जनयुद्धका विद्यार्थी नेता बन्दीपुरे रोगले ग्रसित भएपछि अस्पताल जान गाडी भाडामै समस्या

मानसिंह विश्वकर्मा
बैशाख २ गते
रोल्पा लिबाङ
कलिलै उमेरमा जनयुद्धमा सारा सपना देश र जनताको लागि सुम्पिदै आफ्नो नीजि सपनाहरुलाई बलिदान गर्ने व्यक्ति हुन् चन्दप्रकाश बन्दीपुरे । नुवागाउँ जुङलुङमा जन्मिनुभएका चन्द्रप्रकास बन्दीपुरेले गरिवका लागि गास, वास, शिक्षा, स्वास्थ्यका लागि जीवन बलिदान गर्न तयार हुनुभयो तर आफ्नो शहीद बन्नु भएर बरु हाल आफ्नै उपचार गर्न आर्थिक अभाव जीवन मृत्युको नजिक पुग्ने खतरा बढेको छ । उहाँ भन्नुहुन्छः–“बरु पहिले जनयुद्धकालमा शहीद भएको भए भइ हाल्थ्यो तर हाल आफ्नो उपचार गर्न सक्ने पैसा नहुँदा आफैले आत्महत्या गरौँ झै लाग्दछ । यो कस्ता विडम्वना ।”
रोल्पाको नुवागाउँदेखि नेपालगञ्ज जानका लागि करिव एक हजार रुपैया पनि भाडा लाग्दैन तर घाउँहरु पाकिसक्दा पनि नेपालगञ्ज जानका लागि भाडाको अभावले कयौँ पटक समयमै जान सक्नु भएन । उहाँले भावकु स्वरमा भन्नुभयोः–“कुनै बेला सिंगो संसार नै हाम्रो भनेर लागियो तर अहिले यो समाचार सुन्दा सबैलाई अपत्यार लाग्न सक्छ तर मेरोे वास्तविक भोगाई अनि सत्य कथा हो । २०७२ देखि उपचारको लागि नेपालको विभिन्न स्थामा धाउँदा धाउँदै गर्दा पनि रोग पत्ता लागेन, हाल कुष्ठ रोग हो भन्ने पत्ता लागेको छ तर हाल उपचार गर्न जाने भाडा नै हुँदैन, म एक हजार रुपैया नहँुदा नेपालगञ्ज नै जान सकिन यो बडो विम्बना हो ।”
चन्दलाल बन्दीपुरे नेपालमा भएको वर्गिय, जातीय, लिङ्गीय, क्षेत्रीय उत्पीडनका विरुद्धमा काम गर्दा गर्दा गर्दै २०५८ सालमा पढाई नै छाडेर माओवादी जनयुद्धमा लाग्नुभएको थियो । संकटकालमा रोल्पाको दक्षिणी भूभागमा विद्यार्थी आन्दोलनलाई माथि उठाउनका लागि उहाँको महत्वपूर्ण योगदान रहेका तत्कालीन अखिल (क्रान्तिकारीं) को नेता रत्न महराको भनाई छ । युवा नेता बन्दीपुरे विद्यार्थी राजनीतिबाट अगाडि बढ्दै ५ वर्षको भूमिगत राजनीतिक जीवन विताउँदै तत्कालीन विस्तारको क्षेत्र मानिस रोल्पाको दक्षिणी भागमा निकै सक्रियताका साथ क्रियाशील हुनुभयो । विद्यार्थी आन्दोलनको विभिन्न मोर्चाको जिम्मेवारी सम्हाल्दै अखिल (क्रान्तिकारी) जिल्ला समिति रोल्पाको अध्यक्ष २०६८ सालमा अध्यक्ष बन्नु भएको थियो । चन्दप्रकाश बन्दिपुरेको बक्तृत्वकला र संगठनकला निकै राम्रो भएकोले २०७० सालमा अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । केन्द्रीय सदस्यको जिम्मेवारीलाई पनि सचेतापूर्वक निर्वाह गर्नुभएको थियो । शान्ति प्रक्रियामा पार्टी आए पनि यसै संगठनले प्रदान गरेको जिम्मेवारीलाई निर्वाह गर्दा गर्दा एक्सकासी विरामी पर्नु भएको थियो ।
उहाँलाई केही समय के रोग हो भन्ने थाहाँ भएन । नेपालगञ्ज, काठमाण्डौको विभिन्न स्थानमा पुगेपनि शरिरमा के भएको हो भन्ने नै थाहाँ भएन । पार्टी शान्ति प्रक्रिया आए पनि अरुले विभिन्न पेशा व्यवसायी गरेका थिए । तर, उहाँले रोल्पा जिल्लाको विद्यार्थी आन्दोलनलाई माथी उठाउनका लागि अरु कामलाई भन्दा पार्टी र संगठनको जिम्मेवारीलाई प्रमुख मानेर अगाडि बढ्नुभयो । संगठनको जिम्मेवारीलाई नै प्रमुख ठानेर दुवै संविधानसभाको निर्वाचन, संघ प्रदेश र स्थानीयतहको निर्वाचनमा पार्टीको उमेद्वारलाई विजयी गराउनको लागि पर्नुभयो । तर उहाँले एउटा सामान्य रोगमा पनि उपचार गर्न यति कठिनाई हुनु भनेको जीवनमा सबैभन्दा दुखदायी भोगाई बनेको छ ।
रोल्पा जिल्लाको विद्यार्थी आन्दोलनका एक योद्धा आज अस्पतालको शैयामा छत्पटाई रहनुभएको छ । सर्वहारा वर्गिय राजनीतिलाई क्रान्तिकारी ढंगले अगाडि बढाउँदै धन, पैसा आर्जन गर्नु कम्युनिष्ट सिद्धान्तको विपरित हो भन्ने आदर्शबाट नै अगाडि बढ्ने योद्धाको लागि आज आफ्नो जीवन मृत्युको नजिक पुग्न लाग्दा आफ्नो घर परिवारले सकि नसकि साहुबाट ३ देखि ५ प्रतिशतमा ऋण लिएर उपचार गर्न वाध्य भएका छन् । हिजो साहुहरुले मंहगो व्याजदर लगाएर भनेर आन्दोलनमा सहभागि भएका चन्दलाललाई उपचारको लागि फेरी साहू मार्जनहरु कहाँ पुग्दा यो सबैभन्दा पीडा चन्दप्रकासलाई परेको छ ।
हाल धेरै स्थानका अस्पतालहरुमा पुगेपछि कुष्ठरोगबाटै पीडित बनेका छन् । उहाँ नेपालगञ्ज आनन्द वनमा रहेको आइ.एन.एफ.को साइनिङ अस्पतालमा उपचार गराई रहनुभएको छ । नेपाल सरकारले कुष्ठरोगलाई निमूलीकरण लगायत निशुल्क औषधि वितरण गरेपछि खाना र वस्नको अभावमा उनी अस्पतालमा आफू एक्लै बसेको बताउनुभएको छ । उहाँले भन्नुुभयोः“बुवा काठमाण्डौँ देखि यहाँसम्म ४ महिना बस्नुभयो, सामान्य दाल र भात खान पनि समस्या भयो, आर्थिक समस्याले झन् च्याप्दै गयो, त्यसैले म एक्लै आएको छु, खर्च नभएर हो । मलाई श्रीमति र बुवाहरुले सहयोग गरे तर पार्टीमा त्यतिका वर्ष योगदान गरेको कसै र कोहीलाई थाहा छैन । म के पार्टी हु कसका लागि गरेको थिए त्यति योगदान त्यतिबेला मैले मेरो र मेरा परिवारका लागि गरेको भए बरु हुन्थ्यो होला ।”
बन्दीपुरेले करिव ४ महिना औसधी खानु पर्दछ । त्रिलोन औषधी खानु पर्ने चिकित्सकले बताएका छन् । एक दिनमा ३ पटक खानु पर्ने एउटा ट्यावलेटलाई ११० रुपैया पर्दछ । सो औषधीको रियाक्सनले पुरै शरिर नै ड्यामेज हुन लागेकोले अझै उनलाई निकै चिन्नित बनाएको छ । पहिले ओनसरी घतीमगर तत्कालीन उपसभामुख रहेको बेलामा उहाँकै सल्लाह अनुसार पाटन अस्पतालमा भर्ना हुनुभएको थियो । त्ससभन्दा पछाडि गाउँका केही साथीले सहानुभूति प्रकट गरेपनि उपचारको लागि कही र कसैबाट सहयोग नभएकोमा झनै चन्दलाल बन्दीपुरेलाई थप पीडा बोध भएको छ ।
चन्दलाल बन्दीपुरे संगै आन्दोलनमा लागेका सहपाठीहरु पजेरो र चिल्ला गाडि चद्ने हैसियतमा पुगेका छन् तर, उहाँको उपचारका लागि रोल्पाबाट नेपालगञ्ज जादाँ भाडा नहुनु, कुरुवालाई मात्रै होइन आफैले पनि सामान्य दालभात खान पनि समस्या, साहुहरुले लगाएका ३ देखि ५ प्रतिशत व्याजमा घरबारी बन्दकी राख्नु पर्ने अवस्था आउनु निकै मदुखदायी अवस्था हो । त्यसका लागि केही सामाजिक अभियान्ताहरुले अभियाम
न चलाए पनि लक्ष्यमा पुग्न सकेको छैन । देश र जनताको मुक्तिका लागि जीवनलाई हत्केलामा राखेर मुक्ति वा मृत्यु भनेर जनयुद्धमा लागेका चन्दलाल बन्दीपुरेको उपचारका लागि हालका जनप्रतिप्रति, पार्टी नेता, सहपाठीहरुले सोच्ने बेला नै आएको छ । सबैले गर्ने फजुल खर्च घटाएर चन्दप्रकास बन्दीपुरेको उपचारमा ध्यान दिएर जीवन बचाउने की ?

You may also like