भर्ना टिकाउ सम्बन्धि अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न


जुनिश कुमार विष्ट
जैमाकसला–रोल्पा
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याउ’भन्ने नाराका साथ शैक्षिक सत्र २०७६ मा विद्यालयमा भर्ना भएका नयाँ भर्ना तथा टिकाउ सम्बन्धि शुक्रबार सुनछहरी गाउँपालिका–५ नं. वडा जैमाकसलामा सम्पन्न भएको छ । उक्त कार्यक्रमले नयाँ भर्ना भएका बालबालिकाहरुलाई नियमिति विद्यालयमा उपस्थितिको निम्ति अभिभावकहरुलाई थप सहयोग पुग्ने भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सुनछहरी गाउपालिकाका अध्यक्ष आस बहादुर पुनले कार्यक्रममा बोल्दै शिक्षाबाट पछाडि परेको गाउँपालिकालाई अब नयाँ उचाईमा पु¥याउन सबै सक्रिय बन्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक विद्यार्थी लगायत सरोकारवाला निकायहरू बीच नियमिति अन्तरक्रियाले शैक्षिक सुधारको प्रमुख आधार भएको धारणा राख्नुभयो । साथै गाउँपालिकाको ५नं. वडा अन्य वडाको तुलनामा केही प्रतिशत बढि भएको हुँदा यस यस वडाले शिक्षा क्षेत्रमा थप नमूना योग्य कार्य गर्नुपर्ने आवशयक प्रमुख अतिथि पुनले आवश्यकता औल्याउनुभयो । प्रत्येक वर्षको शैक्षिक सत्रमा विद्यालयमा भर्ना भएका बालबालिकहरुलाई सत प्रतिशत टिकाउन सकिए अवस्थामा गाउँपालिकामा शिक्षा क्षेत्रमा प्रगति हासिल गर्ने सकिने विचार उहाँले व्यक्त गर्नुभयो । बालबालिकाहरुलाई नियमित विद्यालयमा उपस्थिति बन्ने सन्दर्भमा विद्यार्थीका अभिभावहरुको सक्रिया भूमिका रहने भएकोले अभिभावकहरुले सोही अनुसार भूमिका निर्वाहका लागि गाउँपालिका अध्यक्ष पुनमगरले अनुरोध गर्नुभयो ।
त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुनछहरी गाउँपालिका रोल्पाको सल्लाहकार एवं समाजसेवी चन्दबहादुर बुढा ‘सेष’, अतिथिमा सुनछहरी गाउँपालिकाको कार्यालय रोल्पाको अधिकृत रमेश गिरी, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता सुनिता घर्तीमगर, सुनछहरी गाउँपालिकाका शिक्षा संयोजक लिलामणी सुवेदी, स्रोत ब्यक्ति नारायण गिरी, सुनछहरी गाउँपालिका कार्यपालिका सदस्य मोतिराम बि.क, सुनछहरी गाउँपालिका वडा नम्बर पाँचका कार्यपालिका सदस्यहरू, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुनछहरी गाउँपालिका रोल्पाको प्रतिनिधि झने घर्तीमगर ‘झिल्को’, नेपाली काँग्रेसको प्रतिनिधि रेगबहादुर पुन लगायतको आतिथ्यता थियो भने जैमाकसलाका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक संघ अध्यक्षहरू, आमा समूह, महिला समूह, यूवा क्लब, यूवा समूह लगायतको सहभागिता थियो ।

कार्यक्रममा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमको सन्दर्भमा कार्यक्रमका सहजकर्ता सुनिता घर्तीमगरले सहजिकरण गर्नुभएको थियो भने विद्यालयहरुको विद्यार्थी विवरण र प्रगति विवरण प्रत्येक विद्यालयका प्रधानाध्यापकहरुले प्रस्तुत गर्नुभएको थियो । यही महिनाको १२ र १३ गते सुनछहरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिक्षा समिति, प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिहरुको अध्यक्षहरुको सहभागितामा पारित शिक्ष सुधार सम्बन्धि प्रतिबद्धता पत्र गाउँपालिका शिक्षा समिति सदस्य यामप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रम २१ गतेदेखि सुनछहरी गाउँपालिका– १ नं. वडाको सेरमबाट शुुरु भएको कार्यक्रम भित्री गाम, बाहिरी गाम, स्युरी, जैमाकसलामा सम्पन्न भएका छ भने भोलि जेलबाङ र आइतबार फगाममा गरिने आयोजकले बताएको छ । सुनछहरी गाउँपालिका–५ नं. वडा अध्यक्ष तिर्थबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गाउँपालिका शिक्षा समितिका सदस्य यामप्रसाद अधिकारीले गर्नुभएको थियो भने स्वागत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सहजकर्ता सुनिता घर्तीमगरले गर्नुभएको थियो ।

You may also like