रोल्पालाई कोरोनामुक्त बनाउन काठमाण्डौदेखि रोल्पासम्म कोरोना विरुद्ध अभियानलाई तीव्र बनाउँदै मन्त्रीपुनदेखि गाउँपालिका प्रमुखहरु सक्रिय

रोल्पालालीलाई इट्टाभट्टादेखि रोल्पासम्म लिने तयारी
आपतमा रहेकाहरुले आफूलाई फोन गर्न मन्त्री पुनको अपिल

विश्वमा कोरोना कोभिड १९ ले महामारीको रुपमा लिइरहेको बेलामा रोल्पा जिल्लाका स्थानीयतहहरुले आफ्नो स्थानीयतहमा सचेतना अभियानबारे गरिरहेका गतिविधि र कतिपय स्थानीयतका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु आफ्नो गाउँपालिकामा छोडेर आफ्नो गृह तथा परिवारसंग भेटघाट गर्ने तिर व्यस्त रहेको जनगुनासोहरु आई रहेको बेलामा संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमा पुनमगर, प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्राद केसी, प्रदेश सभासदस्य माननीय दिपेन्द्र कुमार पुनमगर र जिल्ला समन्वय समितिकाका जिम्मेबार व्यक्ति र जिल्लाका स्थानीयतहका प्रमुख तथा अध्यक्ष एवं जिम्मेवार व्यक्तिहरुले कहाँ र के गरिरहनु भएको छ भन्ने विषयमा रोल्पा जिल्लाका जनप्रतिनिधी १० वटै स्थानीयतहका अध्यक्षहरुसँग टेलिफोनबाटामा रोल्पा समाचार साप्ताहिकका प्रकाशक एवं सम्पादक मानसिंह विश्वकर्माले गर्नुभएको रिपोर्ट प्रस्तुत गरिएको छ ।
चैत्र १८ रोल्पा

वर्षमाम पुनमगर
मन्त्री, ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री
मन्त्री, ऊर्जा, जलश्रोत तथा सिचाई माननीय बर्षमान पुनमगरले रोल्पालीलाई उद्धार गर्नका लागि प्रदेश र स्थानीयतहहरुसँगको सहकार्यमा लागेको बताउनुभयो । मंगलबार नै काठमाण्डाँै, ललितपुर, भक्तपुर, काभ्रे लगायत ५ वटा जिल्लाका २ दर्जनजति इट्टाभट्टामा रहेका रोल्पालीहरुसँग सम्पर्क गरिसको नाइकेहरुसँगको सहकार्य गर्दा धेरैले यतै सुरक्षित रहेको आफसँग मन्त्री पुनमगरले बताउनुभयो । उदार कार्य जारी राखेको बताउनुभयो । आपत परेपछि आफूलाई फोन गर्न अपिल गर्नुभएको छ । फोन गरेमा तत्काल व्यवस्था मिलाउने बताउनुभयो । रोल्पा जाने मजदुरहरुको संख्या संकलन भइरहेको बताउनुभयो ।

कुलप्रसाद केसी सोनाम
मन्त्री, आन्तरिक मामिला कानूनमन्त्रालय प्रदेश नं. ५
प्रदेशलाई नै नै सुरक्षित राख्नको लागि आफू पहल गरिरहेको बताउँदै आफ्नो क्षेत्रबाट लागि रहेको जानकारी गराउनु रोल्पालीको लागि सधै संघीय सरकार, र स्थानीयसरकारको समन्वयमा काम गररहेको बताउनुभो । उहाँले प्रदेशबासी जनतालाई कोरोनामुक्त आफ्नो पहिलो दायित्वसँग रोल्पा र रोल्पालीको लागि पनि थप काम गर्ने बताउनुभयो ।

दिपेन्द्र कुमार पुनमगर (सिजल)
प्रदेश सभा सदस्य प्रदेश नं. ५
प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामा कोरोना भाइरसका कारणले जनजीवनलाई निकै अस्तव्यस्त बनाएको बताउँदै यसले दैनिक जनजीवन र अर्थतन्त्रमा ठूलो नोक्सानी पु¥याएको बताउनुुभयो । उहाँले रोल्पा नगरपालिका ७ माडीचौर आफ्नै निवासमा रहेर स्थानीयतहका प्रमुखहरुसँग समन्वय सम्पर्कमा रहेको बताउँदै हालसम्म रोल्पा जिल्लामा त्यति आत्तिनु पर्ने नभएपनि हर क्षण एक बेला महामारी हुन सक्ने बताउँदै सतर्क अपनाउनु पर्ने बताउनुभयो । यसमा कुनै पनि एक व्यक्तिले ध्यान दिन नसकेमा महामारी हुन सक्ने बताउँदै यसमा सतर्क रहन अपिल गर्नुभयो । साथै रोल्पा जिल्लाको लक डाउनलाई अझै प्रभावकारी बनाउनु पर्ने बताउँदै त्यसमा प्रशासन, सुरक्षा निकाय र आम जनताले देखाएको सदासयताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

राजबहादुर बुढामगर
प्रमुख
जिल्ला समन्वय समिति रोल्पा
रोल्पा जिल्लाका जिल्ला समन्वय समिति रोल्पाका निमित्त कार्यबहाक प्रमुख कर्मलाल परियाले प्रमुख आफ्नो कामले घर गएको बताउँदै फोनहरुबाट नै समन्व तथा सम्पर्क गरिरहेको बताउनुभयो । साथै रोल्पा जिल्लाका स्थानीयतहरुसँग सहकार्य गरेको बताउँदै सोमबार प्रमुख राजबहादुर बुढामगर लिबाङ आई पुग्ने बताउनुभयो ।

पूर्ण केसी
रोल्पा नगरपालिका
रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले नगरस्तरीय समन्वय समिति र वडा स्तरीय समन्वय समितिको बैठक तथा समीक्षा गरेको बताउनुभो । साथै रोल्पा जिल्लाको केन्द्र भएकाले उच्च सतर्कता अपाइएको बताउनुभयो । साथै हालसम्म रोल्पा नगरपालिका भारतबाट ३९ जना र अन्य देशबाट ६ जना आफ्नो घर फर्किएको भारतबाट ३९ जना र अन्य देशबाट ६ जना आफ्नो घर फर्किएको बताउनुभयो । उहाँले भन्नुभयोः–‘यी सबैको अवस्था सामान्य रहेको छ । तिनीहरुलाई निगरानी गरिएको छ । वडा कार्यालयको पहलमा राखेका छौँ । हामी उच्च सतर्कता अपनाएका छाँै ।
पूर्ण केसीले कर्मचारी एवं जनप्रतिनिधी सबै सम्पर्क नै रहेको बताउँदै सो कार्यालयमा भिडभाड नगरी परेको बेला जुट्न सकिने गरी तयारी गरेको बताउनुभो । गाउँ गाउँ सचेतनाको अभियानहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

आसबहादुर पुनमगर
अध्यक्ष, सुनछहरी गाउँपालिका
सुनछहरी गाउँपािलका अध्यक्ष आसबहादुर पुनमगर रक्तितमले आफूहरु जनताको स्वास्थ्यमा गम्भिर भएको बताउँदै आफू, उपाध्यक्ष पवित्रा घर्तीमगर र प्रमुख प्रशाकीय अधिकृत विरबहादुर पुनमगर लगायत प्राय कर्मचारीहरु गाउँपालिकामै रहेको बतानुभयो ।
उहाँले भन्नुभयोः–‘गाउँपालिकामै छौँ, हामी कुनै पनि जनताले अनाहकमा जीवन गुमाउनु नपरोस् भनेर गाउँपालिका सबै वडाहरुमा जार्दैछाँै । अभियानै बनाएर गाउँपालिकामै केन्द्रीत भएर सम्भव नहुने भएकोले गर्दा वडा– वडाहरुमा जाने गरिरहेका छाँै । हाम्रो कर्मचारी, स्वास्थ्यका कर्मीहरु पनि गाउँपालिका तथा वडा पालिकामै रहेका रहनुभएको छ । हामीले वडापालिका र गाउँपालिकामा विरामीहरुको लागि वेड तयार गरेका छौँ, त्यसैगरी भारत तथा अन्य देशबाट आएकाहरुलाई विशेष निगरानी गरिरहेका छाँै । हामी २४ घण्टा जनताकै सेवामा छाँै । गाउँ गाउँमा माइकिङ लगायत सचेतना अभियानमा जारी रहेका छाँै । ”

शान्तकुमार वली
अध्यक्ष, त्रिवेणी गाउँपालिका जुगार रोल्पा
त्रिवेणी गाउँपलिकाका अध्यक्ष शान्तकुमार वलीले आफूहरु गाउँपालिकै रहेको बताउँदै आफू गाउँपालिकामै रहेर रोकथाम तथा सचेतना अभियान फैलाइ रहेको बतानुभयो । आफूहरु जनताको स्वास्थ्यमा गम्भिर भएको बताउँदै आफू, उपाध्यक्ष  र प्रमुख प्रशाकीय अधिकृत  लगायत प्राय कर्मचारीहरु गाउँपालिकामै रहेको बतानुभयो ।
उहाँले भन्नुभयोः–‘गाउँपालिकामै छौँ, हामी कुनै पनि जनताले अनाहकमा जीवन गुमाउनु नपरोस् भनेर गाउँपालिका सबै वडाहरुमा जार्दैछाँै । अभियानै बनाएर गाउँपालिकामै केन्द्रीत भएर सम्भव नहुने भएकोले गर्दा वडा– वडाहरुमा जाने गरिरहेका छाँै । हाम्रो कर्मचारी, स्वास्थ्यका कर्मीहरु पनि गाउँपालिका तथा वडा पालिकामै रहेका रहनुभएको छ । हामीले वडापालिका र गाउँपालिकामा विरामीहरुको लागि वेड तयार गरेका छौँ, त्यसैगरी भारत तथा अन्य देशबाट आएकाहरुलाई विशेष निगरानी गरिरहेका छाँै । हामी २४ घण्टा जनताकै सेवामा छाँै । गाउँ गाउँमा माइकिङ लगायत सचेतना अभियानमा जारी रहेका छाँै ।”

विरबहादुर घर्तीमगर
थबाङ गाउँपलिका अध्यक्ष
थबाङ गाउँपालिका अध्यक्ष आफू पनि गाउँपालिकामै रहेको बताउनुभयो । उहाँले गाउँपालिकाका कर्मचारी एवं जनप्रतिनिधीहरु सबै तयारी हातलमै रहेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयोः–‘हामीले भारतबाट आएका र अन्य नागरिकलाई पनि निगरानीमा राख्दै आएका छाँै ।’
विरबहादुर खत्री
अध्यक्ष गंगादेव गाउँपालिका
यसैगरी गंगादेव गाउँपालिका अध्यक्षले सरकारको नीति लकडाउनलाई पूर्णरुपले सफल बनाउँदै गाउँपालिका लागि रहेको बताउनुभयो । साथै रोल्पा जिल्लाको सबैभन्दा बढी भारतबाट आएका नेपालीहरुको संख्या बढी भएको दावी गर्नुभयो । उहाँले सोमबारसम्ममा ३०० जना आएका छन् । प्रमुख प्रशाकीय अधिकृत र कम्युटर अप्रेटरको १० गते दुर्घटनामा निधन भएकोले स्वास्थ्य सँस्थाहरुलाई चाहिने सामानको खरिद गर्नका लागि आर्थिक समस्या परेको बताउनुभयो ।

बालाम बुढामगर
अध्यक्ष रुन्टीगढी गाउँपालिका
यसैगरी रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले आफूहरु लगायत सबै जनप्रतिनिधीहरु आफ्नो कार्यक्षेत्रमै रहेका बताउनुभयो । साथै उहाँले स्वास्थ्यकर्मीहरु पनि स्वास्थ्य सँस्थामा रहेको बताउनुभयो । कर्मचारीहरु कार्यालयको कामले बाहिर गएको बेला लक डाउन भएपछि उतै रहेको र आउने क्रममा रहेको बताउनुभयो । गाउँ गाउँमा सचेतना अभियानहरु लागेको बताउनुभया ।

नन्दबहादुर पुन
अध्यक्ष, माडी गाउँपालिका
माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले आफ्नो गाउँपालिका भित्र सचेतना, प्रचार–प्रचार लगातको काम गरिहरके बताउनुयो । साथै उहाँले जनप्रतिनिधीहरुलाई आफूमात्रै बच्ने भन्दा पनि अरुलाई बचाउनको लागि काम गरिरहेको बताउनुभो । साथै उहाँले वडा अध्यक्षहरुलाई पनि प्रतक्ष्य जनताको स्वास्थ्य सेवामा ध्यान दिनका लागि अनुरोध गर्नुभयो ।
 

गुणेन्द्र घर्तीमगर
अध्यक्ष, सुनिलस्मृति गाउँपालिका अध्यक्ष
सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर आफू कार्यालयमै रही सेवा प्रवाह गरी रहेको बताउनुभयो । साथै सुनिलस्मृति गाउँपालिकाका सबै वडा कार्यालयले तिव्रताका साथ काम गरिहेको बताउँदै खुंग्रीमा हेल्थडेस्क स्थापना गरी काम अगाडि बढाएको बताउनुभयो ।
साथै घर्तीमगरले स्वासथ्यका कर्मचारी र जनप्रतिनधीको सहकार्य एवं अन्य संघ सँस्थाको समन्वयमा गाउँपालिकालाई सुरक्षित बनाउने अभियानमा लागेको बतायनुभयो । साथै उहाँले सुनिलस्मृति गाउँपालिकाले आफ्नो सम्पूर्ण तयारी गर्दै कर्मचारीहरु एवं जनप्रतिनिधीहरुसँग टेलिफोनबाट योजना नीति तथा कार्यक्रम भइरहेको बताउनुभयो ।

निकान्त डाँगी
अध्यक्ष, परिवर्तन गाउँपालिका
यसैगरी परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले आफू गाउँपालिका बासीको स्वास्थ्यलाई ध्यानमै राखेर काम गरिरहेको बताउनुभयो । साथै उहाँले गाउँपालिका नै रहेर सचेतना एवं प्रचार प्रचारको काम माइकिङ गरिहेको बताउनुभयो । जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगायत लगायत सबै आफ्नो कार्य क्षेत्रमै काम गरिरहेको बताउनुभयो । वडापालिकाहरुलाई पनि आफ्नो वडामा सुरक्षित राख्नका लागि निर्देशन गरिएको बताउनुभयो ।

दुर्गाबहादुर खड्का
अध्यक्ष लुङ्रग्री गाउँपालिका

लुग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध लुंग्री गाउँपालिकाले विभिन्न सचेतना अभियान अपनाइएको बताउनुभयो । आफ्नो गाउँपालिकामा चेक जाँच नरुन्ञ्जेल प्रवेशमा रोग लगाउने सम्मको निर्ण गरेको छ । आइतबार देखि लुंग्री गाउँपालिका प्रवेशद्वारा रुइनीबाङको पक्की मोटरेवल पुल, दोमइ पुल, मैनामारे, जुतुङखोला लगायतका स्थानमा आफ्नो गाउँपालिका भित्र प्रेवश गर्दा अनिवार्य स्वास्थ्य जाँच गराउनको लागि अनुरोध गर्नुभएको छ । लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले आफ्नो गाउँपालिकाबासीलाई रोगका विरुद्धमा एकताबद्ध भएर सामाना गर्नका लागिसबैमा अनुरोध गर्नुभएको छ । गाउँपालिकामा अझैसम्म यो रोग देखा परको छैन र थोरै सतर्कता अपनाईयो हामी बच्न सक्छौँ । त्यसै अनुसार सबैले ध्यान दिनका लागि गर्नुभको छ ।

रोल्पा जिल्लाका स्थानीयतहरुको जिम्मेवार व्यक्तिहरु शुरुको समयमा कसै लकडाउनमा परेपनि कसैले कम चासो देखाएझै गरेपछि पछिल्लो समयमा सरकारको निर्णयलाई निकै गम्भिरताका साथ काम गरिरहेका छन् । यसले रोल्पा जिल्लाका स्थानीयतहरुलाई जनताको सेवा र स्वास्थ्यमा थप जिम्मेबार बनेको महसुस गरेका छन् । यही गतिमा काम गर्दै जाने हो भने जिल्ला सकरात्मक बन्ने आशामा आम रोल्पाली रहेका छन् । सरोकार एवं जिम्मेवार निकाय भनेको आफू बाँच्नेसँग नागरिकलाई पनि बचाउने पहिले दायित्व भएकोले पनि त्यस तर्फ ध्यान दिनै पर्दछ । संकटको बेला गाउँगाउँबाटै संकटको सामाधान गर्नका लागि सबैको सहकार्य आवश्यक छ ।

You may also like