विद्यार्थीसँग अध्यक्ष कार्यक्रमको प्रभावकारी कार्यन्वयन हुँदै

पुष ८ गते
लिबाङ रोल्पा ।


सुनिल स्मृति गाउँपालिकाबाट सञ्चालित ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिको एक टोलिले सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तेबाङमा अनुगन सम्पन्न भएको हो । अनुगमनले कार्यक्रम प्रभावकारी कार्यन्वयनमा सहयोग पुग्ने भएको छ ।
उहाँले गाउँपालिका भित्रका एस.ई.ई. परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के–के छन्, ति समस्याहरुको समाधनका लागि ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम तय गरेको बताउनुभयो ।

टोलिले कक्षा १० का विद्यार्थीसँगै बसी तेस्राे घण्टिको शिक्षा विषयको कक्षा शिक्षण अनुगमन गर्नुभयो । कक्षा शिक्षण समाप्त पश्चात् गाउँपालिपकालिका अध्यक्ष घर्तिले उक्त विषय शिक्षकलाई सल्लाह सुझाव दिनुभयो । अध्यक्ष घर्तिले कक्षा १० विद्यार्थीहरुसँग एस.ई.ई. परीक्षाको तयारी सम्बन्धि जानकारी लिनुभयो । उहाँले परीक्षाको तयारी राम्ररी गर्न विद्यार्थीहरुलाई अनुरोध गर्दै परीक्षाको तयारीमा समस्याहरु जानकारी दिन अनुरोध गर्नुभयो । अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्बन्धि सहजिकरण गर्नुभयो । विद्यार्थीहरुले आफ्ना जिज्ञासा र समस्याहरु अध्यक्षले जवाफ दिनुभएको गाउँपालिका अध्यक्षको प्रेस संयोजक भारद्धाजले बताउनुभयो । भारद्धाजका अनुसार गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएर आवश्यक वजेट विनियोजन र कार्यन्वयनमा सक्रिय देखाएको छ । उक्त कार्यक्रम प्रभावकारीका लागि गाउँपालिका अध्यक्ष घर्तिको एक टोलिले गाउँपालिकामा सञ्चालित विभिन्न माध्यमिक विद्यालयहरुको अनुगमन समेत गरी सकेको बताउनुभयो ।

You may also like