जिल्ला प्रतिष्ठानको अध्यक्षमा पुनः खवपु चञ्चल मगर

समाचारदाता
लिबाङ, रोल्पा

“हामो लोक कला साँस्ककतिको संरक्षण र पर्वद्वन गरौं, नयाँ संविधानमा कलाकारकाको अधिकार कार्यन्वमा अघि बढ्औं” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति रोल्पाको चौथो अधिवेशन १० गते लिबाङमा सम्पन्न भएको छ ।
अधिवेशन कार्यक्रमका प्रमुख एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र प्रमुख जिल्ला अधिकार मित्रलाल शर्माको विशिष्ट अतिथ्यता रहेको अधिवेशन कार्यक्रमको अध्यक्ष खवपु चञ्चल मगरको अध्यक्षतामा लिबाङ बजारको सत्तालेबाट निकालिएको ¥याली टुडिखेलमा आई उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो । प्रतिष्ठान जिल्ला शाखाको चौथो जिल्ला अधिवेशनबाट पुनः खवपु चञ्चल मगरको अध्यक्ष सहित २१ सदस्य जिल्ला कार्य समिति सर्वसम्मत चयन भएका छन् भने सर्वसम्मत निर्वाचित भएका जिल्ला कार्य समितिको उपाध्यक्ष प्रथम उपाध्यक्षमा मिलन रोका मगर, द्वितीय उपाध्यक्ष जालुमाया गुरूङ, सचिव दिपिन थापा मगर, सहसचिव कमान सहयात्री पुन मगर, कोषाध्यक्ष अशोक वली परिवर्तन, सहकोषाध्यक्ष भुपेन्द्र गुरूङ निर्वाचित हुनु भएको छ । त्यसै गरी सदस्यहरू कर्ण खड्का, जमान बुढा मगर, इन्द्र पाखे मगर, जेनिशा पुन मगर, सुन्दर पुरूष अनुराग, रमिता गुरूङ, दर्शना तिरूवा, जीवन बि.सी., प्रतिक्षा पुन र हर्क बहादुर घर्ति मगर निर्वाचित हुनु भएको छ भने ४ जना सक्रिय व्यक्तीहरूलाई मनोमित गरिने भएको छ । जिल्ला प्रतिष्ठानको चौथो अधिवेशन सम्पन्न पश्चात नव निर्वापचत कार्य समितिको बैठक बसी अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने सहयोगी निकायहरूलाई धन्यवाद व्यक्त गरेको छ ा साथै अधिवेशनको प्रमुख आर्कषकका केन्द्र विन्दु मानिएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय अध्यक्ष चन्द्र शर्मा लगाएत केन्द्रीय कलकारहरू सहित विशिष्ठ अतिथिहरू सहभागि अतिथिलाई पनि धन्यवाद प्रकट गर्दै अन्य विभिन्न किसिमका निर्णयहरू समेत पारित गरेको छ ।
प्रमुख अतिति चन्द्र शर्मा, दोय विशिष्ठ अतिति प्रमुख जिल्ला अधिकारी मित्रलाल शार्म, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्य एवं राप्ती अञ्चलका संयोजक सुवास के.सी, नेकपा (एमाले) रोल्पाका अध्यक्षा हरि प्रसाद घर्तीमगर, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी लगाएतका अतिथिहरूले चौथो अधिवेशनको सफलल्ताको शुभ–कामना मनत्व्यबाट व्यक्त व्यक्त गर्नु भएको थियो । सो अधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुत सहित सुन्छहरी कला केन्द्रका कलाकारहरूले पनि नृत्य समेत प्रस्तु गरेका थिए । राष्ट्रिय कलाकारहरूको प्रस्तुति हेर्नका लागि पनि स्थानीयहरूको व्यापक सहभागिता रहेका थियो । चौथो जिल्ला अधिवेशन कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सचिव दीपिन थापा र सहसचिव कमान सहयात्रीले सञ्चालन गर्नुभएको थियो भने प्रमुख अतिथि लगाएत सहभागिहरूलाई स्वागत मनत्व्यबाट स्वागत द्वितीय उपाध्यक्ष जालुमाया गुरूङले स्वागत गर्नुभएको थियो ।

You may also like