पञ्चे बाजी बजाउने तालिम सम्पन्न

पञ्चे बाजी बजाउने तालिम सम्पन्न


This image has an empty alt attribute; its file name is p1-1.jpg

माघ ११ गते
पञ्चे बाजा बजाउने सम्बन्धि १५ दिने तालिम रोल्पा नगरपालिका–४ नं. वडामा आज सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय रोल्पाका प्रमुख राज बहादुर बुढाले पहिलेदेखि बजाउदै आएका बाजाहरू बिचैमा लोप हुँदै गएको हुँदा क्षमताको आधारमा कुनै पनि जातिका मानिसहरुले पञ्चे बाजाहरु बजाउने सिकेर आ–आफ्नो सस्कार अनुसार बिवाह, पुजा, दाहासस्कार, उत्सव, ¥याली र नौमती बाजाहरु बजाउँदा संरक्षणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,“जातका आधारमा काम बिभाजन गरिएको छ । तर, जातिय छुवाछुत अन्त्य गर्नु पर्छ । यी परम्परा बाजाहरु कहिले पनि लोप हुन दिनु हुँदैन । परम्परागतदेखिका पञ्चे बाजाहरुको संरक्षण तथा प्रर्वद्वनमा हामी सबैको दायीत्व हो ।”
साथै कार्यक्रमको अतिथिहरु कृषि ज्ञान केन्द्र रोल्पाका प्रमुख भरतमणी प्रोख्रेल, राष्ट्रिय सिलाई कटाई प्रशिक्षक मिलन नेपाली, राष्ट्रिय सिलाई कटाई व्यवसायी संघ रोल्पा जिल्लाका अध्यक्ष महाराम परियार, रोल्पा समाचार साप्ताहिकका प्रतिनिधि खुम बहादुर सुनार, सिलाई कटाई व्यस्थापक प्रशिक्षक भिम बहादुर थापा, तालिमको प्रशिक्षक बहादुर नेपाली, तालिमको व्यवस्थापक मन बहादुर नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
उक्त तालिममा सहमागी १२ जनालाई प्रमाण–पत्र कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा, घरेलु तथा साना उद्योग कार्यालयका रोल्पाका प्रमुख उद्योग अधिकृत तिलकराम वलीले वितरण गर्नुभएको थियो । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको व्यवस्थापक मन बहादुर नेपालीले जानकारी दिनुभयो । तालिममा दमाहा, सनाई, टेमकुली, नरसिंगा, ढोल, झ्याली सहित १५ वटा बाजाहरू बजाउने तालिम सम्बन्धि सहभागीहरुलाई प्रशिक्षण दिईने आयोजकले बताएको छ । घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका उद्योग अधिकृत तिलकराम वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम विष्टले गर्नुभएको थियो भने स्वागत टिकाराम घर्तीले गर्नुभएको थियो ।

You may also like