रोल्पा जिल्लामा वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया

रोल्पा जिल्लामा वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया

This image has an empty alt attribute; its file name is r1-1-1024x768.jpg


माघ ११ गते
पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत रोल्पा जिल्लामा विर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आज लिबाङ रोल्पामा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नागरिक समाजका अध्यक्ष घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापाक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष महेश न्यौपाने, हेल्थ केयर पत्रकार संघ रोल्पाका अध्यक्ष माधव कुमार वली, दलित महिला सचेतन् केन्द्र (ड्वाक) नेपाल रोल्पाका अध्यक्ष रेखा सुनार, नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाका प्रतिनिधि भिम बहादुर बुढामगर, पत्रकार दिनेश सुवेदी, रेडियो मालश्रीका लोकेन्द्र चन्द, पत्रकार देवी गुरुङ लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा नागरिक समाज रोल्पाका अध्यक्ष घनश्याम आचार्यले मानव अधिकारको विषयमा प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लामा सामुदायियक विद्यालयमा अंग्रेजी माध्यमको कक्षा एकदेखि कक्षा तीनसम्मको पुस्तक छपाई नभएकोले पढाईमा समस्या, सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक गर्दा पढाईमा प्रभाव, कोरोनाको कारण गुणस्तरीय शिक्षामा समस्या, सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा स्थायी शिक्षकको व्यवस्था नहुँदा विद्यालयले निजी शिक्षकका लागि आर्थिक संकलन गर्दा समय समयमा तालाबन्दी हुने, आर्थिक अभावको कारण इट्टा भत्तामा जादा शिक्षामा समस्या, अस्पतालमा स्थापना गरिएको अक्सिजन पलान्टलाई निरन्तरता दिनुपर्ने, १२ कक्षासम्म दलित छात्रछात्रहरूलाई निःशुल्क व्यवस्थामा भएपनि जिल्लामा लागू नभएको, रोल्पा अस्पतालमा प्रयाप्त कर्मचारी नहुँदा सीमित कर्मचारी कोरोना संक्रमण हुँदा विरामीको उपचारमा समस्या, ५० सौयाको अस्पतालको नव निर्मित भवन सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या, दरवन्दी अनुसार रोल्पा अस्पतालमा नौ तहको डाक्टर नहुनु, विमा गरेका विमितले नियम अनुसार अस्पतालको फार्मेसीमा औषधीको व्यवस्था नभएको, जिल्लामा भ्रष्टचार बढेको, बजार अनुगमन प्रभावकारी नभएको, सुरक्षित गर्भपतन र विमाको प्रचार गर्नुपर्ने, विद्यालयमा अनिवार्य स्यानेटरी प्याडको व्यवस्था नभएको, विकास योजनाहरू निर्धारित समयमा सम्पन्न नहुँदा जिल्लाबासीहरू समस्यामा रहेका छन्, रोल्पा अस्पताल रेउघाको फार्मेसीमा प्रयाप्त जनशक्ति नहुँदा सञ्चालनमा समस्या, फार्मेसीमा प्रयाप्त औषधी नभएको, स्थानीय तहहरू कोभिड नियन्त्रण निस्क्रिय बन्दै गएको, जलजला बहुमुखी क्याम्पसमा पाठ्य पुस्तक प्रयाप्त नहुँदा अध्ययनमा समस्या, सरकारी अनुदान वास्तविक पक्षले नपाएको, अनुदानको दुरूपयोग भएको, कोरोनाको समयमा पनि स्वास्थ्य मापदण्ड लागू गर्दै विकास निर्माणका कार्य निरन्तरता दिनुपर्ने, बाल बिबाह न्युनिकरण जस्ता मानव अधिकारहरुको अवस्था प्रस्तुत गर्नुभएको थियो । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस)का अध्यक्ष सुनिता बुढामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) सल्यान जिल्लाका प्रतितिनिधि रामचन्द्र रेग्मीले गर्नुभएको थियो ।

You may also like