कोरोना विरुद्ध परिवर्तन गाउँपालिकाले टोल टोलमा सचेतना अभियान चलाउँदै

रोल्पा साचारदाता
पुत्लाचौर गाउँपालिका
२०७६ चैत्र १५ गते


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध आफ्ना गाउँपालिकालाईमुक्त गर्नका लागि कोराना विरुद्ध परिवर्तन गाउँपालिकाले टोल टोलमा सचेतनाको अभियान चलाउँदै गाउँ गाउँमा पुगको छ ।
आफना् गाउँपालिका जनतालाई सचेतना बनाउनको लागि पहिलो कुरा सचेतना भएको बताउँदै परिवर्तन गाउँपालिकाले टोल–टोलमा पुगरे नै सचेतना गरिरहेको गाउँपालिका उपाध्यक्ष हितकुमारी रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयोः–‘यो संकटको बेलामा आफू गाउँपालिकाको विभिन्न वडाहरुको सहयोगमा अगाडि बढेका छाँै, हामीले आगामी दिनमा अझै सबै तयारी गरी सबैलाई सम्वेदनशील बन्नुपर्दछ हामी सबैले स्वास्थ्यको अवस्था राम्रो बनाउनुभयो । यसमा ख्याल नगर्नेले आपूmलाई भन्दा पनि समाजलाई हानी हुने बताउनुभयो ।
यसैगरी स्वास्थ्य संयोजक दिपक पुनमगरले गाउँपालिको ओवाङमा हेल्प डेस्क स्थापना गरिरहेको बताउँदै आफ्नो गाउँपालका आउँदा अनिवार्य चेकजाँच गरि दिनका लागि अनुरोध गर्नुभयो । उहाँले कोरोना भाइरसका बारे जानकारीका लागिप्रति व्यक्तिलाई प्रचार सामाग्री पठाइएको सो कार्यक्रम वडा अध्यक्ष, वडा सदस्य, स्वास्थ्यकर्मी लगायत महिला स्वयमसेवीका लगायत अन्य सामाजिक संस्थाहरुको सहयोगमा गाउँ गाउँमा पठाइएको बतानुभयो । उहाँले पोष्टर, व्यानरबाट सचेतना गरिएको बताउनुभयो ।

You may also like