सुशासन ऐन प्रभावकारी कार्यन्वयन गर्नुपर्दछः ५ नं. प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री के.सी.

भाद्र ०७ गते
लिबाङ–रोल्पा


५ नंं. प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के.सी.ले पारस्परिक जवाफदेहिताका लागि सुशासन ऐन निर्माण गरी प्रभावकारी कार्यन्वय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँँले यस्तो धारणा शनिबार लिबाङमा आयोजित सुशासन प्रवद्र्धनका लागि स्थानीय सरकार र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि मन्त्री के.सी.ले नेपालको संविधानको भावना मर्म अनुसार तीन तहका सरकारहरुले नै सुशासन ऐन निर्माण गरी प्रभावकारी कार्यन्वय गरेको अवस्थामा प्रभावकारी सेवा प्रदान हुने बताउनुभयो । प्रदेशमा सुशासनका लागि सुशासन ऐन प्रदेश सभामा दर्ता भएको छ, अब प्रदेशमा सुशासन कायम हुने धारणा व्यक्त गर्नुभयो । तीन तहकै सरकारहरुले सशुसान ऐन निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । तीन तहकै सरकारहरुले भ्रष्टाचार, अनियमितता रोक्नु पर्ने समेत उहाँले जोड दिनुभयो । नेपालको संविधानको भावनमा मर्म अनुसार सुशासन ऐन निर्माण नगरेका स्थानीयतहहरुलाई सशुसान नीति निर्माण गरी प्रभावकारी सेवा प्रदान गर्न समेत अनुरोध गर्नुभयो ।


त्यसैगरी कार्यक्रमको विशिष्ट दोय अतिथि एवं प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुन, जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राजबहादुर बुढा, अतिथिहरु रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वली, रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा, प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सचिव हरी प्रसाद घर्ती, नागरिक अगुवा एवं अधिवक्त जितबिक्रम मल्ल लगायतको आतिथ्यता थियो । रोल्पा जिल्लाको १० ओटा स्थानीयतहमध्ये वित्रेणी गाउँपालिकाले मात्र सुशासन ऐन निर्माण गरेको छ बाँकीले अझै सुशासन ऐन निर्माण गर्न सकेका छैनन् ।


कार्यक्रममा नगरिक अगुवा एवं अधिवक्ता जितबिक्रम मल्लले पारस्पारिक जवाफदेहिता सम्बन्धि नगरिकहरुको प्रतिनिधि मूलक धारणा राख्नुभएको थियो भने विषयवस्तुको प्रस्तुति मानव अधिकारीकर्मी तथा पत्रकार खेमबहादुर बुढामगरले प्रस्तुत गर्नुभएको थियो ।

गैर सरकारी संस्था महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष घनश्याम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले गर्नुभएको थियो भने स्वागत गैर सरकारी संस्था महासंघ ५ नं. प्रदेश सदस्य अर्जुन डाँगीले गर्नुभएको थियो ।

You may also like