शहीद सप्ताहको अवसरमा शहीद परिवारलाई सम्मान तथा अभिनन्दन कार्यक्रम सम्पन्न शहीद परिवारले भने हाम्रो परिवारको रगत त्यतिकै बगेकाे हाेइन ।

रोल्पा समाचारदाता
कोर्चाबाङ, रोल्पा
२०७४ फागुन २१


जनयुद्धको २३ औँ वार्षिकोत्सव शहीद सप्ताहको अवसरमा नेकपा (माओवादी केन्द्र) द्वारा रोल्पा जिल्लाका विभिन्न गाउँपालिका र वडा पालिकामामा शहीद परिवारलाई सम्मान तथा अभिन्दन गरेको छ । यो परिवर्तनको मुख्य श्रेय शहीदहरु नै भएकोले सम्मान तथा अभिन्वदन गरेको माओवादी केन्द्र) ले बताएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का सांसद दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ले भन्नुभयो–हरेक परिवर्तनमा शहीदको योगदान भएको चर्चा गर्दै भन्नुभयोः– “ हरेक परिवर्तन शहीदको वलिदानीबाट नै भएको हो त्यसैले शहीदको रगत र वलिदानमाथि विश्वाघात गर्नु हुँदैन ।’ उहाँले महान जनयुद्वको नेतृत्व गरेको पार्टी तत्कालीन नेकपा (माओवादी) र हाल नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागि हुँदा आम शहीद परिवारको निम्ति राहतको व्यवस्था गरेको तर अन्य पार्टीको नेतृत्वमा सरकार भएको शहीद परिवारको निम्ति व्यवस्था गरिएको राहत कार्यक्रम नै हताउने गरेको बताउनुभयो । पटक– पटक नेकपा (माओवादी केन्द्र) को नेतृत्वको सरकारले नै शहीद परिवारलाई जम्मा १० लाख रकम हस्तारण गरेको समेत कार्यक्रममा उहाँले बताउनुभयो । उहाँले शहीदहरुले सधै अमरत्व प्राप्त गर्ने समेत बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि माडी गाउँपालिका–६ नं वडा अध्यक्ष खर्कबहादुर पुनमगर ‘प्रकाश’ले आगामी दिनमा शहीद परिवारलाई संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले शहीद परिवारलाई पार्टी र स्थानीयतहको सरकारले सम्मान सम्मान गर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा अध्यक्ष मानसिंह बि.क.ले शहीदहरु कसैको कोटाको नभएर देश र जनताको सामूहिक मुक्तिको लागि बलिदान गरेको बताउँदै तीनैको सपना अब वाचेकाहरुले पूरा गर्नु पर्ने बताउनुभयो । साथै उहाँले शहीदको सपना अझै पुरा नभएको बताउँदै शहीदका अधुरा सपना पुरा गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो । साथै विभिन्न सडक, विद्यालय, अन्य स्थानमा शहीदको नामबाट नामाकरण गरेकोमा कसैले आपत्ति नमान्नु पर्ने बताउँदै शहीद सबैको साझा भएको बताउनुभयो ।
शहीद चित्र बुढामगरको दाजु सुवबहादुर बुढामगरले आफूलाई पनि राज्यले अपहरण गरेको पीडा पोख्दै शहीदको सम्झनामा ‘शहीद स्मृतिकोष’ स्थापना गर्नका लागि पार्टी तथा नेतालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा शहीद तिर्पना पुनमगरको श्रीमान लालसिंह पुनमगरले शहीदका सपना कहि कसैले पनि विश्वासबात गर्न नहुने बताउनुभयो । उहाँले शहीदका सपनामाथि विश्वास घात गर्ने कसैलाई पनि छुट नभएको समेत बताउनुभयो ।
कार्यक्रममा माडी गाउँपालिका–६ नं वडा कोर्चाबाङ वडा सदस्यहरु कविराज घर्तीमगर, तिलबहादुर पुनमगर ‘शक्ति’, आइतमाली घर्तीमगर, ललिता नेपाली, माडी गाउँपालिका–६ नं वडा सविच तिर्थबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सह सचिव कमानसिंह पुनमगर, शहीद परिवार, पार्टी कार्यकर्ता लगायत आतिथ्याता थियो ।
कार्यक्रमा माडी गाउँपालिका–६ नं वडाका शहीद परिवारलाई कार्यक्रममा प्रमुख अतिथि ५ नं प्रदेशसभा सासंद दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मानसिंह विश्वकर्मा लगायतका अतिथिहरुले प्रमाण–पत्र सहित दोसल्ला ओढाएर सम्मान तथा अभिनन्दन गर्नुभयो । कार्यक्रमको अवसरमा प्रदेशसभा सासंद दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ र प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह वि.क.लाई आयोजकले समान तथा अभिनन्दन गरेको थियो । कार्यक्रमको सञ्चालन नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका–६ नं वडा कोर्चाबाङ रोल्पाका कार्यबाह अध्यक्ष कमानसिङ बुढामगरले सञ्मचालन गर्नुभएको थियो ।

समाचारदाता
भाबाङ– रोल्पा
कोर्चाबाङ, रोल्पा
२०७४ फागुन १९
शहीद सप्ताहको अवसरमा नेकपा (माओवादी केन्द्र) माडी गाउपालिका– ५ भाबाङ रोल्पामा शुक्रबार शहीद परिवारलाई अभिनन्दन कार्यक्रम माडी गाउँपालिका–५ भाबाङ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ भन्नुभयोः–ः‘कार्यक्रमका प्रमुख अतिथि सिजलले सम्पुर्ण शहीदरुको बलिदानबाट नै नेपाल राष्ट्र र नेपालीको अस्तित्व रहेको बताउँदै शहीदहरुलाई कुनै पनि हालतमा बिर्सन हुँदैन ।’ कार्यक्रमको विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन समिति सदस्य तथा माडी गाउपालिका ५ का वडाअध्यक्ष भरत बहादुर बुढामगर, नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका उपाध्यक्ष हरिसरा घर्ती, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, स्वास्थ चौकी भाबाङका अहेव राम बहादुर खत्री, अशोक बि.क, वागेवश्वरी मा.वि. भाबाङ पाछाबाङ रोल्पाका शिक्षक रण बहादुर डाँगी लगायतको आतिथ्यता थियो । कार्यक्रमको अवसरमा माडी गाउँपालिका–५ भाबाङका २१ जना शहीद परिवारहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो । नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका– ५ वडा भाबाङ रोल्पाका अध्यक्ष इन्द्र बहादुर सितिमहरको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन सचिव शनिदेवल बुढाले गर्नुभएको थियो भने सहभागिलाई स्वागत दील कुमारी बुढामगरले गर्नुभयो ।
यसैगरी यस्तो कार्यक्रम जंकोट, घर्तीगाउँ लगायत अन्य रोल्पाका विभिन्न स्थानमा गरिएको थियो ।

You may also like