“गुणस्तरीय शिक्षा प्रदानका लागि राज्यको पहिलो प्राथमिकता हुनु पर्दछ ।”–कानून मन्त्री केसी

मानसिंह विश्वकर्मा
असोज २६ गते
खंग्री रोल्पा


त्रिपुरेश्वरी माध्यमिक विद्यालय सुनिलस्मृति गाउँपालिका–२ खुंग्री रोल्पाले कक्षा ११ र १२ सञ्चालनका लागि आयोजित ‘भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६’ को ५ नंं. प्रदेश सरकार नेपालको आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रासद के.सी.ले आज उद्घाटन गर्नुभएको छ । उद्घाटनको क्रममा मन्त्री केसीले देशको विकास गर्नका लागि शैक्षिक क्षेत्रको सुधार गर्नुपर्ने बताउँदै शिक्षाको गुणस्तरीय कायम गर्नका लागि राज्यको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

मन्त्री केसीले भन्नुभयोः–“अब हामी अरु भौतिक विकास भन्दा पनि शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ, हाम्रो देशलाई समृद्ध बनाउने भए दक्ष नागरिक उत्पादन गर्नु पर्दछ । उहाँले रोल्पा जिल्लाका विकासका लागि सबै शैक्षिक क्षेत्रमा लगानी गर्दै दक्ष जनशक्ति उत्पादन गरेर अगामी दिनमा नागरिकलाई सवल बनाउने हो ।
उहाँले प्रदेश सरकारबाट पनि शिक्षा क्षेत्रमा पहिलो जोड दिइएको बताउँदै प्रदेशका नागरिकहरुलाई शिक्षा र दक्ष बनाउँदै देशको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लामा ९ वटा गाउँपालिकाका शिक्षा क्षेत्रको सुधारका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागु गरिएको बताउँदै सो कार्यक्रमबाट शिक्षा क्षेत्रमै लगानी गरिने बताउनुभयो ।
रामेश्वरी मा.वि. विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि, विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान र विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आयोजना गरिएको प्र.अ. समीक्षा बुढाथोकीले बताउनभयो ।

कार्यत्रक्रममा पूर्व राज्य मन्त्री सुरेन्द्र हमाल, पूर्व सांसद लेखनाथ आयार्य, स्वर्गद्वारी न.पा.का उपप्रमुख गोमादेवी रेग्मी, लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, सुनिलस्ृमति गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्रीनी, प्रमख कथा बाचक कोमल उपाध्याय, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका प्रतिनिधी शान्तराम शाह, नेपाली कांग्रेस रोल्पाका का.वा. सभापति किशोर आचार्य, राजमो रोल्पाका आकास गिरी, नेपाली कांग्रेस रोल्पाका सभापति कृष्णबहादुर घर्तीमगर, २ का वडा अध्यक्ष नेत्रबहादुर गिरी लगायतले शुभकामना मनतव्य सँगै सहयोग गर्ने प्रतिवद्धता राख्नुभएको छ ।

कार्यक्रममा १०८ संकल्पकर्ता डिला पाण्डे, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रहादुर गुरुङ, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, आन्तरिक मामिला तथा कानून मन्त्री केसीका स्वकीय सचिव पवन कुवर, सुनिल स्मृति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केशव कुवर, अध्यक्ष गञ्जबहादुर महारा, गाउँ कार्यपालिका सदस्य तुलसी सुनार, चन्द्र मरमथानी, नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय सभापति सिमबहादुर विष्ट, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, गैर सरकारी सँस्था महासंघ प्रदेश सदस्य अर्जुन डाँगी, सामुदायिक रेडियो मालश्रीका लोकेन्द्र चन्द, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष युवराज आचार्य लगायत समाजसेवी, सरकारी तथा गैर सरकारी सँस्थाका प्रमुख तथा प्रतिनधीहरु, विभिन्न विद्यालयका प्र.अ.हरुको आतिथ्यता रहेको थियो ।


महायज्ञ सञ्चालन समितिका मूल आयोजक समितिका संयोजक रामलाल भारतीले महायज्ञ समयवधिमा श्रीमद् बालव्यास शान्तिदुत पं. कोमल उपाध्यायको मुखार विन्दुबाट संगीतमय कथा बाचन तथा राष्ट्रिय कलाकारहरुबाट भजन, कृतन, देबलिला झाँकी प्रर्दशन गरिएको थियो । महायज्ञबाट आयोजकले रु ४० लाख संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ भने महायज्ञ सम्पन्नका लागि रु १२ खर्च हुने अनुमान गरेको छ । उद्घाटन कार्यक्रमको अवसरसम्म करिव रु १० लाख कलश वितरण गरी सकेको महायज्ञ संयोजक रामलाल भारतीले बताउनुभयो । महायज्ञमा अनुसार यस धार्मिक महायज्ञको अवसरमा तुलादान, अनुदान, कलश रु १ हजार १ सय, भूमिदान, नगरदान, १०८ कन्या पूजा असोज ३० गते, १ करोड दीप प्रज्वलन कार्तिक २ गते बेलुकी ४ः०० बजे, कार्यक्रम समापन कार्तिक ३ गते बिहान ११ः०० बजे, रु ३१ हजार भन्दामाथि दान गर्ने दानिदाताहरुको सिङ्गल फोटो र रु ५० हजारभन्दा माथि दान गर्ने दानिदाताहरुको दाम्पत्ति सहितको फोटो भवन परिसरभित्र स्थापना गर्ने जस्ता दानिदाताहरुलाई समेत सम्मानको व्यवस्था गरेको छ ।
जिल्लामा शैक्षिक क्षेत्रको विकासको निम्ति जिल्लामा केही समयदेखि धार्मिक महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गर्ने लहर नै चलेको छ । महायज्ञ सम्पन्न भएका धेरै विद्यालयको आर्थिक आय–व्यय अझै पनि सार्वजनकि हुन सकेका छैनन् ।

वडा अध्यक्ष नेत्र गिरीले कुनै पनि हालतमा संकलनमा रकमलाई पार्ददर्शिता तरिकाले हिसाव सार्वजनिक गर्र्ने बताउनुभयो । यस्तै विद्यालय प्र.अ.समिक्षा बुढाथोकीले कक्षा ११ र १२ सञ्चालन गर्ने, गुणस्तरीय शिक्षा प्रदानका लागि, रोल्पा जिल्लाको प्रवेशद्वारमा पनि शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नुपर्ने बताउनुभयो ।
ले शैक्षिक क्षेत्रको विकसको निम्ति धार्मिक महायज्ञ लगायत अन्य वैकल्पिक विधिहरु समेत प्रयोग गर्न आवश्यकछ । रोल्पा जिल्लाको शैक्षिक क्षेत्रमा महायज्ञले पनि धेरै ठूलो परिवर्तन भएको छ । यस्तै अभियान सञ्चालन गरेर हाम्रो जिल्लाको शैक्षिक अबस्था सुधार लिनका लागि अनुरोध छ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक रामलाल भारतीको अध्यक्षतामा भएको थियो भने विद्यालय प्र.अ. समीक्षा बुढाथोकीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक झग्गु घर्तीमगरले गर्नुभएको थियो ।
महायज्ञको सन्दर्भमा कलश यात्रा गर्दै चतुर्भुज मन्दीर परिक्रममा समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समिति, आमा समूह लगायतको यात्रामा सहभागिता रहेको थियो ।

You may also like