जन्म दिनको अवसरमा विपन्न, जेहेन्दार र दलित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

२२ गते, माघ
रेउघा÷ रोल्पा

सरीकोट पोलिटेक्निकल ईन्स्टिच्यूट रोल्पाको कार्यकायरी निर्देशक योगेन्द्र अनुपम जि.सी.को २१ औैैं जन्म दिनको अवसरमा पितराज आधारभूत विद्यालय विपिन्न, जेहेन्दार र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । शैक्षिक सामग्री विरतणले ति विद्यार्थीहरुलाई अध्ययनमा थप सहयोग पुग्ने भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली काँगे्रस पार्टी रोल्पा जिल्लाको निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगर भन्नुभयो,‘समयले मानिसलाई कहाँ पुराउँछ भन्ने कुरा हुँदैन । तर, सहज जीवन निर्भाहको प्रमुख आधार शिक्षा हो । त्यसैले जीवनमा रोजगार, व्यवसायी, व्यपार सहज रुपमा सञ्चालनका लागि शिक्षा हासिल गर्नुपर्दछ ।’ उहाँले राज्यको विशेष गरी शिक्षा र स्वास्थ्य सहितका अन्य आधारभूत आवश्यमता पूरा गर्ने दायित्व हो । तर, शिक्षा पूरा गर्ने कुरा सरकार गैर जिम्मेवारी बनेको छ । जसको परिणाम स्वरुप विभेदकारी नीतिले अभिभावक र विद्यार्थी समस्यामा परेको बताउनुभयो । ‘यो जन्म दिनमा शैक्षिक सामग्री वितरणको कार्य हामिलाई चुनौति हो । जन्म दिनमा उदाहरणीय कार्यका लागि म योगेन्द्र अनुपम जि.सी.लाई धन्यवाद दिन्छु । धेरै उदाहरणीय कार्य गर्ने व्यक्तिहरू छन् । तर, यो उमेर, शिक्षा क्षेत्र सोच चिन्तन कार्य महान हो । शिक्षा प्रेमी जि.सी.को जन्म दिनको अवसरमा शुभ कामना व्यक्त गर्दछु । साथै जि.सी.को सु–स्वास्थ्य, दीर्घायु र उत्तर–उत्तर प्रगतिको हुँदै जाओन्,’ प्रमुख अतिथि घर्तीमगरले भन्नुभयो ।

उहाँले जि.सी.को जन्म दिनको अवसरमा आयोजित शुभ कार्य विपन्न, जेहेदार र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्य सबैले सिक्नुपर्ने जोड दिनुभयो । यस विद्यालय धेरै सम्भावना बोकेको विद्यालय हो । तर, विद्यालयमा हालसम्म विकास हुन नसकेको हुँदा थप कक्षा सञ्चालन, भौतिक, क्षेत्रको विकास ध्यान दिनुपर्ने सुझाव उहाँले दिनुभयो । यस विद्यालयको थप विकासको निम्ति सहायोगको प्रतिवद्वता समेत व्यत्त, गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवम् नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा प्यापसन रोल्पाको अध्यक्ष नौलसिंह पुन, पिताराज आधाभूत विद्यालयको प्रधानाध्यापक लिला आचार्य, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क, सत्प्रयास मिडिया गु्रप रोल्पाको प्रतिनिधि हेमन्त खत्रीले मनतव्य राख्नुभएको थियो ।

यस विद्यालयमा अध्ययनरहत विद्यार्थीमध्ये ७० जना जेहन्दार, विपन्न र दलित विद्यार्थीहरुलाई प्रति व्यक्ति रु १ सय बराबरको शैक्षिक सामग्री प्रमुख अतिथि कृष्णबहादुर घर्तीमगर सहितका अन्य अतिथिहरुले प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै योगेन्द्र अनुपम जि.सी.ले भन्नुभयो,‘मेरो २१ औं जन्म उत्सवको अवसरमा यस विद्यालयका विपन्न, जेहेन्दार र दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दा म गर्भवान्दित बनेको छु । यो शैक्षिक सामग्री अध्ययनका लागि पूर्णता हुँदैन । तर, तपाईहरुको अध्ययनमा यस शैक्षिक सामग्री प्रदानले थप सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्दछु ।’ जि.सी.ले विद्यालय परिवार, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु, सहभागि विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्दै यस विद्यालयको विकासमा आफुबाट हुन सक्ने सहयोगको प्रतिवद्वता समेत व्यक्त गर्नुभयो । शिक्षा प्रेमी योगेन्द्र अनुपम जि.सी.लाई विद्यालयको प्राङ्गाङमा कार्यक्रमको प्रमुख अतिथि कृष्णबहादुर घर्तीमगर, विशिष्ट अतिथि नौलसिंह पुन, प्रधानाध्यापक लिला आचार्य, प्रेस युनियन रोल्पाको अध्यक्ष लोकेन्द्र चन्द, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क, सत्प्रयास मिडिया गु्रप रोल्पाको प्रतिनिधि हेमन्त खत्री सहितका अन्य अतिथि र शिक्षकहरुले अविरल्यापन गरी आर्शिवाद व्यक्त गर्दै शुभ कामना व्यक्त गर्नुभएको थियो ।
यस कार्यक्रम जि.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सरिकोट पोलिटेक्निकल ईन्स्टिच्यूट रोल्पाको प्रिन्सिपल चोमबहादुर बुढाथोकीले गर्नुभएको थियो । भने स्वागत ईन्स्टिच्यूटको मार्केटिङ प्रमुख नारायण रेग्मीले गर्नुभएको थियो ।

You may also like