पञ्चकुली बाल विकास भवनको उद्घाटन कार्यक्रम सम्पन्न

२०७३ पाैष १६
रोल्पा समचारदता
घोडागाउँ, रोल्पा
नेकपा (एमाले) का संसदीय दलका सचेतक तथा पोलिटव्यूरो सदस्य एवं व्यवस्थापिकाका माननीय संसाद गोकुल घर्तीमगरले गंगा प्राथमिक विद्यालय घोडागाउँ, पन्चिकोट, रोल्पाको बाल विकास भवन बुधबार उद्घाटन गर्नुभएको हो ।
सचेक गोकुल घर्तीमगरले शिक्षा नै देश निर्माणको जग भएको बताउँदै देशको जग बालबालिकलाई राम्रो शिक्षा प्रदान भयो ने नेपाल सम्बृद्ध बन्ने बताउनुभयो । उहाँले राजनीतिक विषयसँगै शिक्षाको नजिकको सम्बन्ध भए पनि शिक्षाको सुधार गर्नका लागि शिक्षा क्षेत्रका सरोकारवाला नै लाग्नु पर्ने बताउनुभो । उहाँले यो प्रस्तावलाई कुनै पनि हालतमा संसदमा प्रवेश गर्न नदिनेसमेत बताउनुभयो ।
सो गंगा प्राथमिक विद्यालय घोडागाउँ, पन्चिकोट, रोल्पाको बाल विकास भवन उद्घाटन कार्यक्रमकादोय विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, स्थानीय विकास अधिकारी शुशील बैद्यको नेपाली काँग्रेसका मोहनविक्रम भण्डारी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरीप्रसाद घर्तीमगर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय महाधिवेशन आयोजक समितिका केन्द्रीय सदस्य पवन कवँर, राप्रापा रोल्पाका अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका सल्लाहकार हस्तमणि पुन, मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पाका अध्यक्ष घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ, रोल्पाका अध्यक्ष महेश न्यौपाने, सचिव इश्वरी जिएम, गैसस महासघका प्रतिनिधि रेगबहादुर पुनमगर लगाएका आतिथिहरूले मन्तव्य दिनुभएको थियो । सो बाल विकास भवन मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पा सेभ द चिल्ड्रेन र कोइकाको आर्थिक सहयोग र जिल्ला शिक्षा कार्यायलय, रोल्पासँगको समन्वयमा शिक्षा परियोजना र गंगा प्राथमिक विद्यालय घोडागाउँ पन्चिकोट, रोल्पाको समन्यवमा निर्माण भएको थियो । शिक्षा परियोजना कार्यक्रमका कार्यक्रम संयोजक कृष्ण घर्तीमगरले शिक्षा परियोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रगति विवणको अनुसार रोल्पा जिल्लामा सन् २०१२ देखि कार्यक्रम शुरु भएको शिक्षा परियोजना कार्यक्रमले जिल्लाका १५ ओटा गाउँ विकास समितिमा ७६ वटा बाल विकास भवन निर्माणका गरेको शिक्षा परियोजना कार्यक्रमको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । साथै शिक्षा परियोजनाले शिक्षा परियोजना कार्यक्रम सञ्चालन भएको जिल्लाको १५ ओटा गाउँ विकास समितिका विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बनाउनका लागि विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्रीले विद्यार्थीको सिकाई उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बाल विकास भवन उद्घाटन कार्यक्रममा बोल्ने व्यक्ताहरूले बताउनु भएको थियो । उक्त बाल विकास भवनको उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिकदलका प्रमुख एवंम प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, आमा समूह, यूवा क्लव, बाल क्लव, स्थानीय सरोकारवाला निकायहरू, शिक्षक, विद्यार्थी लगाएत स्थानीयबासीहरूको सहभागिता रहेको थियो । गाउँ शिक्षा समितिका अध्यक्ष ऋषिकेश के.सी.को अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमको सञ्चालन श्रोत केन्द्रका श्रोतब्यक्ति केशवराज पोख्रेलले गर्नुभएको थियो भने सहभागिलाई स्वागत विद्यालयका प्रधानाध्यपक मदनकुमार शाहले स्वागत गर्नुभएको थियो ।

You may also like