पैसा बोक्ने दिन विस्तार अन्त्य हुँदै

सोमबार,
लिबाङ–रोल्पा

ग्लोबल आइएमई बैंकले नागरिकहरुको दैनिक आर्थिक करोबारको आवश्यकतालाई मध्येनजर गर्दै जिल्ला विभिन्न ठाउँमा बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ । सोही क्रममा जिल्ला मालपोत कार्यालय लिबाङ रोल्पाको प्राङ्गाणमा ग्लोबल आइएमई बैंकद्घारा स्थापना गरिएको एक्सटेन्सन काउन्टरको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले सोमबार उद्घाटन गर्नुभयो । काउन्टर स्थापना पश्चात् सेवाग्राहीलाई राजश्व जम्मामा सहज हुनेभएको छ ।
काउन्टर उद्घाटन उहाँले भन्नुभयो–“अब सेवा प्रदायिक र सेवाग्राहीको समय बचतको वातावरण सिर्जना गर्ने ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गर्दुछु ।” विस्तार सेवालाई आगामी दिनमा प्रभावकारी रुपमा सञ्चालनका लागि उहाँले सम्बन्धित निकायलाई अनुरोध गर्नुभयो । राजश्वसँग सम्बन्धित सरकारी कार्यालयहरुमा बैंकिङ सेवाको आवश्यकता उहाँले औल्याउँदै आगामी दिनमा त्यस्ता सरकारी कार्यालयहरुमा पनि सेवा विस्तार गर्नुपर्ने सुझाव समेत व्यक्त गर्नुभयो । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका निमित्त प्रमुख हेमन्तराज आचार्यले काउन्टरले सेवाग्राहीको र कार्यालयको समय समेत बचत हुने भन्दै ग्लोबल आइएमई बैंक परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी जिल्ला मालपोत कार्यालय रोल्पाको कार्यालय प्रमुख सुनिता भण्डारीले हालसम्म राजस्व दाखिलाको लागि मालपोतकै कर्मचारी नै सरीक हुनुपर्ने अवस्था थियो तर अब कार्यालयकै प्राङ्गणमा काउन्टर स्थापना भएकोमा खुसी व्यक्त गर्नुभयो । काउन्टर सञ्चालनले सेवाग्राहीहरुलाई र मालपोत कार्यालय रोल्पालाई पनि राहतभएको पुगेको विचार उहाँले व्यक्त गर्नुभयो । सोही दिन मालपोत कार्यालय घर्तिगाउँ रोल्पामा पनि एक्सटेन्सन काउन्टर उद्घाटन गरिएको छ । जिल्लाका विभिन्न सरकारी तथा प्रमुख बजार क्षेत्रमा विस्ता बैंकिङ सेवाले जिल्लाबासीहरुलाई बैंकिङ कार्यमा सहज भएको छ । काउन्टरमा नगदजम्मा र चेकको कारोबार समेत गर्न सकिने ग्लोबल आइएमई बैंक लिबाङका शाखा प्रबन्धक प्रविण आचार्यले बताउनुभयो ।

साथै निकट भविष्यमा नापि कार्यालय, जिल्ला प्रशासन कार्यालयको राजश्व दाखिला समेत यसै काउन्टरबाट गर्ने योजना भएको शाखा प्रबन्धक आचार्यले जनाकारी दिनुभयो । हाल ग्लोबल आइएमई बैंकको शाखा लिबाङ र सुलिचौर शाखा, घर्तिगाउँ एक्सटेन्सन काउन्टर, दुई ओटा मालपोत काउन्टर, तीन ओटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । होलेरीमा पनि ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर यही भाद्र महिनाबाट सञ्चालनको तयारी भएको शाखा प्रबन्धक प्रविण आचार्यले जानकारी दिनुभयो । अब जिल्लाका अन्य पाँच ओटा ठाउँहरुमा शाखा रहित बैंकिङ सेवा छिट्टै सञ्चालनमा आउँदै छन् । जसले रोल्पाली जनतालाई आर्थिक कारोबारमा सहज पुग्ने भएको छ । यस जिल्लाको विभिन्न ठाउँहरुमा सरकारी तथा नीजि बैंकहरुबाट बैंकिङ सेवाले जिल्लाका अधिकांश नागरिकहरु बैंकिङ पहँुचमा पुगेका छन् । अब विस्तारै गोजीमा पैसा बोक्ने दिन अन्त्य हुँदै छ । जसले पैसा हराउने, चोरी हुने जस्ता विभिन्न समस्याबाट जिल्लाबासी मुक्त हँुदै छन् ।

You may also like