रोल्पामा पहिलो पटक बनेको सुरक्षित अावासगृह सेफ हावस मेयर केसीद्वारा उद्घाटन


रोल्पा समाचादाता

फागुन १४ रोल्पा ÷रोल्पा नगरपालिकाको सुरक्षित आबासगृह सेफहाउसको एक कार्यक्रमक बिच उदघाटन गरिएको छ ।
प्रमुख अतिथि नगर प्रमुख पूर्ण केसीले रिबन काटेर आबासगृहको उदघाटन गर्नुभएको हो । हिंसा पीडित महिला तथा बालबालिकाका लागि सुरक्षित आश्रयस्थलका रुपमा निर्माण भएको यस सेफहाउसले रोल्पा नगरपालिकाभित्रका साथै बाहिरका धेरै हिंसापीडित महिला तथा किशोरीहरुको उद्धार गर्ने भएको छ । रोल्पा नगरपालिकाको १५ लाख ५० हजार, रोल्पा नगरपालिका स्वरोजगारको १ लाख १४ हजार, समुदायको लागत २ लाख ३३ हजार गरी जम्मा १८ लाख ९ हजार ७०० मा निमार्ण भएको यस सेफहाउसमा एक हलकोठा, एक अटेच बेडरुम, एक किचनरुम रहेको छ ।


नगर उपप्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रोल्पाका सभापति डिबि टुहुरोले शुभकामना मनतब्य दिनुभएको थियो । नगरपालिकाका प्राविधिक रमेस बुढामगरले भवन निमार्णको लागतको बारेमा प्रस्तुत गर्नुभएको थियो भने महिला तथा बालबालिका शाखाका प्रमुख पवित्रा बुढाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकास डाँगीले भवन को साँचो नगरपालिकालाई हस्तान्तण गर्नुभएको छ । उदघाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, रोल्पा नपा २ नम्बरका वडा अध्यक्ष खिमबहादुर घर्ती, जिल्ला अस्पताल रोल्पाका सञ्चालक समितिका नि.वर्तमान अध्यक्ष फबिन्द्र आचार्य, युएनएफपिका जिल्ला संयोजक केदार राना, सेफहाउस सञ्चालन समितिका संयोजक निर्मला रोकामगर, जिल्ला अस्पताल रेउघा रोल्पाका निमित्त डा. रणबहादुर बोगटी, विभिन्न सरोकारवालाहरु, महिला अधिकारकर्मीहरु लगायतको सहभागिता नगरपालिकाका प्रेस संयोजक देवी गुरुङले बताउनुभयो ।

You may also like