परियोजना सिकाइ उपलब्धिलाइ आगामी दिनमा पनि निरन्तरता दिन्छाै‌ः वडा अध्यक्ष घर्तीमगर

रोल्पा समाचारदाता
ह्वामा रोल्पा


हामी सिक्न सक्छौं परियोजनाको समापन कार्यक्रम रोल्पा नगरपालिकाको ९ नं. वडा ह्वामा बिहीबार सम्पन्न भएको छ । परियोजनाको समयवधिमा वडाको १० ओटा विद्यालयमा शिक्षण सिकाईमा महत्वपूर्ण सहयोगी भूमिका निर्वाह गरेको थियो ।
उक्त कार्यक्रमको समापन गर्दै  वडा अध्यक्ष एवं वडा शिक्षा समिति अध्यक्ष मिमबहादुुर घर्तीमगरले वडामा शिक्षण सिकाईमा हामी सिक्न सक्छौं परियोजनाले शिक्षण सिकाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै सेभ द् चिल्ड्रन  र मानव अधिकार सचेतन केन्द्र (हुरेक)  नेपाल राेल्पालाइ धन्यवाद समेत व्यक्त गर्नुभयाे ।  परियाेजनाबाट सिकाइ उपलब्ब्हधीहरुलाइ आगामी दिनमा पनि व्यवहारमा लागू गर्दै महत्वपूर्ण सिकाइ उपलब्धिहरुलाइ वडा शिक्षाा समितिमा समावेश गरी प्रभावकारी कार्यन्वयन गर्ने समेत उहाँले प्रतिवद्दता व्यक्त गर्नुभयाे ।

कार्यक्रमको प्रमुख अतिथि एवं सेभ द् चिल्ड्रन रोल्पा जिल्ला कार्यक्रम संयोजक दिलकमल क्षेत्रीले सेभ द् चिल्ड्रनको आर्थिक सहयोगमा र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको साझेदारीमा सञ्चालित कार्यक्रम कार्यन्वयनको क्रममा रोल्पा नरपालिकाका ९ नं. वडा ह्वामाले सहयोगीभूमिका निर्वाह गरेको भन्दै वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति, शिक्षक अभिभाव संघ, विद्यालय प्रधानाध्यापक, शिक्षक, विद्यार्थी सहित सम्बन्धि निकायहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

परियोजनाको समयवधि समाप्त भएपनि परियोजनाको समयवधिमा शिक्षण सिकाईका महत्वपूर्ण कुराहरुलाई सबै विद्यालयहरुले निरन्तरता दिने विश्वास समेत प्रमुख अतिथि क्षेत्रीले व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका अर्काे अतिथि एवं विद्यालय व्यवस्थापन समितिको तर्फबाट पधेरा प्राथमिक विद्यालय रोल्पा नगरपालिका ९ गर्पा ह्वामा रोल्पाको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर वलीले हामी सिक्न सक्छौं परियोजनाले शिक्षण सिकाईमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै परियोजनाको निरन्तरता भए आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा थप सुधार हुने धारणा व्यक्त गर्नुभयो । रोल्पा नगरपालका ९ नं. वडा ह्वामालाई पनि परियोजना कार्यन्वयन क्षेत्रमा छनौट गरी शिक्षण सिकाईमा सहयोगी भूमिका निर्वाह गर्ने सेभ द् चिल्ड्रन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पालाई उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
त्यसैगरी शिक्षकहरुको तर्फबाट बसुन्धरा प्राथमिक विद्यालय रोल्पा नगरपालिका ९ ह्वामाको शिक्षक विरेद्र बुढामगरले हामी सिक्न सक्छौं परियोजनाबाट शिक्षकहरुलाई शिक्षण सिकाई सम्बन्धि धेरै ज्ञान हासिल गर्नमा सहयोगी भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो । शिक्षकहरुको शिक्षण सिकाईबाट नै प्रभावकारी शिक्षण हुने भएको हुँदा आगामी दिनमा पनि वडा कार्यालयहरुले यस परियोजनाबाट भएका सिकाईहरुलाई निरन्तरता दिँदै नयाँ कार्य योजना सहित अगाडि बढेको अवस्थामा गुणस्तरीय शिक्षा प्रदानमा सहज बन्ने उहाँको धारणा थियो । शिक्षण सिकाई सम्बन्धि हामी सक्न सक्छौं परियोजना जस्ता परियोजनाहरु थप वडाका विद्यालयहरुमा आवश्यक परेको हुँदा सम्बन्धित निकायहरुले थप पहल गर्नुपर्ने बुढामगरको जोड दिनुभयो ।

कार्यक्रमको अर्का अतिथि एवं वागेश्वरी माध्यमिक विद्यालय रोल्पा नगरपालिका ९ लिवन ह्वामा रोल्पाको बाल क्लवको सचिव निशा पुनले पनि हामी सिक्न सक्छौं परियोजनाले बालबाललिकाहरुलाई वाल क्लवमा संगठित गरी बाल बालिकालिकाहरुलाई सक्रिय बनाएको धारणा व्यक्त गर्नुभयो । पुनमगरले यस वडाको १० ओटा विद्यालयहरुका बाल क्लवहरुले बाल बिबाह, मदिरापन, जस्ता विभिन्न समाजिक विकृतिहरुको विरुद्ध सामाजिक जनचेतना फैलाउनमा परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । परियोजनाकै विशेष पहलमा वडालाई नै पूर्ण भर्ना बालबालिका वडा समेत घोषणाले वडाका सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुगेको सचिव पुनमगरको धारणा थियो । परियोजनाबाट आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीका अभिभावकहरुलाई व्यवसायी सञ्चालनका निम्ति आर्थिक सहयोग सहित आवश्यक प्राविधिक तथा सैद्वान्तिक तालिम समेत अभिभावकहरु व्यवसायी बन्ने वातावरण सिर्जना भएको भन्दै सेभ द् चिल्ड्रन र मानव अधिकार सचेत केन्द्र (हुरेक) नेपाल रोल्पालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । परियोजनाले वडाका बाल क्लवहरुलाई विभिन्न क्षेत्रमा सिकाइएका व्यवहारिक तथा सैद्वान्तिक पक्षहरुलाई निरन्तरता दिने समेत सचिव पुनमगरको प्रतिवद्वता थियो । हामी सिक्न सक्छौ परियोजनाको रोल्पा नगरपालिका ९ नं. वडा ह्वामा रोल्पाको सामाजिक परिचालक दिलकुमारी बुढामगरले परियोजनाको उद्वेश्य, लक्ष्य, सिकाई, उपलब्धि, वजेट, परियोजनाको गुणात्मक, संख्यात्मक उपलब्धि, परियोजनाबाट १० ओटै विद्यालयहरुलाई गरेको सहयोग सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १० ओटै विद्यालयहरुलाई सेभ द् चिल्ड्रन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको तर्फबाट धन्यवाद पत्र कार्यक्रमको प्रमुख अतिथि एवं सेभ द् चिल्ड्रन रोल्पा जिल्ला कार्यक्रम संयोजक दिलकमल क्षेत्रीले प्रदान गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, वडा शिक्षा समिति पदाधिकारी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघको पदाधिकारी, शिक्षक , अभिभावक, विद्यार्थी सहित सरोकारवाला निकायहरुको सहभागिता थियो । कार्यक्रम वडा शिक्षा समिति अध्यक्ष एवं वडा अध्यक्ष मिमबहादुर घर्तीमगरको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन सिर्जना रोकाले गर्नुभएको थियो ।

You may also like