प्रतिनिधिसभामा वर्षमान पुनमगर ‘अनन्त’, प्रदेश सभामा कुलप्रसाद केसी ‘सोनाम’ र दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ विजय

मानसिंह बिक  

रोल्पा २३ मंसिर 
रोल्पामा मंसिर १० पहिलो चरण र मंसिर २१ गते दोस्रो चरणको गरी नेपालमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मत गणना सकिएको छ । बाम गठबन्धनका साझा उमेद्वार एवं नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता वर्षमान पुनमगर ‘अनन्त’ विजयी विजय हुनुभएको छ ।


प्रदेश नं. (क) मा संयुक्त बाम गठबन्धन साँझा उमेद्वार एवं नेकपा (माओवादी) केन्द्र) का कार्यालय सदस्य एवं युवा नेता कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश नं. (ख) मा बाम गठबन्धनका साझाँ उमेद्वार एवं माओवादी केन्द्रका सचिवालय सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ विजयी हुनु भएको छ । राती अवेरसम्मको मत परिणामले विजयी हुनुभएको हो ।

यो साचार तयार पार्दासम्म शनिबार रातीसम्ममा मत गणना कार्य सकिएको र पूर्व अर्थमन्त्री एवं प्रभावशाली नेता वर्षमान पुनमगर ‘अनन्त’ विजयी भइ सकेपनि प्राविधिक हिसावले विहानमात्रै घोषणा गरिने प्रमुख मुख्य निर्वाचन अधिकृत बासुदेवलाल श्रेष्ठले बताउनुभएको छ । यो साचार तयार गर्दासम्मको आधिकारिक घोषणा गरे को परिणाम अनुसार २७९०७ मतले अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनका साझाँ उमेद्वार सिचाई राज्यमन्त्री एवं अमरसिंह पुनमगर १४१०३ मत लिनुभएको छ । अमरसिंह पुनमगरभन्दा वर्षमान पुनमग १३८४मतले अगाडि रहनुभएको छ । प्रतिनिधिसभाको मत परिणाम शनिबार अवेर भइसकेकोले सुरक्षा लथगायत अन्य कारणले आज विहानमात्रै आधिकारिक रुपमा बाहिर लिने बताएको छ । रोल्पा जिल्लामा १ लाख २७ हजार ६२९ मतदाता मध्ये प्रतिनिधि सभामामा रोल्पा जिल्लाका ८० मतदान स्थल र १६० मनतदान केन्द्रहरुमा ७० हजार ७७६ मत खसेको थियो ।


यो समाचार तयार पर्दासम्म यसैगरी प्रदेश नं. क (रोल्पा क्षेत्र नं. १) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका साझाँ उमेद्वार नेकपा (माओवादी केन्द्र) का युवा नेता कुलप्रसाद केसीलेले १७ हजार ७३३ मत लिनुभएको छ । यसमा केही मतसंख्या थप मत लिएर विजयी हुनुभएको छ । लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर महराले ९६९० मत प्राप्त गर्नुभएको छ । केसीले महरालाई मतले ८०४३ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको छ । रोल्पा जिल्लाको क्षेत्र नं. १ मा ३३ हजार ९७१ खसेको थियो ।


यसैगरी यसै गरी प्रदेश ख (रोल्पा क्षेत्र नं. २ ) प्रदेश सभा सदस्यमा संयुक्त बाम गठबन्धनका उमेद्वार नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ ले २४४९० मत लिएर विजय हुनुभएको छ । लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका जिल्ला समिति सदस्य खगेन्द्र प्रकाश हमालले ९९६९ मत लिनुभएको छ । पुनमगरले १४५२१ मतान्तरमा विजयी हुनुभएको थियो । क्षेत्र नं. २ मा ३६ हजार ८०५ खसेको थियो । विजय भएपछि दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले जनताको सेवा निरन्तर काम गरिरहको र प्रथम जननिर्वाचित प्रदेशसभा सदस्य भएर काम गर्दाको नयाँ अनुभूति भएको बताउनुभयो । उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीयतहको संयोजकमा रोल्पाको समृद्धमा बृहत्तर विकास गर्ने बताउँदै आम मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । आइतबार विहान नै प्रतिनिधि सभा र प्रदेशसभाको विजयीहरुलाई प्रमाण पत्र प्रदान गर्ने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत बासुदेव लाल श्रेष्ठले निकै बताउनुभयो । पहिलो हुने निर्वाचनको मत गणना सकिदाँ वित्तिकै दास्रो हुने निर्वाचनको (समानुपातिक) मत गणना गरिने बताउनुभयो । एक श्रोतले राती सुरक्षाको काराणले विजय ¥याली निकाल्दा केही समस्या हुने भएकोले विहानमात्रै कार्यक्रम गर्ने प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगरले बताउनुभयो ।
उच्च सम्वेदनशीलता मानिएको रोल्पा जिल्लामा शान्ति पूर्ण रुपमा निर्वाचन सम्पन्न र मतगणना भइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । यसैगरी जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचन सम्पन्न गराउन सबैलाई धन्यवाद व्यक्त गर्दै अब वाँकी कार्यलाई पनि छिटो सम्पन्न गरिने जिल्ला निर्वाचन कार्यालय रोल्पाका जिल्ला निर्वाचन अधिकारी लिुलु गिरीले बताउनुभयो ।
रोल्पा जिल्लामा विजय ¥यालीलाई भव्यता पूर्वक रोल्पाको टुडिखेलमा मनाउने कार्यक्रम रहेको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले बताउनुभयो । यसैगरी संयुक्त उमेद्वारहरु विजयी भएपछि उत्साह थपेको बताउँदै ¥याली कार्यक्रममा सबै गाउँबाट नेता तथा कार्यक्रम आउने नेकपा एमालेका जिल्ला अध्यक्ष हरीप्रसाद घर्तीमगरले बताउनुभयो ।
प्रतिनिधि सभामाको कुल १६५ वटा निर्वाचन १९४४ जनाले उमेद्वारी दर्ता गरेका थिए । जसमा शनिबार रातीसम्मा नेकपा एमाले २९ क्षेत्रमा विजय र ४८ स्थानमा अग्रता, नेकपा माओवादी केन्द्र १० विजय २३ अग्रता, नेपाली कांग्रेस ६ विजय १७ अग्रता, संघिय समाजवादी फोरम १ विजय ८ अग्रता र राष्ट्रिय जनता पार्टी १ विजय र ८ स्थानमा अग्रता, नयाँ शक्ति १ र स्वतन्त्र १ स्थान विजयी भएका छन् ।
प्रदेश सभाको निर्वाचनमा कुल ३३० संख्यामा कुल उमेद्वार ३२३८ उमेद्वारी दिएका थिए । शनिबार साँझसम्मको परिणाम अनुसार नेकपा एमालेले ३६ प्रदेशमा विजय र ७१ मा अग्रता २० स्थामा जित र३३ स्थामा अग्रता, नेपाली कांग्रेसको ८ स्थानमा विजय र १६ अग्रता, संघीय समाजवादी फोरम १ जित ७ अग्रता, राष्ट्रिय जनतापार्टी १ र राजमोले २ स्थानमा विजयी प्राप्त गरेको छ ।
परिणामले बामपन्थी सरकार निर्माणको लागि स्पष्ट मत प्रदान गर्ने संकेत देखा परेको छ । ५ वर्षसम्म स्थायी सरकार र विकासको अपेक्षा गरिएको छ ।

You may also like