नेपाल औषधी व्यवसायी संघ रोल्पाको अध्यक्षमा आचार्य सर्वसम्मत

म्ांसिर २ गते
लिबाङ रोल्पा ।


नेपाल औषधी व्यवसायी संघ रोल्पाको प्रथम जिल्ला अधिवेशन आइतबार लिबाङमा सम्पन्न भएको छ । सम्पन अधिवेशनले शिवप्रसाद आचार्य सर्वसम्मत जिल्ला अध्यक्षमा निर्वाचित बन्नुभएको छ ।


उक्त कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल औषधी व्यवसायी संघ केन्द्रीय सदस्य प्रकाश कुमार श्रेष्ठ, नेपाल औषधी व्यवसायी संघ राप्ती अञ्चल शाखा अध्यक्ष भुवनेश्वर बुढामगर, नेपाल औषधी व्यवसायी संघ राप्ती अञ्चल शाखा महासचिव राजेन्द्र श्रेष्ठ लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । प्रथम जिल्ला अधिवेशनले शिवप्रसाद आचार्यको अध्यक्षतामा १० सदस्य जिल्ला संघ सर्वसम्मत निर्वाचित भएको छ । जसमा उपाध्यक्षमा गणेशबहादुर बुढामगर, महासचिव भक्त मिया, कोषध्यक्ष दिव्या थापा, सचिव खेम वली, कोषध्यक्ष प्रकाश मेडिकल पूर्वी रुकुम, सदस्यहरुमा कुलबहादुर डाँगी, नरबहादुर खड्का, नारायण रिजाल, लेपेन्द्रबहादुर बुढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको थियो । अधिवेशनबाट जिल्ला संघ गठनको लागि सदस्याको अपुग भएकोले केन्द्रीय समितिबाट रोल्पा र पूर्व रुकुम जिल्लाका व्यसायीहरुको सहभागिता जिल्ला संघ गठन गर्ने सत्कुलरलाई सर्वसम्मत पारित भएको थियो ।

केन्द्रीय समितिको सत्कुर अनुसार नै प्रथम अधिवेशनमा रोल्पा र पूर्वी रुकुम जिल्लामा औषधी व्यवसायी सञ्चालन गरिहेका व्यवसायीहरुको सहभागिता थियो । नेपाल औषधी व्यवसायी संघको ५ नंं. प्रदेश नेपालको सभामा सहभागिताका लागि जिल्ला संघको सबै पदाधिकारी सहभगिता बन्ने निर्णय समेत पारित भएको छ । जिल्ला संघले सदस्यता वितरणलाई विशेष सक्रिय बढाउनेसँगै साथै जिल्ला संघको प्रत्येक महिनाको पहिलो शनिबार बैठक बस्ने समेत निर्णय समेत पारित भएको जिल्ला अध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो ।

You may also like