स्थापना दिवसको अवसरमा विरामीलाई फलफूल

भाद्र १९ गते
रेउघा–रोल्पा,


नेपाल निजामति कर्मचारी यूनियन (संघ) को स्थापना दिवसमा रोल्पा अस्पतालका विरामीहरुलाई बिहीबार फलफूल वितरण गरेको छ । फलफूल सहित विरामीलाई भेटदा आत्मबलमा थप सहयोग पुग्ने भएको छ ।


उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कार्यालय रोल्पाको प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिका प्रमुख पूर्ण के.सी, नेपाल निजामति कर्मचारी यूनियन (संघ) को पूर्व जिल्ला अध्यक्ष इन्दिरा आचार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको सभापति डी.वी. घर्तीमगर, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डाक्टर शुशिल आचार्य, रोल्पा उद्योग वाणिज्य संघको अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं अधिवेशनको पहिलो कार्यकाल अध्यक्ष मानसिंह विश्वकर्मा लगायत चिकित्सक टोली तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

फलपूmल वितरणमा सहभागि अतिथिहरुले अतिथिहरुले विरामीहरुको शिघ्र स्वाथ्य लाभको कामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल निजामति कर्मचारी यूनियन (संघ) को पूर्व जिल्ला अध्यक्ष इन्दिरा आचार्यले कर्मचारी संघले स्थापना दिवसको अवसरमा विरामीलाई सहज सेवाका लागि अनुरोध गर्नुभयो । उहाँले रोल्पा अस्पतालका विरामीहरुलाई फलफूल वितरण कार्यक्रममा निमान्त्रिक अतिथिहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै विरामीहरुको स्वास्थ्य लागको कामना समेत व्यक्त गर्नुभएको थियो ।

You may also like