रोल्पा गुराँस साहित्य मेला २०७६ को जारी १९ वर्षिय कविले वाजी मारे

रोल्पा समचारदाता,रोल्पा लिबाङ
बैशाख १५ गते

रोल्पा जिल्लालाई साहित्यक क्षेत्रबाट नेपाल र विश्वमा चिनाउने उद्देश्यले आयोजना गरिएको गुराँसे महोत्सव २०७६ को उद्घाटन भएको छ । आज रोल्पाका लिबाङमा प्रदेश नं. ५ का सांसद दीपेन्द्र कुमार पुनमगरले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दीपेन्द्र पुन ‘सिजल’ ले साहित्यको माध्यमबाट पर्यटनको विकास गर्ने र रोल्पाको वास्तविकता देशविदेशसम्म पु¥याउनका लागि रोल्पा नगरपालिकाले ठूलो भूमिका खेलेको बताउनुभयो । कार्यक्रममा बोल्दै सांसद पुनले भन्नुभयोः–“यदि विकास निमार्णका लागि ५० लाख खर्चिएको भए उक्त रकमबाट ४ मिटर मात्रै बाटो खनिन्थ्यो होला तर साहित्यमा थोरै रकम खर्चिएर पनि मेची महाकाली सम्म मात्रै नभएर अन्तराष्ट्रिय स्तरसम्म पनि विकासको बाटो खनिएको छ । ” उहाँले रोल्पा एउटा परिवर्तनको मुख्य हिस्सेदार भएको दावी गर्दै रोल्पाले गरेको परिवर्तनलाई पनि साहित्यको माध्यमबाट सम्मान गर्दै नयाँ पुस्तालाई जानकारी गराई दिनका लागि समेत अनुरोध गर्नुभयो । उहाँले समाजमा रहेका विकृति र विंगतिको विरुद्धमा साहित्यको माध्यमबाट उजागर गर्दै जनतालाई सचेत बनाउनको लागि अनुरोध गर्नुभयो । रोल्पा क्षेत्र नं. २ बाट निर्वाचित सांसद पुनमगरले रोल्पा जिल्ला विगतभन्दा बढी विकास भएको दावी गर्दै यसलाई अझै आम जनताको जीवन स्तर परिवर्तनमा लाग्ने बताउनुभयो । साहित्यको क्षेत्रलाई अनउत्पादनको क्षेत्र मानेर धेरैले अपहेलना गर्ने गरेतापनि वास्तवमा समाज विकासको मुल आधार मध्ये साहित्य पनि एक रहेको उहाँले ठोकुवा गर्नुभयो । विकासका लागि साहित्यकार, कलाकार, खेलाडी, सबै वर्ग र तप्कालाई मिलाएर अगाडी बढाउन सकेमात्रै समृद्ध को शिखरमा पुग्न सकिनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख पूर्ण केसीले धन्यवाद कार्यक्रम ब्यक्त गर्दै पर्यटन प्रर्वद्धन सँगै रोल्पाको समाज परिवर्तनका लागि साहित्यकारहरुको भेला रोल्पामा राखिएको बताउनुभयो । साहित्यको माध्यमबाट समाजिक चेत र विकास हुने सँगै सकारात्मक परिवर्तन गर्ने उदेश्यका साथमा आयोजना गरिएको साहित्यीक माहोलले सकारात्मक भूमिका खेलेको उहाँको भनाई थियो । गत वर्षमा पनि आयोजन गरिएको साहित्यीक कार्यक्रमबाट रोल्पाको विकासमा ठूलो टेवा पुगेको नगर प्रमुख केसीको भनाई रहेको छ । उहाँले रोल्पाको इतिहासलाई सम्मान गर्न योग् रहेको बताउँदै भन्नुभयोः–“रोल्पा र जलजला एउटा परिवर्तनको प्रतिक हो त्यही परिवर्तनको प्रतिकका रुपमा रहेको रोल्पा र जलजलाको सकात्मक वा नकरात्मक हिसावले भएपनि नेपाल र विश्वमा चिनिएको थियो । हाल पनि त्यही योजनामा आयोजना गरिएको छ बताउँदै रोल्पाको सकेसम्म रोल्पालाई लेखिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा साहित्यकार एवं राजनतिज्ञ मनि थापा, प्राध्यापक डा. देवि नेपाल, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, रोल्पा नगरपालिकाका नगर उपप्रमुख मनकुमारी पुनमगर, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महरा, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका उपसभाति किशोर कुमार आचार्य, प्रमुख प्रशाकीय अधिकृत सावित्रा थापा पुनमगर लगायतको साहित्यकार लगायतको आतिथ्यता रहेको थियो ।
देशैभरीबाटस्तरका ख्याति प्राप्त तीन दर्जन बढी साहित्यकारहरु रोल्पामा भित्रिएका थिए । रोल्पा गुराँस साहित्य मेला २०७६ को आयोजनामा आयोजित दोश्रो राष्टिय कविता प्रतियोगिता तथा साहित्य मेलाको लागि रोल्पामा भित्रिएका साहित्यकारहरुलाई रोल्पानगरपालिकाका जनप्रतिनिधि, महिला समुह, महिला सहकारी, शिक्षक, बिद्यार्थीहरु, जनप्रतिनिधि र स्थानीयहरुले भब्य तवरले स्वागत गरेका छन् । रोल्पाको लिबाङ बजार परिक्रमा गरिरहँदा विभिन्न सरोकारावालाहरुले समुहगत रुपमा फुलमाला र अबिर ल्यापन गरेर स्वागत गरेका हुन ।

बैसाख १५, १६, १७ गते सम्म रोल्पाको लिबाङ हुँदै जलजलाको पदयात्रा समापन पश्चात साहित्यकारहरुको टोली फर्किने भएका छन् । पर्यटनका लागि साहित्य भन्ने मुल नाराका साथमा रोल्पा नगरपालिकाको कार्यालय रोल्पाले जिल्लाका विभिन्न साहित्यीक संघ संगठनका प्रमुख प्रतिनिधिहरुलाई सहभागि गराउँदै रोल्पा गुराँस साहित्य मेला २०७६ को आयोजना गरेको हो ।

मेला आयोजक समारोह समितिका संयोजक डी.वी. टुहुरोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सदस्य सचिव नविन लोचनमगरले गर्नुभएको हो भने स्वागत मनतब्य उप संयोजक दिप दर्पणले गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रियस्रतका ख्याती प्राप्त साहित्यकारहरु, जिल्लाका विभिन्न राजनितिक दल, सरकारी तथा गैर सरकारी निकाय, जनप्रतिनिधि लगायत विभिन्न सरोकारवालाहरुको सहभािगता रहेको थियो ।

दोश्रो राष्टिय कविता प्रतियोगितामा मोहन पोखरेल संग्राम प्रथम

देशभरबाट १ सय ८७ प्रतिष्पर्धीहरुलाई उछिन्दै टप १० मा पर्न सफल प्रतिष्पर्धीहरुको नतिजा समेत आईतबार नै बाहिरिएको छ । रोल्पामा भएको दोस्रो राष्ट्रिय कविता महोत्सवमा खोताङका १९ वर्षिय मोहन पोखरे ‘संग्राम’ झोलामा देशको शिर्षकबाट प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ । यस्तै औलाका शहरमा शिर्षकको कविताबाट कैलाली धनगगडीबाटका मोहित जोशी दोश्रो, यसैगरी मनै सर्वहारा शिर्षकबाट सिन्धुपाल्चोकका पवन ढुँगानाको कविताबाट पवन ढुँगाना तेश्रो हुनुएको छ भने अक्षरको समाजशास्त्र कविता शिर्षक बाट सिन्धुपाल्चोकका सुन्दर ‘शिरिष’ र म रोल्पा शिर्षकबाट नुवाकोटका गीता पुडासैनी सान्तवना हुनुभएको छ । राष्ट्रिय कविता प्रतियोगिताको सञ्चालन देवी गुरुङले गर्नुभएको थियो ।

रचना बहारमा कसले सुनाए त रोल्पाली सर्जकले गजल र मुक्तक


आईतबार पहिलो चरणमा भएको रचना वहार कार्यक्रममा कविता उपाध्याय, ओम केसी, केवि विरही, दिलकुमारी दिलु, लोकेन्द्र सेन, सिजन मगर चक्रे, मोहनचन्द गाउँले, सन्तोष हर्दम, सफल बुढामगर, रामजिता मगर लगायतले गजल तथा मुक्तक बाचन गर्नुभएको थियो । रचना बहार कार्यक्रमको सहजीकरण पत्रकार महासंघ रोल्पाका पहिलो कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माले गर्नुभएको थियो ।

साहित्यकार एवं राजनीतिक मनि थापा र विश्लेषक नविन विभासको जलजलाप्रतिको सम्मान

रोल्पाको विद्रोह र साहित्य बहस कार्यक्रममा मनि थापा र नविन विभाष हुनुहुन्थ्यो भने सहजीकरण पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगीले गर्नुभएको थियो यसैगरी साहित्यमा प्रगतिशिल चेत बिषयक बहस कार्यक्रममा स्नेहा सायामी र अभय श्रेष्ठले बहस गर्नुभएको छ भने सन्चालन पत्रकार महासंघका दोस्रो कार्यकालका अध्यक्ष महेश न्यौपानेले गर्नुभएको हो ।

यसैगरी देश बोल्ने कविता रोल्पामा सेसन तर्फ स्नेह सायमी, राबत, अभय श्रेष्ठ, प्रज्वल अधिकारी, बाबु त्रिपाठी, राज शाह, प्रज्वल अधिकारी, लगायतका साहित्यकारहरुले कविता बाचन गर्नुभएको हो । सो को सहजीकरण साहित्यकार दिप दर्पणले गर्नुभएको थियो ।

रोल्पा समाचारबाट स्वागत
यसैगरी राष्टिय कविता प्रतियोगिताका निर्णायकहरु डा. देवी नेपाल, ममिला जोशी र बिप्लप प्रतिकले रचना बाचन गर्नुभएको हो । औंशीमा जुनका गीत सांगितिक कार्यक्रम तर्फ जनवादी गायककार मोहित श्रेष्ठले ‘सम्मान गरौँ, घाइते अपाङ्गलाई, मृत्यको मूल्य, सुख एउटै भए भो लगायतका गीत र गजलकार बाबु त्रिपाठी, रावत लगायत गजल बाचन गर्नुभएको थियो ।
रोल्पा जिल्लामा भएको साहित्यका कार्यक्रमले रोल्पा जिल्लाको विकासमा योगदान पु¥याउने आशा गरिएको छ ।

You may also like