हल्लै हल्लाको ठाउँ अनि म (कविता)

अध्यारो रात सुनसान र चुपचाप किनकी
सबै–सबै सुतेका छन ।
तर पनि मानव माथिका दानवहरु
जुवाडेहरु,जडियौ, अस्मिता
बेच्नेहरु यथार्थ रातलाई रात
भन्दैनन रेष्टुरेन्टमा पाटी गर्नेहरु
पागलको पनि पागलहरु आफ्नो
कर्तव्य कुल्चनेहरु रातारात जागाराम
बसेर यहाँ

दुर्गा पुनमगर कटुकी–२ दाङ
दुर्गा पुन मगर
कटुकी–२ दाङ

हिराको खेती गर्ने
अरेव्यापारीले पैसाको,

नेताले भाषणको पण्डितले पूजाको,
युगल जोडीले प्रेमको काल्पनिक
खेती गरेको गरेको गर्‍यैछन् सिमित
स्वार्थमा लिप्त भएर निकै एकाग्र भएर…..
नौलो संसारको निर्माण् गर्दैछ
नेताले भाष ठोक्दा तरर….
ताली पित्नेहरु अरुको सिद्धान्तमा हिड्‍नेहरु
किन सचेत हुदैन‍ अगि्रम रुपमा
यहाँ लोकतन्त्रको नाममा
लोग्ने–स्वास्नीको भगडा हुँदा
युगल प्रेमी जोडीहरुको वियोगमा
भाइचाराको सामान्य कलहमा मस्तिष्कको क्यान्भासहरुमा
खाका कोरेर दिनप्रतिदिन आव्हान छ
नेपाल बन्दको हिन्दुराष्ट्र संज्ञा
लोपन्मुख भएकोमा पण्डित रोएका छन
साथमा दरवारेहरु अखण्ड यो राष्ट्रमा
निकै नै”माएमाका”मा अंशवण्डा चलेकै छ
सिरिफ कुर्सीकोस्वास्नी–लोग्ने पनि मुद्दा हालाहाल
सम्पत्ति कमाउने आशामा खुट्टा तानातान
यावत् रेखाचित्र, मानचित्रहरु मस्तिष्कको खोंचमा नियाल्दै
सोचिरहेछु, कल्पिरहेछु निरन्तरर त बसिरहेछौ
संगसंगैहल्लैहल्लाको ठाउँ अनि म…..।।।

 

You may also like