रोल्पामा आगलागी ७ घर जलेर नस्त

नारायण केसी
माघ १३ गते, रोल्पा


सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ गोठ गरी सात घर जलेका छन् । खरका छाना भएको सात घर पूर्णरुपमा जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
अहिले स्थानीय विपद व्यवस्थापन समिति, खुंग्रीबाट खटिएको लुटधन खड्का नेतृत्वको ६ जनाको प्रहरी टोलि, स्थानीय राजनीतिक दल लगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट क्षतिको एकिन विवरण आइनसकेको भएपनि पशुचौपाय जलेको बुझिएको छ ।
प्रहरीका अनुसार नगेन्द्र पुनका छोरा करिब ६ वर्षिय आयुष पुन आगलागीमा परी घाइते भएका छन् । घाइते आयुषको निधार र हातमा आगोले पोलेको बताइएको छ । त्यस्तै १ गोरु, २ बाख्रा र १ बंगुर जलेर मरेका छन् । आगलागी कसरी भएको भन्ने अझै पुष्टि भइनसकेको भएपनि बालबच्चाले खेल्नेक्रममा लगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको घटनास्थल पञ्चीकोटबाट नारायण केसीले जानकारी दिनुभयो ।

You may also like