रोल्पाका पुनको हत्यामा राजनीतकरण नगर्न वाइसिएलको रोल्पाकोअनुरोध

रोल्पा समाचारदाता
रोल्पा लिबाङ
भाद्र २५ गते
हिजो मिति २०७५ साल भाद्र २४ गते का दिन सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर रोल्पामा  रोल्पा नगरपालका २ का रोहीत पुनमगर र रोल्पा रोल्पा न.पा. १० धबाङका देबबहादुर घर्तीमगरले बीचमा झगडा हँुदा देबहादुर घर्तीमगरले प्रहार गरेको गोलीबाट पुनमगरको मृत्यु भएपछि त्यसलाई नेपाली कांग्रेस र सो पार्टीको भातृ संगठन तरुणदलले राजनीकरण गरेकोमा त्यस घटनामा कुनै राजनीतिकका कारणले घटना नभएकोले भन्दै त्यसलाई कानूनी रुपमा समाधान खोज्न नेपाली कांग्रेस र तरुणदललाई अनुरोध गरेको छ ।
वाइसिएल नेपाल रोल्पाका अध्यष रितमान पुनमगर (अग्रिम) द्वारा हस्ताक्षरित विज्ञप्तप्मा भनिएको छः–“दुई ब्यक्ति बिच सामान्य बिबादको बिचमा गोलि चल्दा गोली प्रहाबाट रोल्पा नगरपालिका निवासी रोहित पुनको हत्या भएको प्रति हाम्रो सङ्गठनको तर्फबाट दुःख ब्यक्त गर्दछौ साथै शोकाकुल परिवारप्रति धैर्य धारणको शक्ति मिलोस भनि कामना गर्दछौ । सो हत्यामा सङ्लग्नलाई कानुन बमोजिम कारवाही होस् भन्न चाहान्छौ । ”
भाद्र २५ गते अर्थात आज जारी गरेको विज्ञप्तीमा उनीहरुको आफ्नो व्यक्तिगत झगडाको कारणले गोली प्रहारसम्मको अवस्थामा पुगेको बताउँदै भनिएको छ ः–“ समाजमा हुने यस्ता घटनाको हाम्रो सङ्गठनले जहिले पनि निन्दा र भर्सना गर्दै आएको छ तर हिजो रोल्पामा भएको दुई युबक बिचको ब्यक्तिगत रिसिइविका कारण भएको गोलि हानाहानको घटना लाई जोडेर नेपाली काग्रेस जस्तो जिम्मेवार पार्टी तरुण दलले गैर जिम्मेवार तरिकाले राजनैतिक करण गरेर हाम्रो पार्टी र युवा सङ्गठन वाइ सि एललाई बदनामित गर्न खोजेकोप्रति हाम्रो गौरव शालि सङ्गठनको तर्फबाट खेद प्रकट गर्दछौ ।” यस घटनालाई सबैको सहकार्यमा सम्मेमित बनाउँदै दोषिलाई कारवाही गराउनको लागि समेत माग गरिएको छ ।

You may also like