नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्वक समीक्षा

 

पुष ३ गते,
लिबाङ रोल्पा ।


अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्वक समीक्षात्मक कार्यक्रम बिहीबार लिबाङमा सम्पन्न भएको छ । जिल्लामा उलङ्घनका घटनाहरुकाे विस्तृत अध्यायन गरी पुस्तकमा समावेश गर्नु पर्ने सहभागिहरुले सुझाव दिएका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं निमित्त प्रमुख जिल्ला अधिकारी नवराज शर्माले मानव अधिकारका उलङ्घनका घटनाहरु यथार्य हुनुपर्ने बताउनुभयो । मानव अधिकार उलङ्घनका घटनाहरु छन्, ति घटनाहरुको विस्तृत अध्यायन नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने जोड उहाँले दिनुभयो । समाजमा शान्तिपूर्ण वातावरणलाई प्रभाव पर्ने गतिविधिहरु गर्न नेपाली नागरिकलाई संविधानले छुट दिएको छैन, त्यसैले त्यस्ता अशान्ति गतिविधिहरुमा संलग्न अपराधिक व्यक्ति वा समूहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिने प्रमुख अतिथि शर्माले उद्घोष गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट मानव अधिकार उलङ्घनका घट्नाहरुको तथ्याङ्क उपलब्धका लागि जिल्ला प्रशासन कार्यालय सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्वता गर्नुभयो ।

गिरफ्तार, धम्की, अभिव्यक्ति स्वतन्त्रता, बाल अधिकार– विद्यालयमा दिइने शारिरीक दण्ड, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव–परिवारजनबाट हत्या र सम्पत्ति क्षति मानव अधिकार उलङ्घन भएका घट्नाहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ५ नंं. प्रदेश नेपालको प्रदेश अधिकृत विनोद पाण्डेले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत घटनाहरुमाथि सरोकारवाला निकायहरुको छलफल गरेका थिए । जिल्लामा मानव अधिकार उलङ्घनका अन्य धेरै घटनाहरु छुटेका छन्, ति घटनाहरुको विस्तृत अध्यायन गरी नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने सुझाव सहभागिहरुले दिएका थिए ।

पुस्तकले मानव अधिकारको उलङ्घनको घटनाको अवस्था र सम्बन्धित निकायलाई जवाफदेहितमा सम्बन्धित निकायलाई सहयोगी भूमिका निर्वाह गर्दछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन इन्सेक रोल्पा जिल्ला प्रतिनिधि हरिसरा घर्तिमगरले गर्नुभएको थियो । भने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ५ नंं. प्रदेश नेपालको प्रदेश अधिकृत विनोद पाण्डेले स्वागत गर्नुभएको थियो ।

 

You may also like