बाल दिबसको अबसरमा पढाई मेला

लिबाङ–रोल्पा
भाद्र ३० गते


“सुनिश्चित बाल अधिकार, समृद्धि नेपालको आधार” भन्ने मूल नाराका साथ ३० औं राष्ट्रिय बाल दिवसको अबसरमा बाल मन्दिर आधारभूत विद्यालय रोल्पा नगरपालिका–४ लिबाङ रोल्पामा आइतबार पढाई मेला सम्पन्न भएको छ । मेलाले शिक्षक, विद्यार्थीहरुलाई अध्यायपन र अध्ययनमा थप उत्प्रेरणा प्रदान गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि एवं रोल्पा नगरपालिका रोल्पाको स्रोत व्यक्ति राजेश धिताल, अतिथिहरुमा शिक्षक बिना मल्ल, तारा माध्यामिक विद्यालय बामरुक लिबाङ रोल्पाको शिक्षक शर्मिला आचार्य, पत्रकार एवं साहित्यकार लोकेन्द्र सेन लगायतको आतिथित्यता थियो । पढाई मेलामा बाल मन्दिर आधारभूत विद्यालय, कृष्ण प्राथमिक विद्यालय धारापानी, ज्ञान जनचेतना प्राथमिक विद्यालय धनमुरा, बागेश्वरी प्राथमिक विद्यालय तित्रिकोट, डिल्लिश्वरी आधारभूत विद्यालय हरिकाटना, पिताराज आधारभूत विद्यालय रेउघा, बाल बिकास प्राथमिक हाम्जा, तारा माध्यामिक विद्यालय बामरु रोल्पाको सहभागिता थियो । पढाई मेलामा अनुलेखन, शब्दभन्दार, निबन्ध प्रतियोगिता, नेपाली शिक्षकको बाल कथा प्रतियोगिता, अबिभाबकको बाल कविता प्रतियोगिता आयोजना गरिएको थियो । जसमध्ये कक्षा १ तर्फ अनुलेखन प्रतियोगितामा प्रथम कृष्ण प्राथमिक विद्यालय धारापानीका भिमसेन कँवर, द्वितीय बाल मन्दिर आधारभूत विद्यालयका तुलसा बि.क, तृतीय पिताराज आधारभूत विद्यालय रेघाका प्रियँका पुन, सान्तोना तारा माध्यामिक विद्यालय बामरुकका अनूस्का कँवर विजय भएकी थिइन भने कक्षा २ तर्फ शब्दभन्दार प्रतियोगितातर्फ प्रथम बाल विकास प्राथमिक विद्यालय हाम्जाका सन्ध्या घर्तीमगर, द्वितीय बागेश्वरी आधारभूत विद्यालयका थाम बहादुर गुरुङ, तृतीय तारा माध्यामिक विद्यालय बामरुक लिबाङ रोल्पाका लक्ष्मि सुनार, सान्तोना कृष्ण प्राथमिक विद्यालय धारापानीका धारापानिका किन्जन हमालले स्थान ल्याउन सफल भएका थिए ।
त्यसैगरी कक्षा ४ र ५ तर्फ निबन्ध प्रतियोगीतामा प्रथम बाल मन्दिर आधारभूत विद्यालयका सन्दिप परियार, द्वितीय कृष्ण प्राथमिक विद्यालय धारापानिका सुनिल महरा, तृतीय पितराज आधारभूत विद्यालय रेउघाका सँगिता बि.क, सान्तोना बागेस्वरी माध्यामिक विद्यालय सल्लिबोट रोल्पाका सीरीतिज पुन भएका छन् भने अबिभाबकहरुको बाल कवितातर्फ प्रथम बाल मन्दिर आधारभूत विद्यालयका जमलाल रोका, द्वितीय बाल विकास प्राथमिक विद्यालयका आम्जाका सुनिता बुढा, तृतीय बागेश्वरी विद्यालय तित्रिकोटका पबित्रा गुरुङ, सान्तोना पिताराज आधारभूत विद्यालय रेउघाका लक्ष्मि घर्ती भएका थिए । साथै नेपाली शिक्षकहरुको बाल कथा प्रतियोगितामा प्रथम वागेश्वरी आधारभूत विद्यालय तित्रिकोटका रुपा पुन, द्वितीय बाल मन्दिर आधारभूत विद्यालयका भुमा पुन, तृतीय कृष्ण प्राथमिक विद्यालय धारापानीका प्रमिला थापा, सान्तोना ज्ञान जनचेतना प्राथमिक विद्यालय धनबुडाका धनमाया के.सी. हुनुभएको थियो ।

नगरपालिका वडा नं ४ को प्राङ्गणमा आयोजिता पढाई मेलाको रोल्पा नगरपालिकाको १, २ र ४ नंं. वडा कार्यालय, मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पा, सेभ द् चिल्ड्रेन र बाल मन्दिर आधारभूत विद्यालयको बाल क्लवको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । बाल मन्दिर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष जमलाल रोकाको अध्यक्षतामा सम्पन्न पढाई मेलामा आयोजित विभिन्न प्रतियोगिताहरुको प्रथम, द्वितीय, तृतीय र सान्तोना स्थान ल्याउन सफल विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि लगायतका अतिथिहरुले पुरस्कृति गर्नुभयो थियो ।

You may also like