३२ अर्वको लगानीमा प्रदेश ५ कै आयमिक १५६ मेगावाट जलविद्युत माडी जलविद्युत

मानसिंह विश्वकर्मा
रोल्पा समाचार
माघ २ गते


रोल्पा समाचार रोल्पा माडी खोलामा ३२ अर्वको लगानीमा १५६ मेगावाट जलासयुक्त जलविद्युत आयोजना आयोजनाका लागि बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले सम्पर्क कार्यालय उद्घाटन गरेसँगै आयोजना निर्माण प्रक्रिया अगाडि बढेको छ । रोल्पा माडीचौर जलासय बनाएर बनाईने १५६ मेगावाटको माडी आयोजना प्रदेश नं. ५ कै सबैभन्दा ठूलो जविद्युत् आयोजना हो । यो कार्य प्रारुप भएपछि रोल्पा लगायत प्रदेश ५ का नागरिकहरुलाई निकै फाइदा हुने विज्ञहरुले बताएका छन् ।
कार्यालय उद्घाटनको क्रममा मन्त्री पुनमगरले सो जलविद्युत आयोजनाका लागि धेरै वर्षदेखि नै अन्य कम्पिनीहरुले अध्ययन गरेको केही आधारभूत कुराहरुलाई लिएर एक वर्षात र एक हिउँदमा रिपोट अध्यययन गरेपछि काम थालनी गर्न सकिने बताउनुभयो । उहाँले स्थानीय जनतालाई पहिलो रोजगारको प्राथमिकता प्रदान गरिने त्यसले प्रदेश ५ का नागरिक र आम देशको आर्थिक बृद्धिदरमा सहयोग पुग्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाको समृद्धिको लागि माडी जलासयले ठूलो योगदान रहने कुरामा विश्वास व्यक्त गर्नुभयो । ३२ अर्बको लगानी
आयोजना प्रमुखको अनुसार माडी जलाशयुक्त आयोजना निर्माणका लागि ३२ अर्ब रुपैयाँ लाग्ने भएको छ । आयोजना निर्माणका लागि ३२ अर्ब २० करोड रुपैयाँ लाग्ने हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसिएल)का कार्यकारी अधिकृत छविराज पोखरेलले जानकारी दिनुभयो । ‘आयोजना निर्माणको लागि कुल अनुमानित लागत ३२ अर्व २० करोड रुपैयाँ रहेको छ,’ उनले भने । एचआईडीसिएल आयोजना निर्माण तथा लगानी कम्पनी हो । यसले नेपालको विद्युत उत्पादनमा पनि सहयोग पुग्ने कार्यालयले बताएको छ ।
रोल्पामै ६ किलोमिटर सुरुङ, १७० मिटर अग्लो बाँध
आयोजनाका प्रमुख छविराज पोख्रेलका अनुसार माडी जलाशययुक्त आयोजना माडी खोलाको पानीलाई सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिकाको सिमानामा पर्ने सिस्नेरी गाउँ नजिकै बाँध निर्माण गरेर थुनिनेछ । सिस्नेरी नजिकै १७० मिटर अग्लो बाँध बाँध्दा ७.५ वर्ग किलोलोमिटर क्षेत्रफलमा जलाशय हुने र ५१.७ करोड घनमिटर पानी जम्मा हुने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले बाँध बाँध्दा जम्मा हुने पानीमध्ये ३२.३ करोड घनमिटर पानी जलविद्युत् उत्पादनमा प्रयोगमा ल्याइने जनाएको छ । बाँधस्थलबाट ६ किलोमिटर सुरुङ र ९ सय मिटर पेनस्टक निर्माण गरेर हरिगाउँ नजिकै माडीखोला किनारमा विद्युत गृहमा पु¥याइने छ ।
उर्जा मन्त्री वर्षमान पुनमगरले भन्नुभयोः –‘जम्मा गरिएको पानीलाई ९० क्युसेक डिजाईन बहाव रहने गरी कुल ६ किमी सुरुङ र करिब ९ सय मिटरको पेनस्टक मार्फत नेट डेड २०८ मिटर हुने गरी हरिगाउँ नजिकै माडी खोलाको किनारमा बनाइने विद्युतगृहमा पुर्याई दैनिक ८ घण्टा उच्च माग हुने समयमा सञ्चालन गर्नेगरी वार्षिक कुल ४५५.८ गिगावट आवर उर्जा उत्पादन गरिने छ’, आयोजनाले भनेको छ, ‘यो मध्ये वर्षायाममा २२८.५३ गिगावाट आवर र सुक्खायाममा २२७.२८, २२८.५३ गिगावाट आवर उर्जा उत्पादन हुनेछ ।’

माडी जलाशयुक्त आयोजनामा उत्पादित विद्युत् ऊर्जा करिव ५० किलोमिटर लामो २२० के.भी. प्रसारण लाइनमार्फत प्रस्तावित भालुबाङ सवस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाले जानकारी दिएको छ ।

राष्ट्रपति सीको भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन
माडी जलाशयुक्त जलविद्युत् आयोजनालाई चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयनको रुपमा हेरिएको छ । राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा यो आयोजनामा सरकारी स्वामित्वको चिनियाँ र नेपाली कम्पनीले लगानी गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए ।
“महामहिम चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा यो आयोजना निर्माणका लागि संझौता भएको थियो,’ ऊर्जामन्त्री पुनले भन्नुभो ‘यो चीन नेपाल सम्बन्धको विकास पनि हो ।’ यसले नेपाललाई निकै फाइदा गर्दछ । यो छिटो कार्यन्वयन हुनु पर्दछ ।”

यो सम्झौता चीनका राष्ट्रपति सीले अक्टुबर १२ र १३ गते नेपाको राजकीय भ्रमण गर्नुभएको थियो । त्यति बेला नै जलासय निर्माणका लागि प्रस्ताव पारित भएको थियो ।

लगानी कम्पनीहरु दुवै सरकारी
माडी आयोजनामा लगानी गर्ने दुवै कम्पनी सरकारी स्वामित्वका हुन् । नेपाल सरकारको स्वामित्वमा रहेको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसिएल) र चीन सरकारको स्वामित्व रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना (पावर चाईना)ले यो आयोजना विकास गर्न लागेका हुन् । माडी जलाशयुक्त आयोजना सर्वेक्षणका लागि एचआइडीसिएलले २०७६ साउन ५ गते विद्युत् विकास विभागबाट अनुमति लिएको थियो ।

१८ महिनामा विस्तृत् अध्ययन, ६ वर्षमा निर्माण सम्पन्न
माडी जलाशयुक्त आयोजनाले ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने उद्देश्य राखेको छ । नेपाली निर्माण लगानीकर्ता एचआइडीसिएलका कार्यकारी अधिकृत छविराज पोखरेलले आजको मितिले १८ महिनाभित्र विस्तृत् अध्ययन सम्पन्न गर्ने र बाँकी साढे चार वर्षमा निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।
‘यो आयोजना प्रदेश नं. ५ कै विकासको कोशेढुंगा सावित हुनेछ । यसले यो प्रदेशको मुहार फेर्नेछ,’ कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो ‘हामी आजको मितिले १८ महिनामा विस्तृत् सम्भाव्यता अध्ययन सम्पन्न गर्छौ र बाँकी साढे चार वर्षमा निर्माणको काम सम्पन्न गरेर अबको ६ वर्ष भित्र यो आयोजनाबाट जलविद्युत् उत्पादन कार्य सुरु गर्छौँ ।’
धेरै पहिलेदेखि धेरे सँस्थाहरुले अध्ययन गरेर पनि हाल यी दुवै कम्पनीहरुले जिम्मा लिने गरेका छन् । अब नेपाल सरकार र उर्जामन्त्रीको बढी सक्रियतामा या आयोजना सफल भएमा यसले आर्थिक समृद्धिको ढोका खुल्नेछ । त्यसैले सबैभन्दा छिटो आयोजना सम्पन्न भएमा जनताको मुहार फेरीने थियो ।

You may also like