एशियन लाईफ इन्स्योरेन्स कम्पनी उपशाखा रोल्पाबाट मृत्यु दाबी विमा रकम हस्तान्तरण

१४ पौष, लिबाङ–रोल्पा ।
एशियन लाईफ इन्स्योरेन्स उपशाखा कार्यालय रोल्पाले मंगलबार एक व्यक्तिको मृत्यु दाबी विमा रकम हस्तान्तरण गरेको छ ।
सुनिलस्मृति गाउँपालिका–५ गजुल रोल्पा निबासी विमित मृतक दुज बहादुर राना मगरको श्रीमति देवी राना मगरलाई उपशाखा प्रमुख रोहित घर्ती मगरले रु ७४ हजार ५२६ रुपैयाँ मृत्यु दाबी भक्तानी हस्तान्तरण गर्नुभएको हो । मृतक रानाले रु ५० हजारको बिमा गरिएको श्रीमति देवी रानामगरले बताउनुभयो ।