बाल अधिकार मञ्चको अध्यक्षमा अर्चित बाबु मर्सिफूल सर्वसम्म निर्वाचित

लिबाङ रोल्पा ।


होलिभिजन आवसीय माध्यमिक विद्यालय रोल्पा नगरपालिकाको बाल अधिकार मञ्चको १० औं अधिवेशन शुक्रबार सम्पन्न भएको ।
उक्त सम्पनन अधिवेशनले बाल अधिकार मञ्चको अध्यक्ष अर्चित बाबु मर्सिफूल, उपाध्यक्ष कमल डाँगी, सचिव कलम विष्ट, सह–सचिव समृद्धि खत्री, कोषध्यक्ष चन्द्रप्रकाश घर्तीमगर, सदस्यहरु धनबहादुर घर्तीमगर, साइमन रोका मगर, दीक्षा डाँगी, मुना बुढाथोकी, सदिक्षा परियार, प्रियंका रोकामगर, र निशा घर्तीमगर सव सर्वसम्मत बाल अधिकार मञ्चको पदाधिकारीमा निर्वाचित हुनुभएको छ । विद्यालयको प्राधानाध्यापक ओम के.सी.सहित विद्यालयका शिक्षक र विद्यार्थीहरुको अधिवेशनमा सहभागिता थियो । मञ्चको निवर्तमान कार्य समितिको पदाधिकारीले एस. ई. ई. परीक्षा उत्तिर्ण गरेको हुँदा नयाँ कार्य समिति चयन भएको विद्यालयका प्रधानाध्यापक ओम के.सी.ले जानकारी दिनुभयो ।

नव निर्वाचित मञ्चको पदाधिकारको बैठकको आयोजना गरी थप निर्माणहरु कार्यन्वयन गर्ने योजना तय गरेको नव निर्वाचित अध्यक्ष अर्चित बाबु ममर्सिफूलले बताउनुभयो ।

You may also like