ऊर्जा मन्त्री पुनमगर लगायत जनप्रनिधिद्वारा रोल्पा थबाङ मृतकप्रति श्रद्धाजली व्यक्तसँगै राहत प्रदानका लागि पहल


मानसिंह विश्वकर्मा
रोल्पा समाचार
भाद्र २८ गते रोल्पा
रोल्पाको थबाङ गाउँपालिका वडा नं. २ (साविक थबाङ गा.वि.स ७) छेर्लोबाङमा पहिरो पुरिएर दुई घरका ६ जना जनाको मृत्यु भएको छ । २६ गते राती र २७ गते बिहान परेको अविरल बर्षाका कारणले छेर्लाेबाङ पहिरोले घर पुरिदा ३ बालकसहित २ जनाको गरी जम्मा ६ जनाको मृत्यु भएको छ ।
गए राती थबाङ गा.पा. वडा नं. २ छेर्लोबाङ झार्नैमा पहिरोबाट मृत्यु हुनेहरुमा थबाङ गा.पा. २ निवासी घरबेटी २८ वर्षीय फिरकुमारी बुढा मगर र उनको ४ वर्षीय छोरा असल बुढा मगर रहेका छन् । त्यसैगरी फिरकुमारीकै जेठाज्यू ३५ वर्षीय जय बुढा, जय बुढाकी श्रीमती ३६ वर्षीय मुलज्योती बुढा, छोरी ९ वर्षीय देवष्टी बुढा र २ वर्षीय छोरी कश्मिा बुढा रहेका छन् । पहिरोवाट एक घर ३ गोठ, ४० भन्दा बढी गाई, भेडा र बाख्रा पनि पहिरोमा पुरिएका छन् ।
यस घटनाबारेमा ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले सो घटनाले आफूलाई निकै दुखित बनाएको भन्दै मृतकप्रति श्रद्दाञ्जली व्यक्त गर्दै आफन्तजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ ः–“थबाङ छेर्लाेबाङमा फिरकुमारी बुढा लगायत बुढामगरको परिवारको मृत्युले निकै दुखित तुल्याएको छ । शोकसन्तप्त परिवारजनप्रति गहिरो समबेदाना व्यक्त गर्दछु । ”उहाँले सामाजिक सञ्चाल मार्फत आफ्नो दुख व्यक्त गर्नुभएको छ । आफ्नो रोल्पा जिल्लामै यती ठूलो र अकल्पनीय धनजनको क्षतीबाट हामी स्तब्ध र मर्माहत भएको बताउनुभएको छ । उहाँले पीडितहरुका क्षतिपूर्तिका लागि संघीय सरकारसँग पहल गर्ने बताउनुभयो । जनप्रतिनिधीहरुकै अनुरोधमा चिकित्सक टोली रोल्पा अस्पतालबाट घटना स्थल नै पुगेर पोष्ट मार्टम गर्ने भएको छ । यस्तै यो घटनाबारेमा सबै जनप्रतिनिधीहरुले घटनाबारेमा दुख व्यक्त गर्दै आगामी दिनमा यस्तो घटना दोहरीन नदिनका लागि सबैलाई सचेत हुने समेत आग्रह गर्नुभएको छ । यस विषयमा संघीय सरकार, प्रेदश सरकार र जिल्ला प्रशासनले प्रदान गर्ने राहत रकम उपलब्ध गराउनका लागि लागि रहेको प्रदेश सभासदस्य दीपेन्द्र कुमार पुनमगरले बताउनुभयो ।

You may also like