नेपाली काँग्रेस पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान समापन

रोल्पा समाचरादता
जेठ २५ लिबाङ

नेपाली काँग्रेस पार्टी रोल्पाको २०७६ साल वैशाख महिनाको २५ गतेका दिन सुरु भएको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको शनिबार लिबाङमा समापन भएको छ । औपचारिक रुपमा पार्टीको राष्ट्रिय जागरण अभियान समापन भएपनि पार्टी कार्यकर्ता गाउँ गाउँमा पुग्दैछन् ।
कार्यक्रममा नेपाली काँग्रेस पार्टीको केन्द्रीय प्रतिनिधि एवं पूर्व सांसद कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्यतामा राष्ट्रिय जागरण अभियानको समापन गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेस पार्टी रोल्पा जिल्लाको पूर्व सभापति माधव प्रसाद आचार्य,जिल्ला कार्य समिति सदस्य एवं नेपाल महिला संघ केन्द्रीय सदस्य मिश्री कुमारी हमाल लगायतका अतिथिहरले मनतव्य राख्नुभएको थियो भने राष्ट्रिय जागरण अभियानको विषयमा नेपाली काँग्रेस पार्टी रोल्पा जिल्ला निवर्तमान सभापति कृष्णबहादुर घर्तीमगरले प्रस्त्याउनुभएको थियो ।

 

समापन कार्यक्रमम एकीकृत राप्रपा राष्ट्रवादी पार्टीको जिल्ला कार्य समिति सदस्य एवं रोल्पा नगरपालिका(१ खेवासे रोल्पा निबासी कर्णपाल पुन र तत्कालीन नेकपा (एमाले) पार्टीको कार्यकर्ता लुङ्ग्री गाउँपालिका ५ रोल्पा निबासी खिमबहादुर बुढाथोकीले पार्टी पारित्याग गरी नेपाल काँग्रेस पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका कर्णपाल पुनले एकीकृत राप्रपा राष्ट्रवादी पार्टी परित्याग गर्नुको कारण प्रस्त्याउँदै मनतव्य समेत राख्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पार्टी रोल्पाको निवार्तमान र पूर्व सभापति, जिल्ला कार्य समिति सल्लाकार, जिल्ला कार्य समिति पदाधिकारी, क्षेत्रीय सभापति, महाधिवेशन सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीको भातृ संघ तथा शुभच्छेक संघहरुको प्रमुख तथा प्रतिनिधि, पार्टीको शुभचिन्तक, पत्रकार लगायतका सहभागिता थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी भित्र गुटगट राजनीतिको अन्त्य गरी एक जुट भएर अगाडि बढ्नुपर्ने जोड दिएका थिए । साथै पार्टीको औपचारिक राष्ट्रिय जागरण कार्यक्रम समापन भएपनि गाउँ गाउँमा पार्टी कार्यकर्ता पुगी संगठन विस्तार लगायतका अन्य पार्टीसँग सम्बन्धित काम गर्नुपर्ने आवश्यकता औल्याएका थिए । कार्यक्रम नेपाली काँग्रेस पार्टी रोल्पा जिल्ला सभापति, पूर्व संसाद, सिचाई राज्य मन्त्री अमरसिङ पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला कार्य समिति सदस्य कविता उपाध्यायले गर्नभएको थियो भने स्वागत नेपाली काँग्रेस पार्टी रोल्पा नगरपालिका रोल्पाको नगर सभापति चन्द्र प्रकाश आचार्यले गर्नुभएको थियो ।

You may also like