै सम्मान व्यक्त गर्दै हामी पनि जिम्मेवार, मर्यादित बनौँ, कोरोना विरुद्धको लडाईमा प्रदेश सरकारले चालेका कदमलाई सहयोग गर्ने जारी विज्ञप्ती जनाउँदै लक डाउनमा बसौँ र बसालाँै, सामाजिक दुरी कायम गरौँ, सही र समाचार जनतालाई सूसूचित गर्दै प्रदेशलाई कोरोनामुक्त पदेश निर्माणमासँगै सम्पूर्ण जिल्लामा स्थानीयतहले लिएका सकरात्मक अभिायनमा एकताबद्ध भएर अगाडि बढ्न सम्पूर्ण जिल्ला शाखालाई प्रेस विज्ञप्ती मार्फत हार्दिक अपिल गरेको छ ।

You may also like