रोल्पामा दलहरुले आफै बनाए ५ गाउँ पालिका आफै विरोध

मानसिंह बिक
लिबाङ, रोल्पाराज्य पुनरसंचना आयोगले भाद्र १५ गतेभित्र प्रतिवेदन पेश गर्नका लागि सम्पूर्ण जिल्लालाई निर्देशन गरेपनि रोल्पा जिल्लाले शनिबार साँझ मात्रै पठाउने तयारी गरेको छ । रोल्पा जिल्लाका राजनीतिक दलहरूको बीचमा सहमति जुट्न नसकेपछि रोल्पाबाट प्राविधिक सहयोग समितिले दुइवटा पठाउने तयारी गरेको छ । तर शनिबारसम्म आम सहमतिमा पठाउने भन्दै सहमतिका लागि छलफल जारी रहेकोले पठाउन सकेको छैन ।
पाविधिक सहयोग समितिले तयार गरेको प्रस्तावित १ वटा नगरपालिकासहित ६ वटा गाउँ पालिकाको खाका शुरुमा नै प्रस्तुत गरेको थियो । सोही खाकामै कही नमिलका गाविस र वडाहरुलाई मिलाई गाउँ स्थानीयतहको सिफारिस गरेको छ । जस अनुसार लिबाङ नगरपालिकामा भाबाङ, जंकोट, कोर्चाबाङका ३, ४, ५ र ९ वडा, कोटगाउँ, ह्वामा, धबाङ, गजुल, खुमेल, लिबाङ, जेदबाङ, बराहक्षेत्र गाउँ पालिकामा घोडागाउँ, खुंग्री, मिझिङ, पाङ, सिर्प, अरेश, तेबाङ, बडाचौर, सुनछहरी गाउँ पालिकामा जेलबाङ, गाम, स्यूरी, हार्जङ, उवा, गुम्चाल, जैमाकसला, सेरम, फगाम, जलजला गाउँ पालिकामा थबाङ, मिरुल, रांकोट, पाछाबाङ, इरीबाङ, राङ्सी, कुरेली, सुकिदह गाउँ पालिकामा राँक, पाखापानी, जिनाबाङ, ताबाङ, ओत, घर्तीगाउँ र कोर्चाबाङ १, २, ६ ८ त्रिवेनी गाउँपालिमा जुगार, गैरीगाउँ, बुढागाउँ, करेटी, नुवागाउँ रहेका छन् भने यसैगरी रुन्टी–गढीगाउँपालिमा झेनाम, सखी, जौलीपोखरी, दुविडाँडा, दुव्रिङ रहेको गाउँ पालिको खाका निर्माण गरी यो समाचार तयार पार्दासम्म पठाउने तयारी भइरहेको छ ।
यस रोल्पामा ७ वटा खाकामा सहमति गर्नका लागि सबै राजनीतिक दलहरुले छलफल गरेपनि सहमति बन्न नसकेपछि प्राविधिक समितिले ७ वटा र राजनीतिकदल दलहरुको ५ वटा खाका समेत सिफारिस गरि पठाउने तयारी भइरहेको समितिका संयोजक शुसील बैद्यले बताउनुभयो । उहाँले थबाङलाई पनि एउटा केन्द्र बनाउनको लागि जिल्लाबाट सिफारिस गरिएको समेत जानकारी दिनुभयो ।
१३ गते बसेको बैठकमा राजनीतिक दलहरुले ७ वटा राजनीतिकमा सहमति नभएको भन्दै ५ वटा गाउँ पालिका निर्माण गरेका थिए । सो प्रस्तावमा जंकोट, ह्वामा, कोटगाउँ, धबाङ, जगुल, खुमेल, लिबाङ, जेद्बाङमा लिबाङ गाउँपालिकाको केन्द्र लिबाङमा निर्धारण गरिएको थियो । यस्तै घोडागाउँ, गुम्चाल, पाङ, सिर्प, अरेश, तेबाङ, बडाचौर, गाम, स्युरी, हार्जाङ, मिझिङ, खुग्री, जैमकसला, सेरम, फगाममा सुनछहरी गाउँपालिकाको केन्द्र सुलिचौर र जेल्बाङ, कुरेली, थबाङ, मिरूल, उवामा थबाङ गाउँपालिकाको केन्द्र जलजला रहने गरी बनाइएको थियो । साथै राँक, पाखापानी, तालाबाङ, जिनाबाङ, ओत, घर्तीगाउँ, राङ्कोट, पाछाबाङ, इरिबाङ, राङ्सी, कोर्चाबाङ, भाबाङमा सुकिदह गाउँपालिकाको केन्द्र घर्तीगाउँ र जुगाँर, गौरीगाउँ, बुढागाउँ, करेटी, नुवागाउँ, झेनाम, सखी, जौलीपोखरी, मसिना, दुविडाँडाँ, दुव्रिङमा रून्टिगढि गाउँपालिकाको केन्द्र होलेरी रहने गरी ५ ओटा गाउँपालिकाको खाकालाई केन्द्रीय राज्य पुर्नसंरचना आयोगमा रिपोट पठाउनमा जिल्लाका राजनीतिकदलले स्थानी तहको राज्य पुर्नसंरचना सहयोग समितिलाई सुझाव दिएका छन् ।
सो विषयमा १३ गतेको बैठकले ५ वटा गाउँ पालिका बनाएएकोमा तिव्र विरोध भएको थियो । बैठकमा प्राविधिक सहयोग समितिको साथमा नेपाली कांग्रेसका संसद एवं रोल्पाका सभापति अमरसिंह पुनमगर, नेकपा एमाले रोल्पाका अध्यक्ष हरीप्रसाद घर्तीमगर, नेकपा (माओवादी केन्द्र) प्रतिनिधी ऋषिराम रोकामगर, राप्रपा नेपालका अध्यक्ष टिकाबहादुर वली, राप्रपाका अध्यक्ष अमरबहादुर थापा, राजमो रोल्पाका अध्यक्ष मेघनाथ विष्ट लगायतको उपस्थिति रहेको थियो ।
रोल्पा जिल्लालाई आयोगबाट ७ वटा बनाउन सकिने प्राब्धान प्रदान गरेकोमा सो बैठकमा सहभागि भएका नेताहरुले ७ वटामा सहमति नभएको भन्दै ५ वटा गाउँ पालिका निर्माणको खाका बनाएका थिए । सो निर्णयको विपक्षमा रोल्पा जिल्लाका अधिकांश क्षेत्रका जनताहरुले रोल्पालाई आएको अधिकार पनि दलले खोसेको बताउँदै संघर्ष गर्दै आएका थिए । अझैसम्म रोल्पाको थबाङलाई पहाडी नै मानेता पनि सो बैठकमा सहभागि दलहरुले फोनको भरमा हिमाली मापदण्ड अनुसार १६ हजार ७१३ जनसंख्या, साविकको लिबाङ नगरपालिकालाई गाउँ पालिकामा ३८ हजार ३२८ जनंख्या, सुनछहरी गाउँ पालिकामा ५९ हजार ७१३ जनसंख्या, सुकिदह गाउँ पालिकामा ५६ हजार ८४९ जनसंख्या र रुन्टी गढीमा ४९५२५ जनसंख्या रहेको गाउँ पालिका निर्माण गरिएको थियो । लिबाङको लिबाङ, सुनछहरीको सुलिचौर, जलजलाको थबाङ, सुकिदहको घर्तीगाउँ, होलेरीको रुन्टीगढी समेत केन्द्रको परिकल्पना गरिएको थियो ।
त्यसमा नेकपा(माओवादी केन्द्र) ले आफ्नो प्रतिनिधी सहभागि भएपनि योजना अनुसार नै यो निर्णयमा हस्ताक्षर गराइएको भन्द्र माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले विज्ञप्ती जारी गर्नुभएको थियो । केन्द्र केन्द्रीय आयोगले दिएको ७ वटाको खाका वा सकिन्छ भने बढाएर पठाउने मान्यतामा रहेको बताएको थियो । त्यस्तै नेपाली कांग्रेसले पनि ९ वटा खाका प्रस्तुत गरेको थियो । एमाले, राप्रपा नेपालले ५ वटा नै हुनुपर्ने अडान राखेका थिए । सो विषयमा छलफल गर्नका लागि १८ गते जिल्ला विकास समितिमा प्राविधिक समितिले बैठक बोलाएका्े थियो । सो विषयमा केन्द्रका संयोजक सुरन्द्र थापा घर्ती, नेपाली कांग्रेसका लेखमणी डाँगीले १३ गतेको बैठकको निर्णय छलफल गरी अझै परिमार्जनको माग राख्दा एमालेका अध्यक्ष हरीप्रसाद घर्तीमगर र राप्रपा नेपालका टिकाबहादुर वलीले नमानेपछि आफूले बैठकको पुस्तिका च्याटेको केन्द्रका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले बताउनुभयो । यस्तै सो विषयमा प्राविधिक समितिले बैठक चलिरहेको बेलामा काम कार्य चापको बेलामा च्याटिन गएको बताएको छ ।
रोल्पा जिल्लाका राजनीतिक दलहरुले स्थानीयतह पुनरसंरचना गर्दा आफ्ना कार्यकर्तासँग व्यापक छलफल नगरेको बुझिन आएको छ । आफूहरुले गरेको निर्णयहरुमा गाउँ तहबाट फेरी ज्ञापनपत्र, विरोध बन्द लगायतका कार्यक्रमहरु गरिहका छन् । रोल्पा जिल्लाका राजनीतिक दलहरुले ७ वटामा नमिलेको भूगोललाई मिलाउँदै बनाउनुपर्ने स्थानमा झन ५ वटा बनाइ दिएपछि जनतामा आक्रेश बढेको थियो । २६ गते भएको जिल्ला स्तरीय छलफलमा गाउँ पालिकाको जनसंख्या १५ हजारदेखि २० हजार नगरपालिकाको जनसंख्या २५ हजादेखि माथि बनाउनुपर्ने सुझाव दिएका थिए । केन्द्रीय स्तरका नीति निर्माणमा रहेका नेताहरुले पनि १० देखि ११ वटा पालिकामा बन्ने धारणा राखेका थिए । तर, प्राविधिक समितिले जिल्लाका राजीतिक दलहरुबाट सहमति जुटाउन खोज्दा दलहरुले ५ वटा बनाउन प्रस्ताव गरेपछि आफूहरुले ७ वटा र ५ वटा दुवै खाका पठाउने तयारीमा रहेको जनाएको छ ।
रोल्पा जिल्लामा सर्वपक्षीय ढंगबाट छलफलगरी नेता अन्तरपार्टी पंक्तिमा र आम पार्टी पक्तिमा छलफल गरी विषयलाई टुङ्गोमा पुग्नुपर्नेमा राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई स्पष्ट बनाउनुपर्ने देखिएको छ । र आयोगले प्रदान गरेको नीतिमा रहेर काम गर्नुपर्नेमा कहिले भावनात्मकतामामा डुवेर काम गरेको परिणती हो । त्यसैले सबै दलहरुले एक पटक छलफल गरी निर्णय गर्नुपर्दछ कि होइन भने हतारमा निर्णय गरी फुर्सदमा पछुताउनु पर्ला की ?

You may also like