थबाङमा पूर्व जनमुक्ति सेनाका कम्पनि कमाण्डर जनक वडा अध्यक्ष बने

राेल्पा समाचार
रोल्पा थबाङ
मंसिर १४ रोल्पा


थबाङ गाउँपालिका वडा नं. १ मा भएको उप निर्वाचनमा १७४ मत लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका उमेद्वार जनक बुढामगर विजय हुनुभएको छ । विजयभएपछि रोल्पा समाचार संक्षिप्त कुरा गर्दै थबाङ वडाबासी जनताको सेवामा २४ घण्टा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
लामोसमयमसम्म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सञ्चालन गरेको जनयुद्धका विभिन्न विभाग र मोर्चामा काम गर्दै जनमुक्ति सेनामा काम गर्नुभएको थियो । हसिलो अनुसार, मिजासिलो स्वभावका जनक बुढामगरले जनता र देशको लागि योगदान गरेको बताउँदै अब पनि जनताको सेवा गर्ने नै नै बतानुभयो । जनमुक्ति सेनाको सबैभन्दा तल्लो निकाय जनमिसिया तथा छापामारदलबाबाट शैन्ययात्राको शुरुवात गर्नुभएका जनक बुढामगरले जनयुद्धमा धेरै लडाई लड्नुभयो । उहाँले रोल्पा समाचारसँग संक्षिप्त कुरा गर्दै भन्नुभयोः–“हामीले निस्वार्थभावमा जनमुक्ति आन्दोलनमा लाग्यौँ, देश र जनताको लागि लडेका थियौँ हाल पनि म जनताको सेवा नै गर्नेछु ।” । उहाँले थबाङको शानलाई नयाँ ढंगले चिनाउन समेत बताउनुभयो ।
जनक बुढामगरका लागि सबैलाई मिलाएर लग्न चुनौती पनि उत्तिकै छ । २०७३ सालको निर्वाचनमा स्वतन्त्र समूहबाट विजयी वडा सदस्यहरुको मन जितेर अगाडि बढेमा थबाङबासी जनतालाई आगामी दिनमा सेवा गर्न सक्नेछन् ।
जनक बुढामगरले विजयभएपछि पहिलो कुरा जनताको कामलाई प्राथमिकतामा दिने र अगाडि बढ्ने, आफूले स्वार्थरहित काम गर्ने, वडाबासी जनताको सेवामै पहिलो इच्छा रहेको प्रविद्धता व्यक्त गर्नुभएको छ ।

You may also like