केन्द्रीय सदस्य विश्वकर्मामाथि ढुङ्गा प्रहारको घट्नाको विरोध गर्दै प्रेस विज्ञप्ती जारी


प्रेस सेन्टर नेपाल जिल्ला समिति रोल्पाद्वारा केन्द्रीय सदस्य मानसिह विश्वकर्मामाथि बिहीर मध्यन्न ३ः४५ बजे माडी गाउँपालिका–४ तालिबाङ रोल्पामा ढुङ्गा प्रहारको घट्नाको खेद व्यक्त गर्दै आज प्रेस विज्ञप्ती जारी गरेको छ । विश्वकर्मालाई सोही वडा निबासी निमबहादुर परियारले ढुङ्गा प्रहार गरेका थिए ।
पत्रकार एवं अधिकारकर्मी मानसिंह विश्वकर्मा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पहिलो कार्यकालको अध्यक्ष, सयुक्त दलित जनअधिकार मञ्च रोल्पाको सचिव, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन तथा सम्पादक जस्ता सामाजिक संघ संस्थामा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । उहाँ माडी गाउँपालिका–४ नं. वडा कार्यालय तालाबाङ र दलित समन्वय समिति माडी गाउँपालिका–४ तालाबाङ रोल्पाको संयुक्त आयोजित जातिय छुवाछुत तथा बालिघरे प्रथा अन्त्यका लागि गैर दलित र दलित समुदाय बीचको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक तथा समाचार संकलनको क्रममा सोही ठाउँ विश्वकर्मा पुग्नुभएको छ । प्रशिक्षण दिएर तालाबाङबाट लिबाङतिर फर्किने क्रममा निमबहादुर परियारले ढुङ्गा प्रहारसँगै पख्लास् कुनै दिन भेटौंला भनि अपशब्द प्रयोग गरी धमक्याएको प्रेस सेन्टर नेपाल जिल्ला समिति रोल्पाको कार्यबाहक अध्यक्ष खुबिना सुनारी मगरद्वारा हस्ताक्षर प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

माजिक कुप्रथाको अन्त्य गरी सभ्य समाजि निर्माणको अभियान्तामाथि दलित समुदायबाट नै ढुङ्गा प्रहार हुनुभनेको आफैमा दुखयसरी सात घट्ना भएको समेत उक्त प्रेस विज्ञप्ती मार्फत दुख व्यक्त गरिएको छ । साथै यस घट्नाको अुसन्धान गरी दोषिमाथि कारवाही गर्ने र आगामी दिनमा यस्ता घट्ना हुन नदिन र सुरक्षाको प्रत्याभूतिसँगै दोषिलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको समेत ध्यानकर्षण गर्दै प्रेस विज्ञप्ती मार्फत माग गरेको छ ।

You may also like