लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता

मंसिर २१ गते
लिबाङ रोल्पा ।


“समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यबद्धता” भन्ने मूल नाराका साथ सञ्चालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अवसरमा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता शनिबार लिबाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढामगरले प्रतियोगिता शुक्रबार उद्घाटन गर्नुभएको थियो ।
 प्रतियोगितामा गैर सरकारी संस्था महासंघ रोल्पा टिम प्रथम, रोल्पा नगरपालिका टिम द्वितीय, नेपाल पत्रकर महासंघ जिल्ला शाखा रोल्पाको टिम तृतीय र जिल्ला प्रहरी कार्यलय रोल्पाको टिम सान्त्वना भएको रोल्पा नगरपालिका महिला तथा बालिबालिका कार्यालय शाखा प्रमुख प्रमिला घर्तीमगरले जानकारी दिनुभयो ।

मैत्रीपूर्ण प्रतियोगितामा रोल्पा नगरपालिका, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा, गैर सरकारी संस्था महासंघ, जिल्ला प्रहरी कार्यालय, सहकारी संस्थाहरुको टोली गरी ५ ओटा टिम सहभागिता भएको थियो । प्रतियोगिताको विजय खेलाडी टिमलाई रोल्पा नगरपालिकाका उपप्रमुख तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति संयोजक मनकुमारी घर्तीमगरले मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

रोल्पा नगरपालिकाको आयोजना रुडास नेपाल सुआहारा रोल्पाको आर्थिक सहयोग र युएनएफपिए, हरप्लेस रोल्पा विभिन्न सहयोगी निकायहरुको सहयोगमा लिबाङको टुडिखेलमा मैत्रीपूर्ण महिला भलिबल प्रयोगिता आयोजना गरेका हुन् ।

मूल समारोह समितिको आयोजनमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत सम्पन्न भएका छन् भने केही कार्यक्रमहरु सम्पन्न हुन बाँकी रहेको मूल समारोह समिति संयोजक एवं रोल्पा नगरपालिका उपप्रमुख मनकुमारी घर्तीमगरले जानकारी दिनुभयो ।

बाँकी कार्यक्रमहरु पनि सरोकारवाला निकायहरुलाई सक्रिय सहभागिताका लागि उहाँले अनुरोध गर्नुभयो ।

You may also like