दलित र गैर दलित समुदाय बीचमा जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि अन्तरक्रिया सम्पन्न

लिबाङ–रोल्पा
असार १२ गते,

जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त सम्बन्धि दलित र गैर दलित समुदाय बीच रोल्पा नगरपालिका–४ लिबाङ रोल्पामा आज एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले वडालाई अब जातिय छुवाछुत तथा बालिघरे प्रथामुक्त घोषणाको शुरुवात भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका–४ नं. वडा अध्यक्ष नवराज आर्चायले पम्परागत गल्त चिन्त सोचाईको प्रभावको कारण नेपाली समाजमा अझै पनि जतिय छुवाछुतको पीडा भोग्नु परेको बताउनुभयो । सामाजमा विगतको तुलनमा समयको विकास क्रमसँगै जातिय छुवाछुत न्यूनिकरण हँुदै गरेका धारणा व्यक्त गर्दै निकट भविष्यमा वडालाई जातिय छुवाछुतमुक्त घोषणा गरी सभ्य समाज निर्माण गर्ने उद्घोष गर्नुभयो । त्यसैगरी परम्परागत बालिघरे प्रथाकै कारण दलित समुदायहरुको जीवन स्तर परिवर्तन नभएको भन्दै अब वडामा बालिघरे प्रथामुक्त गर्दै आधुनिक व्यवसायीमा प्रर्वद्धन गर्नुपर्ने जोड दिनुभयो । जसको निम्ति आगामी दिनमा वडा कार्यालयबाट थप सहयोग गर्ने समेत प्रविद्धता प्रमुख अतिथि आचार्यले व्यक्त गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं साविक लिबाङ गा.वि.स.को पूर्व गा.वि.स. अध्यक्ष हरीप्रसाद आचार्य, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रोल्पा नगरपालिका अध्यक्ष फविन्द्र आचार्य, संयुक्त दलित जनअधिकार मञ्च रोल्पाको सविच एवं सञ्चारकर्मी मानसिंह विश्वकर्मा, मानव अधिकारकर्मी एवं पत्रकार पत्रकार खेमबहादुर बुढामगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष एवं नगर प्रेस संयोजक देवि गुरुङ, जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पाको प्रध्यापक झग्गु प्रसाद शर्मा, रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष लिलाधर आचार्य, सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष तुल्सा आचार्य, सिद्धथान सामुदायिक वन उपभोक्ता समिति रोल्पा नगरपालिका–४ गुरुङ गाउँको अध्यक्ष दिलबहादुर गुरुङ लगायतका अतिथिहरुले मनतव्य राख्नुभएको थियो ।

रोल्पा नगरपालिका रोल्पाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा दलित र गैर दलित समुदायहरुको सहभागिता थियो । कार्यक्रम दलित अधिकार मञ्च रोल्पा नगरपालिका रोल्पाको अध्यक्ष खडगलाल पाध्याउटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेशम बि.क.ले गर्नुभएको थियो भने स्वागत वडा सदस्य दिलमाया बि.क.ले गर्नुभएको थियो ।

You may also like