रोल्पा उद्योग वाणिज्य संघ रोल्पाद्धारा नव आगन्तुक प्र.जि.अ. ढकालको स्वागत

लिबाङ–रोल्पा
असार ३ गते


नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई रोल्पा उद्योग वाणिज्य संघ रोल्पाद्धारा आज स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी ढकाललाई जिल्लाका विभिन्न सरोकारवाला निकायहरुसँग भेटघाट तथा परिचयात्मकमै व्यवस्त हुनुहुन्छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका कार्यालय रोल्पाको नगर प्रमुख पुर्ण के.सी. र रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्व कुमार चन्दले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि नगर प्रमुख के.सी.ले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको स्वागत गर्दै नगरपालिकाले बजार अनुगमन लगायतका क्रियाकलापहरुमा जिल्ला प्रशासन कार्यालय रोल्पा र रोल्पा उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायहरुसँग समन्वय सहकार्यबाट अगाडि बढेको बताउनुभयो । उहाँले आगामी दिनमा जिल्लाका सरोकारवाला निकायहरुसँग सहकार्य समन्वयबाट अगाडि बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नगर क्षेत्रमा व्यवसायी दर्ता गर्ने व्यवसायीको तुलनमा व्यवसायी दर्ता नगरी व्यवसायीको संख्या धेरै भएको हुँदा कर दायरीमा व्यवसायी दर्ता व्यवसायीहरु आर्थिक भारमा परेको धारणा प्रमुख अतिथि नगर प्रमुख के.सी. बताउनुभयो ।
आगामी दिनमा व्यवसायी दर्ता नगरी व्यवसायी सञ्चालन गरेका व्यवसायीहरुलाई व्यवसायी दर्ता व्यवसायीको दायरी ल्याउन र व्यवसायी दर्तामा अटेर गर्ने व्यवसायीहरुलाई कानुनी दायरीमा सरोकारवाला निकायहरुसँग समन्वय गरी अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी लक्ष्णम ढकालले जिल्लामा बजार अनुगमन कार्यलाई विशेष प्राथमकिताका साथ आगािड बढ्ने, व्यवसायी दर्ता नगरी गाउँ गाउँमा सामान विक्रि गर्ने व्यवसायीहरुलाई निरुत्साहन, जिल्लामा व्यापारी, व्यवसायिहरुको सुरक्षाका लागि मातहतका सम्पूर्ण सुरक्षा संयन्त्रहरुलाई परिचालन गर्ने बताउनुभयो । कार्यक्रममा रोल्पा उँद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षतामा सचालन भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको पूर्व अध्यक्ष किशोर कुमार आचार्य लगायतका अतिथिहरुले स्वागत मनतव्य राख्नुभएको थियो । कार्यक्रममा सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संघ संस्थाको प्रमुख तथा प्रनिनिधि, पत्रकार, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको पदाधिकारी लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । रोल्पा उद्योग वाणिज्य संघका महासचिव मिलन रोकाले सञ्चालन गर्नुएभएको कार्यक्रमको समापन उपाध्यक्ष रामचन्द थापाले गर्नुभएको थियो भने स्वागत निवर्तमान अध्यक्ष बालकृष्ण आचार्यले गर्नुभएको थियो ।

You may also like