थबाङमा २०९ मतमात्रै खस्यो, मत परिणामको आजै आउन सक्ने

मानसिंह विश्वकर्मा
रोल्पा थबाङ
मंसिर १४ रोल्पा

थबाङको उपनिर्वाचन फेरी यतिबेला पनि फरक नै भयो । उप निर्वाचन भयो तर १६ प्रतिशत मतमात्रै खस्नुले फेरी थबाङले अर्काे दिएरै छाडेको छ । शनिबार भएको स्थानीयतह अन्तर्गत थबाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा जम्मा १६ प्रतिशत मत मात्रै खसेको छ । थबाङ गाउँपालिका वडा नं. १ मा १ हजार २४७ मतदातामध्ये २०९ मतमात्र खसेपछि १६ प्रतिशत मात्रै मतदान परेको मुख्य निर्वाचन कार्यालय रोल्पाले बताएको छ ।
थबाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष फर्कबहादुर बुढामगरको २०७६ असार ६ गते मस्तिष्क घातका कारण निधन भएपछि उप चुनाव भएको हो ।
। उप निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उमेरद्वार जनक बुढामगर र नेपाली कांग्रेसबाट कलम रोकामगर, स्वतन्त्रबाट भद्र झाँक्रीमगरले उमेद्वारी दर्ता गराएका थिए । स्वतन्त्र उमेद्वार दर्ता भद्र झाँकीमगरले फिर्ता गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनक बुढामगर, नेपाली कांग्रेसका कलम रोकामगरवीचमा मात्रै निर्वाचन भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म दुई सय ८ मत खसेको छ । आज सहमतिको आधारमा साँझदेखि मत गणना हुने समेत कार्यालयले बताएको छ ।
मत किन यति धेरै कम भन्ने प्रश्नमा रोल्पा समाचार साँप्ताहिकसँग कुरा गर्दै नेपाल पत्रकार महासंघ रोल्पाका प्रदेश नं. ५ का अध्यक्ष एवं स्थानीय मौसम रोकामगरले विगतको झै निर्वाचनको वातावरण पनि नभएको, यो सिजनमा प्राय मानिसहरु गाउँ बाहिर रहेको, सबैलाई उमेद्वारहरुले लिन नसकेको र नेकपा (बिप्लब) को उप निर्वाचन बहिस्कारको नीतिले पनि कमी भएको बताउनुभयो ।
साझँ ६ः३० बजेदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालले बताएको छ । २०९ मत गन्नका लागि जति सक्यो त्यति छिटो गणना गरिने भएकोले मत परिणाम आज साझ नै घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्युटर अप्रेटर लबलाईट वलीले जानकारी दिनुभयो ।
मतदाताहरुले मत खसालेको अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उमेद्वार जनक बुढामगर नै वडा अध्यक्ष पदमा विजयी बन्न सक्ने अनुमान गरिएपछि मत परिणामको नतिजा पर्खनु पर्ने स्थानीयबासीहरुले बताएका छन् ।

You may also like