पूर्व सभामुख ओनसरी घर्तीमगर भावुक बन्दै भन्नुभयोः –“जनयुद्धले हाम्रो परिचय बदलिएको साँचो हो ”

मानसिंह विश्वकर्मा
साउन १२ गते
लिबाङ– रोल्पा

पूर्व सभामुख ओनसरी घर्तीमगरले रोल्पालीको परिचय बदलिएको बताउँदै यो परिचय बदलिनुमा जनयुद्ध नै भएको दावी गर्नुभएको छ । जनयुद्धमा रोल्पालीहरु न लडेको, बलिदान नगरेको भए रोल्पालीहरुको परिचय वदलिन असम्भव रहेको बताउनुभयो ।
यस्तो विचार उर्जा तथा जलश्रोत मन्त्रालयको बजेट प्रदान र नेपाल विद्युत प्राधिकरण रोल्पाको व्यवस्थापनमा अति विपन्न र साँस्कृतिक महत्वका सम्पदाहरुलमा निशुल्क मिटर बक्स वितरण कार्यक्रममा रोल्पाको लिबाङमा बताउनुभएको हो ।
शुरुमै शहीदहरु र रोल्पालीहरुको बलिदानलाई उच्च सम्मान गर्दै आफ्नो मनतव्य शुरु गर्नुभएका पूर्व सभामुखले रोल्पालीहरुको राज्यमा पहुँचु पुग्नमा शहीदको पहिलो योगदान रहेको बताउनुभयो । अझै भावुक बन्दै भन्नुभयो ः–“कुनै बेला रोल्पालीहरु अशिक्षा, असभ्य, अभावले परिचित थियो र हामीले जनयुद्धमा आफ्नो भूमिका बढायौँ, बलिदान गरेका थियौँ, जनयुद्धले हाम्रो परिचय फेरि दिएको छ, अब हाम्रो परिचयलाई समृद्ध रोल्पा र सुखी रोल्पाली बनाउनु पर्दछ । त्यसका लागि लाग्नु पर्दछ ।”


जनताले गर्दा नै आफूहरु त्यस स्थानमा पुगेको बताउँदै जनतालाई कहिल्यै पनि नभुल्ने बताउनुभयो । जनताको मत र सहयोगलाई जीवनभरी नै स्मरण गर्ने बताउँदै भन्नुभयो ः–“हामीले रोल्पाले नेता जन्मायो, विगतदेखी हालसम्म जनताको काम गर्दै आएका छौँ, कृष्णबहादुृर महरा, वर्षमान पुनमगरको नेतृत्वमा अगाडि बढ्नु पर्दछ, हामीले जनताको मतलाई कहिलै पनि अपमान गर्दनौँ ।”
उहाँले आफू जनयुद्धमा सहभागी भएर सर्वहारा वर्गको मुक्तिको लागि काम गरेको र हाल सम्म पनि जनताकै पक्षमा रहेको बताउादै बचेको जीवन सबै जनताको लागि प्रदान गर्दछु । मेरो व्यक्तिगत सपना भनेको केही पनि छैन जनताको समृद्धि नै हो ।”
रोल्पालाई समृद्धि बनाउनको लागि समृद्ध रोल्पा फाउन्डेसन गठन गरेर लागेको बताउनुभयो । उहाँले भन्नुभयोः–“समृद्ध रोल्पा बनाउनको लागि निरन्तर लागेका छाँै, यो फाउण्डेसन गठन गरेका छौँ, यसको अभियान अन्तर्गत रोल्पा उज्यालो कार्यक्रम पनि एक हो, २ वर्ष भित्रमा मन्त्री वर्षमान पुनगरको रोल्पा उज्यालो बनाउने कार्यक्रमलाई पूर्णता दिन्छौँ अनि सुरक्षित साँसद आवास कार्यक्रम पनि गरिरहेका छौँ ।”
उहाँले रोल्पा जिल्लाका ४१ वटा सामुदायिक विद्यालय, स्वास्थ्य चौकीमा सोलार वितरण गरिएको बताउँदै थबाङमा १५० किलोवाटको मिनिग्रिड सोलार जडान, माडी खोलमा १५६ किलोवाटको आयोजना समेत अगाडि बढेको बताउनुभयो । सुरक्षित साँसद आवास कार्यक्रम अन्तर्गत पहिलो चरणमा सुनिल स्मृति र गंगादेव गाउँपालिकाबाट शुरुवात गरिएको बताउँदै करिव ४ सय शहीद परिवार, घाईते अपाङ र अति विपन्नहरुलाई प्राथमिकताको आधारमा निर्माण गरिएको जानकारी दिनुभयो ।
रोल्पा जिल्लामा सडक, विद्युत, सञ्चार लगायत सामाजिक तथा भौतिक विकासका लागि निकै कार्यक्रम प्राथमिकता साथ राखेको बताउनुभयो । यो यात्रामा सबैलाई साथ दिनका लागि समेत अपिल गर्नभयो ।
मनतव्यको अन्त्यमा आफूहरुले पनि दियालो, खोटो, मत्तितेल लगायतले जीवन यापन गरेको बताउदै निरास नुहन र त्यसका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निरन्तर लाग्ने बताउनुभयो ।
यो मिटर बक्स वितरण कार्यक्रमबाट आफूहरुलाई निकै राहत भएको बताउनुभयो । खुमेलकी राजमति घर्तीमगर पूर्व सभामुखको हातबाट मिटर पाउँदा जीवनको उत्ताद्र्धमा खुशी लागेको बताउनुभयो । यसैगरी घोगागाउँका पदमा साकीलाई पनि खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
रोल्पा जिल्लामा उज्यालो कार्यक्रम सँगै रोल्पाकै जलविद्युत आयोजनालाई पहिलो प्राथमिकतामा दिएर रोल्पाकै पानी रोल्पाली जनताकै लगानी कार्यक्रम लिएर पानीबाट जनतालाई समृद्ध बनाउनु पर्दछ । यस्ता निशुल्क वितरण कार्यक्रम निरन्तर लिएर गरिव जनतालाई राहत प्रदान गर्ने तिर लाग्नु पर्दछ ।
नेपाल विद्युत प्राधिकरण रोल्पाका प्रमुख श्यामकुमार शर्माले हाल ५६५ जनालाई मिटर, कालो तार, एममसीपी वितरण गरिएको बताउनुभो । साथै उहाँले आफ्नै कार्यकालमा रोल्पा उज्यालो बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्रीले कार्यक्रम जनताको लागि भएको बताउँदै आगामी दिनमा अझै बजेट प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

You may also like