थबाङ गाउँपालिकामा काेराेना भाइरस सम्बन्धि आपतकालिन प्रतिकार्य समितिकाे बैठक सम्पन्न

२७ चैत्र, लिबाङ रोल्पा

थबाङ गाउँपालिकाको आपतकालिन प्रतिकार्य समूह (आर.आर.टि.) को आज थबाङमा सम्पन्न भएको छ । बैठकबाट कोरोना भाइरस नियन्त्रयण सम्बन्धि जनहितमा निर्णयहरु पारित भएका छन् ।
विश्वमा महामारीको रुपमा फैलिरहेको यस कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लक डाउन लागू भएदेखि हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जिम्मेवारी भूमिका निर्वाह गर्नुहुने सबै स्वास्थ्यकर्मी, कर्मचारीहरु, यस गाउँपालिकाको वडाहरुमा भएका यस भाइरस सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरी सक्रिय भूमिका निर्वाह गरेको भन्दै गाउँपालिकाले धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा कसरी भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने भन्ने सम्बन्धि यस समितिले थप निर्णयहरु आजको बैठकले पारित गरेको हो, जसमा यस गाउँपालिकाका सामूहिक कार्यहरु पुर्ण रुपमा बन्दभएपनि निमार्ण कार्य गरेको सम्बन्धमा यस गाउँपालिकाको यही महिनाको ११ गतेको निर्णय अनुसार र माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्ररेलको अध्यक्षतामा यही महिनाको २० गते बैठकको निर्णय न. १ बमोजिम निर्णय कार्यान्वयन गराउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रोल्पाको यही महिनाको २३ गतेको च.न. २९४८ को प्राप्त पत्रानुसार यस गाउँपालिकाले पनि सो निर्णय अनुसार सामुदायीक निमार्ण कार्य गर्नको लागि अनुमति प्रदान गरेको, क्वारेन्टाईनमा राख्ने तर घरबाट खाना बोकाएको र निर्देशिका बमोजिम कार्यन्वयन नभएको सम्बन्धमा यही महिनाको २३ गतेदेखि थबाङ गाउँपालिका स्थित वीर बलभद्र नमूना मा.वि. थबाङको क्वारेन्टाइन स्थानमा ३ जना व्यक्तिलाई क्वारेन्टाईनमा राखिएकोमा उक्त स्थानमा बस्ने व्यक्तिहरुको लागि कोरोनाभाइरस सम्बन्धि क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनको मापदण्ड २०७६ को दफा ११ उपदफा २ बमोजिम अनुसूची १ बमोजिमको खाना व्यवस्थापन हुने गरी प्रतिदिन प्रति व्यक्ति क्वारेनटाइन रहेको जिल्लामा कार्यरत नेपाल प्रहरीका लागि निर्धारित दररेट बमोजिमको खानाअनुसार प्रति व्यक्ति प्रतिदिन रु २१० हुन आउने र सो रकममा गाउँपालिकाले रु ३० रुपैयाँ थप गरी जम्मा रु. २४० पर्ने गरी व्यवस्थापन गरिएको र सो नियम सबै क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुमा लागू हुने । यदि कुनै क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई होटेल मार्फत खाना खुवाउन नसकिने अवस्था र कुनै अन्य विकल्प नरहेको खण्डमा आफ्नो घरबाट नै खानाखाने व्यवस्थामिलाई उक्त रकम नीजको घरपरिवारलाई भुक्तानी हुने, कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनको मापदण्ड २०७६ बनेको, संघीय सरकारबाट आपतकालीन राहत वितरण सम्बन्धी मार्गदर्शन प्राप्तभएको साथै गाउँपालिकाले उक्त मार्गदर्शनहरुको आधारमा विभिन्न छलफल गरेको र स्वयम गाउँपालिका मार्फत पनि कोरोना रोकथामको लागि प्रत्येक वडाहरुमा पत्राचार गरि सकिएको, नोबेल कोरोना (कोभिड–१९) भाईरस रोकथाम तथा नियन्त्रण गर्नको लागि क्वारेनटाइन व्यवस्थापन र लक डाउनको सम्बन्धमा यस गाउँपालिकाले पनि उपलब्ध सीमित स्रोत तथा साधनको बावजुद पनि क्वारेन्टाईन व्यवस्थापन गर्दा गर्दै स्वास्थ्यकर्मीहरुबाट आएको गुनासो व्यवस्थापन नभएको भन्ने कुराहरुको ध्यानाकर्षण समितिको भएको, भाईरस सम्बन्धि आपतकालीन खर्च व्यवस्थापन कोष तयार गरी गाउँ कार्यपालकिामा कार्यरत ईच्छुक कर्मचारीहरुको चैत्र महिनाको मासिक तलबको १० प्रतिशत रकम तथा जनप्रतिनिधीहरुको आफ्नो इच्छा बमोजिमको रकमकट्टा गरी उक्त कोषमा जम्मा गरिएको, यस गाउँपालिका अन्तर्गतका सवै स्थानहरुमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा कोरोना भाइरस सम्बन्धी लक्षण देखिएमा गाउँपालिकामा आईसोलेशन निर्माणको सम्भावना नभएकोले निज व्यक्तिहरुको थप उपचार तथा परीक्षणको लागि जिल्ला भरिको रोल्पा अस्पताल, रेउघामा व्यवस्थापन भएकोले सो स्थानमा जाँदालाग्ने यातायात वापतको खर्च गाउँपालिकाबाट भुक्तानी हुने व्यवस्थापन मिलाईएको, साथै क्वारेन्टाइनमा १४ दिनअवधिसम्म बस्दा कुनैपनि लक्षण नदेखिएमा एक हप्ता होम क्वारेन्टाइन बस्ने गरी घर पठाउन सकिने वा क्वारेन्टाईनमा बसेका व्यक्तिको शंका लागेमा र थप १ हप्ता बस्न मानेमा २१ दिनसम्म क्वारेन्टाईनमा राख्न सकिने, निजको स्वाव टेस्ट लक्षण नदेखिएको खण्डमा गर्नु नपर्ने र कुनै लक्षण देखिएमा सम्बन्धित वडाको वडा अध्यक्ष एवं स्वास्थ्य संस्था प्रमुखलाई सम्पर्क गरी उपचारको लागि व्यवस्थापन गरिने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि प्रत्यक्ष रुपमा खटिने स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने गुणस्तरीय पिपिई सेट सहित अन्य लगायत मेडिकल सामग्रीहरु केही उपलब्ध गराई सकिएको र थप आवश्यक सामग्री उपलब्ध गराउने गरी संघ, प्रदेश, स्वास्थ्य कार्यालय रोल्पा र स्वयम स्थानीयतहहरुमा आवश्यक समन्वय र पहल भईरहेको, कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि आफ्नो ज्यान जोखिममा पारी खटिने स्वास्थ्यकर्मीहरु र गाउँपालिकाका अन्यकर्मचारीहरुको लागि आत्मबल बढाउने किसिमले तपशिल बमोजिमको सेवा सुविधा उपलब्ध गराउने विमा सुविधा–स्थायी कर्मचारीहरुको हकमा नेपाल सरकारले घोषणा गरे बमोजिमको विमा सुविधा, अस्थायी तथा करार सेवातर्फका कर्मचारीहरुको हकमा रु ५ लाखको विमा सुविधा, उपचार सुविधा–कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि खटिने कर्मचारीहरुलाई कोरोना भाईरसको संक्रमण देखिएमा निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च  संघीय सरकारले नव्यहोरेको खण्डमा गाउँपालिकाले व्यहोर्ने, सञ्चार सुविधा–जनचेतना, समन्वय, सहकार्य गर्नको लागिप्रत्येक स्वास्थ्य संस्थालाई सञ्चार खर्च वापत रु ७ हजार रकको व्यवस्था, प्रोत्साहन वापतको सुविधा–प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि नियमित खटिने कर्मचारीहरुको लागि नेपाल सरकार र प्रदेश सरकारले तोके बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराईने छ र गाउँपालिका मार्फत करारमा गरी तलब सुविधा प्राप्त गर्ने कर्मचारीहरुको हकमाआर आर टीको मूल्याकंनको आधारमा गाउँकार्यपालिकाको निर्णय बमोजिमहुनेछ, यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले कोरोना भाइरसको जोखिमको अवस्था आजदेखि जुनसुकै विषयलाई अगाडि सारेर विषय उठान गरेता पनि यस गाउँपालिकाबाट प्रदान गरिने निर्णयहरुको अवज्ञा गरी वा आफू खुशि कार्यालयमा नबसी गाउँपालिकाको विरुद्धमा संगठन निर्माण, धर्ना जस्ता कार्य गर्ने गराएमा गाउँपालिकाको निर्णय नै अन्तीमभई सम्बन्धित कर्मचारी जवाफदेही हुनेछ जस्ता महत्वपूर्ण निर्णयहरु आजको बैठकबाट पारित भएका छन् । गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिको पदाधिकारीहरुको सहभागिता भएको गाउँपालिका प्रेस संयोजक विमलराज डाँगी बताउनुभयो ।

You may also like