हराएको मोटर साइकल प्रहरीको पहलमा सवारी धनीलाई

रोल्पा समचारदाता
असार ६ रोल्पा

        साचो बुझाउँदै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक दिपक खड्का र

प्र.ना.नि. अमरमहादुर थापा  लगात मोटरसाइकल धनी

जिल्ला ट्राफिक कार्यालय रोल्पाको पहलमा काठमाण्डौँबाट चोरी भएको मोटर साइकल रोल्पामा फेला पारेर मोटर साइकलका धनीलाई बुझाइएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का र जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक अम्मरबहादुर थापाले साँचो हस्तातरण गर्नुभएको हो ।
जिल्ला ट्राफिक कार्यालय रोल्पाको पहलमा बा.९९ प २८३५ नम्वरको बाइक त्रिष्ट मेडिकल ललितपुर गार्काेबाट २०७५ कात्तिक २७ गते हराएको सवारी धनी मिनकुमार लामीछानेले बताउनुभयो । मोटर साइकलमा लु ४४ प. ८५९९ नम्वर राखी चलाई रहेको अवस्थामा जिल्ला ट्राफिक कार्यालय रोल्पाले नियन्त्रणमा लिएको थियो । सो मोटर साइकलका धनि ने.को. इन्सोन्सका मिनकुमार लामीछानेलाई बुझाएको हो । यसै गरी पशुपति मन्दिर क्षेत्रबाट २०७४ साल माघ २३ गते हराएको बा ९० प २८८३ को मोटर साइकलमा वा. ९० प ९११५ नक्कली नम्वर राखेर चलाइ रहेको बेला फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयमा मंसिर २६ गते आफू आएपछि अझै जम्मा ९ वटा नियन्त्रणमा लिएको र ७ वटा बुझाउन वाँकी रहेको जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रमुख प्र.ना.नि.अमरबहादुर थापाले बताउनुभएको छ ।

रोल्पा जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि, गति सिमितताका लागि, ट्राफिक नियमको बारेमा सचेतनाका लागि अन्य विविधि कार्यक्रम सञ्चालन गरिएको समेत जानकारी गराउनुभएको छ । रोल्पा जिल्लामा पनि पछिल्लो समयमा चोरीका मोटर साइकहरु सञ्चालन हुदैछन् तिनीहरु प्रहरीको नियन्त्रणमा लिने क्रम पनि जारी नै छ । रोल्पा जिल्लामा सवारी साधानको बारेमा अझै सरोकारवाला निकायहरु एक पटक फेरी छलफल गर्नु आवश्यकता देखिन्छ ।

जिल्ला ट्राफिक कार्यालयमा रहेका बाइकहरु

You may also like