जिल्ला अदालत परिषरबाट नै नेकपा रोल्पाका जन सरकार प्रमुख वली पुनः प्रहरी नियन्त्रण

रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
साउन १० गते


सर्वाेच्च अदालतको आदेशमा शुक्रबार थुनामुक्त भएका लालबहादुर वली जिल्ला अदालत कार्यालय रोल्पाको परिषरबाट थप अनुसन्धानका लागि प्रहरीले प्रहरीद्घारा नियन्त्रयणमा लिएको छ । वली नेपाल सरकारबाट प्रतिवन्दित नेपाल कम्यूनिष्ट पार्टी ‘विप्लव’ चन्द समूहको रोल्पा जिल्ला जन सरकार प्रमुख भूमिका निर्वाह गर्दै आएका थिए ।
सर्वाेच्च अदालतको आदेशमा बार इकाई अध्यक्ष टेकम घर्तीमगर र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानको रोहबारमा जिल्ला अदालत रोल्पाका कार्यालय रोल्पाबाट थुनामुक्त भएका लालबहादुर वलीलाई थप अनुसन्धानका लागि प्रहरीद्वारा पुनः नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । वलीलाई सोेही दिन नै थप अनुसन्धानका लागि प्यूठान जिल्ला प्रहरी कार्यालयमा पु¥याएको छ । वली दाङ जिल्लाको राम्ररी भन्ने ठाउँमा २०७६ साल वैशाख महिनाको ६ गते प्रहरीद्वारा नियन्त्रणमा लिएको थियो । उहाँलाई दाङ प्रहरीको हिरासतमा ४० दिन र रोल्पा जिल्लाको प्रहरीको हिरासतमा ४७ दिन बस्नुभएको थियो । दाङ प्रहरीको हिरासतबाट रोल्पा जिल्लाको प्रहरी हिरासतमा ल्याएको दुई दिनपछि मात्र मुद्घाको प्रक्रिया अगाडि बढाएको थियो । सोही दिन सहित वलीले ४९ दिन जिल्ला प्रहरीक कार्यालय रोल्पाको हिरासतमा बस्नुभएको थियो । देशभरिका विभिन्न ठाउँहरुबाट नेपाल सरकारबाट प्रतिवन्दित नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहको नेता तथा कार्यकर्ताहरु प्रहरीको नियन्त्रणमा पर्दै आएका छन् । कतिपय नेता तथा कार्यकर्ता सर्वसाधारण नगरिकको जीवन निर्वाह गर्दै भन्दै धरौटीमा हिरासतमुक्त भएका छन् धेरै नेता तथा कार्यकर्ताहरु भने अझै पनि प्रहरीको हिरासतमा नै छन् । नेपाल सरकार र प्रतिवन्दित समूह नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूह बीचको वार्ताको पहल अगाडि बढाएपनि औपचारिक रुपमा अझै वार्ता हुन सकेको छैन ।
देशको समस्याको समाधानको उपयुक्त उपाय वार्ता सम्वाद नै हो । त्यसैले नेपाल सरकरा र प्रतिवन्दित समूह नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ समूहको बीच समस्याको समाधान सहित वार्ता बस्न आजको आवश्यकता हो । यसमा सरकार र प्रतिवन्दित ‘विप्लव’ समूहको नेतृत्वले जिम्मेवारीपूर्ण भूमिकाको निर्वाह गर्न आवश्यक छ । होइन भने पुनः देशमा हत्या हिंसा नहोला भन्न सकिदैन ।

You may also like