जैमाकसलामा जातीय छुवाछुतमुक्तका लागि जैमाकसलामा अभियान तीव्र

जैमाकसलामा जातीय छुवाछुतमुक्तका लागि जैमाकसलामा अभियान तीव्र
रोल्पा समाचारदाता

२०७५ असार १३


२१ औं शताब्दीको युगमा नेपाली समाजमा अझै जातीय छुवाछुतको विषयमा बहस र चर्चा सुरु भएको बर्षौ बित्दै गर्दा जैमाकसलामा अभियान तीव्र रुपमा चलिरहेको छ । सोही बारेमा मंगलबार एक कार्यक्रमको बीचमा अभिमुखीकरण कार्यक्रम सम्पनन भएको छ ।
कार्यक्रममा पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवं दलित अधिकार कर्मी मानसिंह विश्वकर्माले मन्त्री, संसाद, नेताहरुले सार्वजनिक कार्यक्रममा जातीय छुवाछुतको भाषण गरेर मात्रै जातीय छुवाछुत तथा बालिघरे प्रथा अन्त्य नहुने बताउनुभयो । नेपालको संविधानमा दलित समुदायिको निम्ति धेरै ऐन कानुन व्यवस्था भएपनि अहिलेसम्म ति ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा नेपाली समाजमा जातिय छुवाछुत तथा बालिघरे प्रथा कायम रहेको उहाँले बताउनुभयो । अब नेपाली समाजमा जातिय छुवाछुत तथा बालिघरे प्रथाको अन्त्यको निम्ति संविधान प्रभावकारी कार्यन्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
जिल्लामा विगतदेखि नै दलित अधिकारका लागि थुप्रै आन्दोलनहरु पनि नभएका होइनन् तर तिनै आन्दोलनको ठोस उपलब्धि अहिलेसम्म हुन सकेको छैन । सदरमुकाममा जातिय छुवाछुत तथा बालेघरे प्रथाको अन्त्यको निम्ति अन्तरक्रिया, गोष्ठिले समुदायको अधिकारका कुरा ग्रामीण क्षेत्रका नागरिकसँग पुग्न नसकेको कार्यक्रमका सहभागिहरुले गुनाँसो व्यक्त गरेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजीवि, समाजसेवी, स्थानीयबासी लगायतको सरोकारवाला निकायहरुको उपस्थिति थियो । कार्यक्रममा प्रहरी कार्यालय रोल्पाका प्रमुख कृष्ण रौलेले नेपालमा जातीय छुवाछुतको कानून धेरै भएको तर कार्यान्वयनका लागि आवश्यक रहेको बताउनुभयो ।

You may also like