धुरीपुरी युवा समूहद्वारा निःशुल्क हात धुने सावुन र मास्क वितरण

२७ चैत्र, लिबाङ रोल्पा ।


लुङग्री गाउँपालिका–२ सिर्प रोल्पा स्थित धुरीपुरी युवा समूहले विश्वमा महामारी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि निःशुल्करुपमा हात धुने सावुन र मास्क वितरण गरेको छ । क्लवको पहलमा यस भाइरस सम्बधि मानिसहरुलाई सजग बन्न थप प्ररेति गरेको छ ।
यस समूहले विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ सक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागी वडाको मगर थोक, पाँचखाइ, भुमेथाला, छयाल, लम्पने, पयाफेद, आग्री सहित अन्य टोलका प्रत्येक घर– घरमा पुगी यस भाइरसबा बच्ने उपया सिकाउँदै निःशुल्क सावुन र मास्क वितरण गरेको हो । समूहका वरिष्ट सल्लाहकार काले पुन, अध्यक्ष गोपाल पुन, उपाध्यक्ष जनकबहादुर घर्तिमगर, कोषाध्यक्ष ओम प्रकास बि.क, सचिव बलबहादुर पुन, विरिष्ट सदस्य रुद्र बहादुर पुन, गोकुल माद्यामिक विद्यालयका प्रध्यानाध्यापक तथा वुद्धिजीवि गणेश कुमार रिजाल, हिक्मतेश्वर आधाभुत विद्यालयका प्रअ देवेन्द्र रिजाल, सामुदायिक वनका सचिव सुरज कुमार केसी, समूहका सदस्य निमबहादुर पुन, एकबिर पुन, चुरे बि.क, नारायाण पुन, टेकराज रिजाल, डोर बहादुर घर्तीमगर, बुद्धिजीबि स्याम बाबू बि.क, टोप बहादुर के.सी, नर बहादुर के.सी, खगेन्द्र रिजाल र विज्ञान रिजाल सहितको अन्य युवाहरुको सहभागितामा भाइरसबाट बच्नको लागि समयमा नै नियमित सावुन पानीले हात धुन मास्कको प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान आग्रह गद्र्र वडाको टोल–टोलमा जनचेतना मुलक प्रचार प्रसार गरिरहेको छ ।

पछिल्लो समयमा यस समूह सहित अन्य युवा समूह, युवा क्लव, आमा समूहहरुले आ–आफ्नो टोल टोलमा यस भाइरसबाट बच्नका लागि निःशुल्क हात धुने साबुन र माक्स वितरण गर्दै जनचेतानामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । यस सक्रिय भूमिकाले पक्कै पनि सरकारी निकायहरुलाई थप सहयोग पुगको छ । आगामी दिनमा पनि युवा समूह, युवा क्लव, आमा समूह सहित अन्य सरोकारवाला निकायहरुसँग सहकार्य समन्वय गर्दै सरकारी निकयहरु पक्कै पनि कोरोना भाइरसको विरुद्धको अभियानमा सफल्ताको पहिलो आधार सहकार्य, समन्वय नै हो ।

You may also like