रोल्पाका कवर र बुढामगर राष्ट्रिय सभासदस्य

मानसिंह बिश्वकर्मा
रोल्पा माघ २७ २०७४
रोल्पा जिल्लाबाट पहिलो पटक गजुलका राजकुमार कवर ‘अनुभव’ र कुरेलीका मिना बुढामगर राष्ट्रिय सभा सदस्यमा निर्वाचित बन्नुभएको छ । माघ २४ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित हुनुभएको छ ।

 


(माओवादी केन्द्र) बाट घाइते तथा अपाङ्ग राजकुमार कुवर र नेकपा एमालेबाट मिना बुढामगर बन्नुभएकोहो । बुाबा भक्तबहादुर कँवर आमा धनादेवी कँवरको कोखबाट २०३० साउन महिनाको २२ गते गजुलमा जन्मिनुभएको हो । हाल सवर्णावती गाउँपालिकाको गजुलमा पर्दछ । अध्ययनको क्रममा २०४६ सालदेखि विद्यार्थी सङ्गठनबाट आफ्नो राजनीतिक जिम्मेवारीको यात्रा शुरुवात गर्नु भएको थियो । नेकपा (माओवादी) पार्टीको २०५४ सालमा पार्टी सदस्य प्राप्त गरेपछि २०५७ जिल्ला समिति सदस्य, २०५८ सालामा जनमुक्ति सेना नेपालको प्लाटुन कमिसारको जिम्मेवारी प्रदान गरी शैन्य मोर्चामा जानुभएको थियो । २०५८ सालमा जनमुक्ति सेना नेपालको कम्पनी कमिसारको थप जिम्मेवारी सहित खास गरी साना ठूला लडाई सहित १७ भन्दा बढि लडाईमा आफ्नो सहभागी जनाउनुभएको थियो । २०६२ साल पौष ११ गते तत्कालीन शाही सेनासँगको लडाईमा घाइते भएर मेरो बाँया खुट्टा गुमाउनुभएको थियो । राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि रोल्पा समाचारसँग उहाँले जीवनभरी नै जनताको सेवा गर्ने उद्देश्यले गर्दा सामान्ती राज्यसत्ता बदल्ने सङ्घर्षको क्रममा कँवरले शरीरिरको महत्वपूर्ण अङ्ग गुमाएको अब वाँकी समय पनि जनतार देशको लागि दिने बताउनुभयो ।

यस्तै नेकपा एमालेबाट रिफारिसमा पर्नुभएका मिना बुढामगर नेकपा एमालेमा राजनीतिक आस्था राख्दै प्रवासमा कार्यरत हुनु हुन्थ्यो । प्रवासको राजनीतमा सक्रिय बुढामगर नेपाल भारीय मञ्चका उपाध्यक्ष हुनुहुन्छ ।
मिरुल ८ मा रानागाउँमा जन्मिनुभएका मिना बुढामगर हाल राष्ट्रिय सभा सदस्यमा पहिलो पटक निर्वाचिचत बन्नुभएको छ । अझै जनतको बीचमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले अब रोल्पा जिल्लाको समग्र विकासका लाग्ने बताउनुभयो ।

You may also like