“दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणालीबाट मात्रै देश समृद्ध गर्न सकिन्छ” – आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी

मानसिंह विश्वकर्मा
मंसिर ८ कोटगाउँ रोल्पा


आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सबै नागरिकलाई दक्ष जनशक्तिको रुपमा उत्पादन गर्ने शिक्षा प्रणालीको विकास गरी आम नागरिकलाई सबल बनाएमा देश समृद्धिको दिशामा अगाडि बढ्ने बताउनुभएको छ ।
यस्तो विचार नेपाल मा.वि. कोटगाउँ रोल्पाले आयोजना गरेको बृहत शैक्षिक मेला तथा बहस कार्यक्रममा आईतबार रोल्पा नगरपालिका कोटगाउँ रोल्पामा विचार बताउनुभएको हो । मन्त्री केसीले शिक्षाले नै मानिसको जीवनस्तर माथी उठाउने भएकाले गर्दा शिक्षाको सुधार पहिलो आवश्यकता भएको बताउनुभयो । मन्त्री केसीले भन्नुभयोः–“शिक्षा नै मानव विकासको आधार हो त्यसैले शिक्षा सुधारर्ने हाम्रो पहिलो कार्यभार हो । हामी सुधार गर्दछौँ ।”


सोही वडा निवासी मन्त्री केसीले विगतमा आफूहरुले पढेको बेलाभन्दा निकै फरक भएको बताउँदै आगामी दिनमा अझै विकास गर्नु धारणा राख्नुभयो । शैक्षिक अवस्था सुधार गर्नका लागि विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी, अभिभावकहरुको संयुक्त प्रसासबाट अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले विश्वमा खोज तथा अनुसन्धान कार्यमा लाग्ने जनशक्तिको विकास गर्न आवश्यक रहेका छन् । नेपाल मा.वि.को विकासका लागि आफू सधै सकरात्मक भएको बताउँदै विद्यालयको भौतिक विकासका लागि लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“मैले यस विद्यालयको ४ कोठे भवन निर्माण गरिदिने मेरो प्रतिबद्धता भयो नमूना विद्यालयको लागि तपाईहरुको कदममा मेरो पनि साथ रहेनछ । ”
यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगरले अबको युग विज्ञान र प्रविधिको अनि विद्युतीय युग हुने भएकाले विद्यार्थीहरुको क्षमता विकासका लागि अगाडि बढाउनुपर्ने बताउनुभो । उहाँले विगतको शिक्षा नीति र पाठ्यक्रमले हालका विद्यार्थी र शिक्षकको अपेक्षाहरु पुरा गर्न नसक्ने बताउँदै अब नयाँ अबस्थाहरु अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले सक्षम नागरिक निर्माण गरी सबैलाई जीवन परिवर्तन गर्नका लागि अनुरो गर्नभयो । प्रदेशसभा सदस्य विद्यालयको शैक्षिक उपलब्धी हासिल गर्नका लागि सबै सरोकारवाला निकाय लाग्नु पर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियारले गरिव जनताको छोरा छोरीहरु पनि पढ्न सकिने विद्यालयलाई गुणस्तरी रुपमा कायम गर्नका लागि अनुरोध गर्नभयो । उहाँले जिल्ला समन्वय समितिबाट रोल्पा जिल्लाको शैक्षिक अवस्था सुधार गर्नका लागि सबै लागेको बताउनुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिका नगर प्रमुखले रोल्पा नगरपालिकालाई शैक्षिक हव निर्माण गर्ने प्रतिबद्धतालाई पूरा गर्दै गइरहेको बताउनुभो । साथै रोल्पा नगरपालिकाले संघ, प्रदेश र नगरको सामूहिक प्रयासमा अगाडि बढाउने बताउनुभो । शैक्षिकहवको सपना विस्तारै पुरा हुँदै गइरहेको बताउनुभो । आगामी दिनमा बजेट, नीति तथा कार्यक्रम निर्माण गरी अगाडि बढाउने बताउनुभो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र घर्तीमगरले विगतदेखि विद्यालयको प्रगतिको दिशामा अगाडि बढेकोले गर्दा अगामी दिनमा विकासका लागि आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा शैक्षिक बहसमा “गुणस्तरीय शिक्षाको लागि हाम्रो भूमिका” भन्ने विषयमा शैक्षिक बहस समेत गरिएको थियो । सो कार्यक्रममा वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर घर्तीमगर,नगर शिक्षा प्रमुख महेन्द्र प्रसाद पराजुली,   विद्यालय प्र.अ. कृष्ण पुनमगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर, अभिभावक कृष्णबहादुर घर्ती, रमेश घर्ती, पत्रकार दिनेश सुवेदी, शिक्षक राजेश धिताल, नमुना मा.वि. मौलाबोट रांकोटका प्र.अ. गोपालबहादुर केसी, सेभ द चिल्डे«ल रोल्पाका दिलकमल क्षेत्री लगायतले रोल्पा जिल्ला र वडा नं. ६ को शैक्षिक स्तरको अवस्था र सुधार गर्न सकिने विषयमा बहस गर्नुभएको थियो । बक्ताहरुले दरवन्दीको अभावलाई पूर्ति गर्नु पर्ने, शैक्षिक अबस्था सुधारर्नका लागि बजेट, नीति तथा कार्यक्रम निर्माण, शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैको सहकार्यबाट अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिएको थियो । सो कार्यक्रममा सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमा रोल्पा नगरपालिका उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत सावित्रा पुन थापा, नगर शिक्षा समितिका प्रमुख महेन्द्र प्रसाद पराजुली, नेकपा रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, वडा सचिव मनप्रसाद विश्वकर्मा लगायतको प्र.अ., पत्रकार, सुरक्षाकर्मी लगायत सरोकारवालाको निकायको सहभागिता रहेको थियो ।
शैक्षिक मेला ३ दिनसम्म सञ्चालन हुने आयोजकले बताएको छ । २०१८ सालमा स्थापना विद्यालयको विद्यालय हाल कक्षा ११ र १२ को अध्यापन भइरहेको छ । हाल नमूना विद्यालय बनाउनको लागि सबै पक्षलाई सुधार अगाडि बढेको छ । हाल करिव ६ सय विद्यार्थीहरुको अध्ययन गरिहेको छन् । यस विद्यालयको शैक्षिक सुधारका लागि अगाडि बढाउन प्र.अ. कृष्ण पुनमगर लागि रहेका छन् । यस पटक प्रदेश सरकारबाट आह्वान गरिएको नमूना विद्यालय माग गरिएकोमा परिवर्तन गाउँपालिका बामगार र राङ्सी मा.वि. र नेपाल मा.वि. कोटगाउँले प्रस्ताव पेश गरेका छन् ।
कार्यक्रम वडा अध्यक्ष तुलबहादुर घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने शिक्षक दामोदर विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । भने स्वागत प्र.अ. कृष्णबहादुर पुनमगरले गर्नुभएको थियो ।

You may also like