सरकारले योजना लिएमा निर्वाचन कार्यालय तयार हुन्छः निर्वाचन अधिकृत गिरीराज ज्ञवाली

सरकारले योजना लिएमा निर्वाचन कार्यालय तयार हुन्छः निर्वाचन अधिकृत गिरीराज ज्ञवाली

सरकाले सबै राजनीतिक दलहरुको सहमतिमा स्थानीय, प्रदेश र संघको निर्वाचनमा गर्ने गरी तयारी गरिहेको छ । रोल्पा जिल्लामा पनि मतदाता नामावली दर्ताका लागि गाउँ गाउँमा मतदाता दर्ता सहायकहरु लागि रहेका छन् । त्यसका विषयमा जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख गिरीराज ज्ञावलीसँग पत्रिकाका कार्यकारी सम्पादक रेशम बिकले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
तपाईलाई रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दै यहाँको परिचय बताईदिनका लागि म अनुरोध गर्दछु ।
धन्यवाद ! म गिरीराज ज्ञावली । मेरो घर रूरू–१ गुल्मीमा पर्दछ । म अहिले ४५ वर्ष भएको छु । मैले निजामती सेवा क्षेत्रको १६ वर्षको अनुभव गरेको छु । म लामो समयसम्म शिक्षण पेशामा पनि लागेको थिएँ । म २०६० सालमा मा.वि. तहको विज्ञान शिक्षक पदमा स्थायी भएता पनि निजामती सेवामै रहेको । क्याम्पसको प्रधाध्यापन जागिर छाडेर खरिदार पदमा जागिर खान आएको हुँ । जागिरको अनुभव गरेका कार्यालयहरू तथ्याङ्क विभाग, नेपाल टेलिकम तत्कालीन दुरसञ्चार कार्यालय, जिल्ला प्रशासन कार्यालय सल्यानमा ५ वर्ष, अध्यागमन कार्यालय, सामान्य प्रशासन मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय, तत्कालीन, सहकारी विभाग, डिभिजन प्रमुख डिभिजन सहकारी कार्यालय नुवाकोट जिल्लामा ५ वर्ष, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको प्रशिक्षकमा ४ वर्ष । अहिले जिल्ला निर्वाचन कार्यालय रोल्पामा पदस्थापन भै रोल्पामा आएको हुँ ।
तपाईले सुनेको रोल्पा र देखेको रोल्पामा कस्तो फरक पाउनु भयो नि ?
श्रव्य कल्पना र यथार्थमा निकै फरक रहेछ । म २०६५ सालमा रोल्पाको पूर्वीय गाउँ विकास समिति जेल्बाङमा ८ दिने सहकारीको तालिम सञ्चालन गर्न द्वन्द्वोत्तर शान्ति तथा पुर्ननिर्माण परियोजना अन्तर्गत शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट प्रमुख प्रशिक्षक भै आएको थिएँ । त्यहाँको रहन सहन देख्दा र भोग्दा साह्रै भाव विह्वल भएको थिएँ । जेल्बाङबासीको व्यवहार, त्याग, सम्र्पण, प्रतिवद्वता र अनुसाशनबाट अत्यन्त प्रभावित भएको थिएँ । त्यहाँको एउटा सहकारी दर्ता गर्न सम्पूर्ण कागजात तयार गरिदियौं । त्यतिखेर कृषि विकास कार्यालयलाई कृषि सहकारी दर्ता गर्ने अधिकार प्रत्यायोजन भएको थियो । कृषि विकास कार्यालयमासमेत समन्वय गरिदियौं । अहिले कृषि सहकारी संस्था दर्ता भएर राम्ररी चलिरहेको छ भन्ने सुनेको छु । त्यतिखेरका अगुवाहरू टिकाबहादुर ‘तुफान’, आशबहादुर पुनमगर ‘रक्तिम’ लाई म आज पनि झल्झली याद गरिरिहेको छु । जनयुद्व किन शुरू भयो ? जनयुद्वबाट के– के भयो ? आदी कुराहरू मैले उहाँहरूबाटै प्रत्यक्ष सुन्ने मौका पाएको थिएँ । रोल्पाली दाजुभाईहरू अत्यन्तै मेहनती, विकासप्रेमी भएको पाएँ मैले । जेल्बाङ पहिलेको भन्दा अहिले केहि परिवर्तन भएको छ रे जेल्बाङ गाउँ भने केही स्वार्थी भएका छन् रे भन्ने सुनेको छु तर मैले महसुश गर्न पाएको छैन । त्यति वेला भन्दा अहिले केही फरक भएको छ कि ? भनी आकलन गर्न एक पटक जेल्बाङ गाउँ पुग्ने विचारमा छु । त्यतिखेर त्यहाँको श्रद्वा भाव, आत्मीयता र हामीलाई गरेको माया देखर जेल्बाङ गाउँ छाड्ने समयमा आँखाबाट आँसु झरेको थियो । सायद मेरो जीवनको तेस्रो पटकको आँसु झराई थियो । जसरी रोल्पा जिल्लालाई जनयुद्वको सयमा बाह्य रूपमा प्रचार गरिएको जस्तो कर्कश र जर्जर भावना हो जुन त्यस्तो भावना मैले रोल्पालीमा पाएनँ । रोल्पा जिल्लालाई दुर्गम जिल्ला भनेर पनि प्रचार गरिन्छ तर रोल्पा जिल्लालाई दुर्गम जिल्लामा प्रचार गरेको जिल्ला भन्दा फरक पहिचान बोकेको ऐतिहासिक जिल्लामा भौगोलिक विविधताले लोभाउने जिल्लाको रूपमा रहेछ । त्यसैले मैले रोल्पा जिल्ला सुनेको जिल्ला र मैले प्रत्यक्ष देखेको रोल्पा जिल्लामा धेरै फरक रहेछ ।
रोल्पा जिल्लालाई कसरी चित्रण गर्नु हुन्छ ?
मैले रोल्पा जिल्लालाई चित्रण गर्नुपर्दा सोझा, इमान्दार र गरीवी रेखामुनी पिल्सिएको जिल्ला जस्तो लाग्छ । म जिल्ला निर्वाचन कार्यालय रोल्पामा आएदेखि अहिलेसम्म जिल्लाबासीलाई मैले
एक पटक पनि रिसाउनु परेको छैन । जिल्लाबासीलाई परेको पिर मर्का हामीलाई बुझाउन सक्तैनन् । हामीलाई भन्न खोजेको कुरा संकेतमा बुझ्नु पर्दछ । त्यस्ता जनताको काम गरिदिँदा, सेवा गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि मिल्दो रहेछ । यहाँका जनता कार्यालयमा काम विशेषले आएका जनताको काम गरिदिएर पठाइदिन पाएँ धर्म हुन्छ जस्तो लाग्दछ, मलाई । यस्तो जिल्लालाई राम्रो बनाउन धेरै कसरत गर्नु पर्दैन । काँचो माटो जस्तो निःस्वार्थी, निष्कर्लकलाई न्यायको अनुभूती दिलाउन र महसुश गराउन सकेको खण्डमा द्वन्द्वको चहराइरहेको घाउमा सहजै मलपट्टि लाग्छ जस्तो मलाई लाग्छ तर विकासको प्रतिफलमा इलाइट क्यान्र्चाड भयो भने समाधान गर्न गाह्रो हुनेछ । तर्सथ समयमै सोच्न जरूरी छ ।
जिल्ला निर्वाचन कार्यालयको अभियान कै रूपमा सञ्चालन भइरहेकोे फोटोसहितको मतदाता नामावालीमा नामदर्ता अभियानको बारेमा जानकारी गराइदिनु हुन्छ, कि ?
२०७३ साल आश्विन मसान्तभित्र नाम दर्ता गरी २०७३ आश्विन मसान्तसम्म १८ वर्ष उमेर पुरा गरेका नेपाली नागरिकले मतदाता नामावलीमा दावी विरोध कार्यक्रम सहित यही पुष १ गतेदेखि यस जिल्लाका ४९ ओटा गाउँ विकास समिति र एक नगरपालिका लिबाङ नगरपालिकाका सबै वडा ९ गरी ५८ ओटा दर्ता स्थलमा नयाँ नामदर्ता कार्यक्रम सञ्चालन भैरहेको छ ।
जिल्ला ननिर्वाचन कार्यालय रोल्पाले आफ्नो अभियानलाई सफल र प्रभावकारी बनाउन कसरी व्यवस्थापन गर्नुभएको छ ?
कार्यक्रमलाई सफल पार्न यहाँका प्रायशः धेरै महानु भावहरू लागएतका सहयोगी निकायहरू सक्रिय हुनुहुन्छ । जिल्लाका राजनीतिकदलसँग छलफल गरी सुझाव समेत ल्याइएको छ । साथै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय विकास अधिकारी ज्यू, जिल्ला शिक्षा अधिकारी ज्यू, प्रहरी नायव उपरीक्षक ज्यू र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहेको जिल्ला कार्यक्रम व्यवस्थपन समितिबाट कार्यक्रमको सञ्चालनको व्यवस्थपन हुन्छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट सुरक्षाको प्रबन्ध मिल्याइन्छ । च्ययतभिखभ िमा समाजिक परिचालक (निर्वाचन शिक्षा कार्यकर्ता) बाट कार्यक्रमको प्रचार–प्रसार भइरहेको छ । साथै स्थानीय एफ.एम रेडियोबाट सूचना प्रचार–प्रसारण समेत भइरहेको छ । तत्पश्चात जिल्ला निर्वाचन कार्यालयबाट प्राविधिक टोली खटाई टोलीले नयाँ नाम दर्ता गर्दछ । सहायक नामदर्ता अधिकारी गाउँ विकास समिति सचिवबाट दावी विरोधको कार्यक्रम सम्पन्न हुन्छ । सोलाई प्रभावकारी ढङ्गले सत्य तथ्य पत्ता लगाई निवेदन तथा अन्य प्रमाणको आधारमा नाम हटाउन वा त्रुटि सच्याउन प्रयोजनका लागि स्थानीय सहयोग तथा समन्वय समिति गाउँ विकास समिति र वडामा स्तरमा हुन्छ । सो समितिले गरेको सिफारिस तथा प्रमाणको आधारमा नाम हटाउने तथा त्रुटि सच्याउने काम गरिन्छ । सो समितिको संयोजकत्व गाउँ विकास समिति सचिवबाट हुने स्थानीय तहमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि सदस्य रहने सो समितिको सदस्य सचिव निर्वाचन शिक्षा कार्यकर्ता रहने प्रावधान छ । कार्यक्रमको केन्द्रीय स्तरबाट अनुगमन निर्वाचन आयोगबाट र जिल्ला स्तरको अनुगमन समितिबाट कार्यक्रमको समयावधिमा गर्न सकिने प्रावधान छ । यस वर्षको केन्द्रीय अनुगमन यसै महिनाको १५ र १६ गते गरिएको छ ।
फोटो सहितको मतदाता नामावली नामदर्ताको समयवधिमा छुटेका जिल्लाबासीहरूका लागि के व्यवस्था गर्नु भएको छ ?
यस कार्यक्रममा नामदर्ता गर्न छुटेका नागरिकले आफ्नो नामदर्ता गराउन पनि सक्छन् र जिल्ला निर्वाचन कार्यालय रोल्पामा मतदाता नामावलीमा आफ्नो नामदर्ता गराएका व्यक्तिले आफ्नो मतदाता नामवलीमा भएको त्रुटिलाई सच्याउन (नाम हटाउन, सार्न, तथा दोहोरो नामवाली हटाउन) समेत सकिन्छ । नामदर्ता निरन्तर कार्य हो । नाम छुटेका नागरिकले सक्कल आफ्नो नागरिकता प्रमाण–पत्र लिई जिल्ला निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालय स्थित निर्वाचन डेस्कमा आई सिँधै मतदाता नामावलीमा आफ्नो नामदर्ता गराउन सकिन्छ । गाउँ विकास समितिमा र लिबाङ नगरपालिको सबै वडामा टोली आएको वखतमा आफ्नो नामदर्ता गराउन छुटेमा पनि जिल्ला प्रशासन कार्यालय स्थित निर्वाचन डेस्कमा र जिल्ला निर्वाचन कार्यालय रोल्पामा आई आफ्नो नामदर्ता गराउन सकिन्छ । साथै नाममा भएको त्रुटि सच्याउन निवेदन दिन पनि सकिन्छ । यसको लागि हाम्रो ढोका जिल्लाबासीहरूका लागि सँधै खुला छ ।

फोटो सहितको नामावली नामदर्ता गर्नका लागि जिल्लाबासीका लागि गाउँ विकास समितिको कार्यालय र नगरपालिका कार्यालयमा मात्र व्यवस्था छ कि अन्य निकायबाट जिल्लाबासीले आफ्नो फोटो सहितको मतदाता नामावली नामदर्ता गराउन सक्छन् ?
जिल्ला निर्वाचन कार्यालय रोल्पामा फोटो सहितको मतदाता नामावली नामदर्ता गर्नका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाबाट नेपाली नागरिक प्राप्त गरेका नेपाली नागरिकले अन्य जिल्लामा रहेका सबै नागरिकले अन्य जिल्लाबाट पनि आफ्नो नामदर्ता गराउन सक्छन् । त्यसको लागि आफु रहेको जिल्ला निर्वाचन कार्यालयमा आफ्नो सक्कल नागरिकताको प्रमाण–पत्रका साथ स्वयम नेपाली नागरिक उपस्थिति भई निर्वाचन कार्यालयमा मतदाता नामवलीमा आफ्नो नामदर्ता गराउन पनि सक्नु हुन्छ ।

फोटो सहितको मतदाता नामावली नामदर्ता गर्नका लागि जिल्लाका गाउँ विकास समितिमा कति–कति गतेमा सञ्चालन गरिरहनु भएको छ ?
रोल्पा जिल्लामा फोटो सहितको मतदाता नामवली नामदर्ता एवं दावि विरोध तथा त्रुटि सच्याउने कार्यक्रम देहाय बमोजिम रहेका छन् ।
क्रस दर्ता कार्यक्रम सञ्चालन हुने गाउँ विकास समिति÷न.पा मिति
१ थबाङ, पाछाबाङ, दुविडाँडा, जैमाकसला, पाङ, कोटगाउँ, लिबाङ न.पा १ पौष २ र पौष ३ गते
२ मिरूल, इरिबाङ, डुव्रिङ, उवा, सिर्प, करेटी, पौष ५ र ६ गते
३ कुरेली, तालाबाङ, झेनाम, सेरम, तेबाङ, जेद्बाङ पौष ८ र ९ गते
४ राङ्कोट, राँक, सखी, गाम, अरेश, मसिना पौष ११ र १२ गते
५ राङ्सी, पाखापानी, बुढागाउँ, स्यूरी, जेल्बाङ, जौलिपोखरी पौष १४ र १५ गते
६ घर्तीगाउँ, जिनाबाङ, जुगाँर, हार्जाङ, फगाम, घोडागाउँ पौष १७ र १८ गते
७ भाबाङ, ओत, नुवागाउँ, गुम्चाल,गजुल, खुंग्री पौष २० र २१ गते
८ जंकोट, कोर्चाबाङ, गैरीगाउँ, बडाचौर, धबाङ, मिझिङ पौष २३ र २४ गते
९ लिबाङ न.पा. २ पौष ४ र ५ गते
१० लिबाङ न.पा ८ पौष ६ र ७ गते
११ लिबाङ न.पा ९ पौष ८ र ९ गते
१२ लिबाङ न.पा ७ पौष १० र ११ गते
१३ लिबाङ न.पा ६ पौष १२ र १३ गते
१४ लिबाङ न.पा ५ पौष १४ र १५ गते
१५ लिबाङ न.पा ४ पौष १६ र १७ गते
१६ लिबाङ न.पा ३ पौष १८ र १९ गते
१७ ह्वामा गाउँ विकास समिति रोल्पा पौष २१ र २२ गते
जिल्लामा पौष १ गतेबाट सञ्चालन भइरहेको फोटोसहितको मतदाता नामावली नामदर्ता अभियान सञ्चालन हुँदै गर्दा सबैले के आफ्नो मतदाता नामावलीमा नामदर्ता गराउँछन् भन्ने कुरामा कति विश्वष्ट हुनुहुन्छ ?
मतदाता नामवली सम्बन्धि ऐन, २०७३ को दफा १२ मा “ऐन बमोजिम मतदाता हुन योग्यता पुगेका प्रत्येक नेपाली नागरिकले आफ्नो स्थायी बसोबास रहेको निर्वाचन क्षेत्रको गाउँ विकास समिति वा नागरपालिकाको सम्बन्धित वडाको मतदाता नामवलीमा आफ्नो नाम तोकिए बमोजिम दर्ता गराउनु निजको कर्तव्य हुनेछ । यस ऐन बमोजिम नाम संकलन गर्ने प्रयोजनका लागि प्रत्येक घरमा बसोबास गर्ने प्रत्येक मतदाताको नाम तथा अन्य आवश्यक विवरण नाम संकलनकर्तालाई उपलब्ध गराउनु हुन सम्बन्धित परिवारको मुख्य व्यक्ति वा परिवारको अन्य सदस्यको कर्तव्य हुनेछ” भनि उल्लेख गरिएको छ । लोकतन्त्रको लागि यत्तिको ऐतिहासिक युद्व पृष्ठभूमि बोकेको जिल्लाका नागरिकहरूले लोकतन्त्रको मुटु मानिने निर्वाचनका लागि कर्तव्य पालना गर्दैनन् भनि मैले कल्पाना समेत गर्न सक्दिनँ । तसर्थ मेरो पूर्ण विश्वास छ, नाम छुटेकाले नामदर्ता गर्दछन् र त्रुटि सच्याउने कुरामा सत्य तथ्य विवरण सम्बन्धित कर्मचारीलाई प्रदान गर्नेछन् ।

नेपाली नागरिकता प्राप्त गर्न उमेर पुगेका तर विभिन्न कारणले नेपाली नागरिकता प्राप्त नगरकाले पनि अन्य कुनै प्रमाणको आधारमा जिल्ला निर्वाचन कार्यालय रोल्पामा फोटो सहितको मतदाता नामावली नामदर्ता गर्न पाउँछन् कि पाउँदैन् ?
नेपाली नागरिकताको सक्कल प्रमाण–पत्र नै फोटो सहितको मतदाता नामवलीमा नामदर्ता गर्ने आधार प्रमाण हो । त्यसैले अन्य प्रमाणलाई आधार मान्ने गरी कानुनमा व्यवस्था रहेको देखिदैँन ।

जिल्लामा फोटो सहितको मतदाता नामावली नामदर्ता अभियान सञ्चालन हुँदै गर्दा जिल्लाबासीलाई के भन्न हुन्छ, नि ?
लोकतन्त्रको मुटु निर्वाचन हो । ँचभभ ँबष्च बलम अजभमष्दभि निर्वाचन मार्फत मात्र असल योग्य र जनमुखि जनप्रतिनिधि निर्वाचित हुन्छन् । त्यस्तो निर्वाचनका लागि शुद्व र विश्वसनीय मतदाता नामवलीको अवश्यक पर्दछ । तसर्थ लोकतन्त्रको प्रवद्र्वन गर्नका लागि सुशासनको संस्थागत विकासका लागि यो अभियानमा सरिक भै आफ्नो लोकतन्त्रिक जीवन सुरक्षित बनाउन सकिन्छ । ‘कोही नछुटौं, कोही नदोहरीऔ’ं शुद्व र विश्वसनीय मतदान नामवालीबाट मात्र विश्वासनीय निर्वाचन सम्पन्न हुन सक्छ । यसै सिद्वान्तलाई अनुसण गरौं । हाम्रो लोकतान्त्रिक भविष्य अझै मजवुत हुनेछ भन्ने कुरा म जिल्लाबासीलाई भन्न चाहान्छु ।
अन्तिममा पत्रिका मार्फत केही भन्नु हुन्छ, कि ?
यहाँले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय रोल्पाको आफ्ना भनाई राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँलाई मुरी मुरी धन्यबाद दिन चाहान्छु । यहाँको पत्रकार जगत र रेडियो पत्रकारिता जगत, राजनीतिक दल एवं सरकारी तथा गैर सरकारी सबै निकायबाट कार्यक्रम सम्पन्न र सफल पार्न ठूलो सहयोग गर्नुभएको छ । त्यसमा म सबै प्रति आभारी र कृतज्ञ छु । सबै क्षेत्र अत्यन्त आत्मीय सहयोगी र मानवीय भावनाबाट ओत्प्रोत भएको पाएको छु । यो प्रवृति साथ र मायाले सधै निरन्तरता पाओस् भन्न पनि चाहाछु । अन्तमा मलाई लाग्दछ विकास धुरीबाट आउने होइन । हाम्रो अन्तरमन, हृद्य र प्रवृत्ति तथा कार्य संस्कृतिबाट मौलाउने वृक्ष हो, विकास । कार्य संस्कार राम्रो बनाउने हो भने विकास स्वतः फुल्दछ । गलत संस्कार र अहबाट विकास ओझेलमा पर्नु हुँदैन । भनिन्छ नि ‘कोवा बाठो भएर …’ त्यसै गरी विकासका नाममा आवसञ्छत तत्वलाई प्रवेश दिनु हुदँैन । विकासमा प्रतिद्धता, नीतिमा राजनीतिक खरावीमा खोजीनीति गर्नुपर्दछ । यो प्रशासनिक दृष्टिकोणबाट क्भउबचबतष्यल इा उयगच हो । यसैलाई हृदयगमन गरी अघि बढेमा विकास अवश्यम्भावी छ तर त्यसका लागि मानवीीय प्रवृति एब्ल्ब्क्ष्ब् (सबै चिजको समाधान) हो । २०६५ अहिलेको अवस्था हेर्दा रोल्पा जिल्लाले धेरै कुरामा फड्को मारेको छ । यो गति अझै तीव्रत रहोस् र युद्व ऐतिहासिकतालाई विकास वर्तमान उजिल्याउँदै सुनिश्चित र उज्वल भविष्यको शुभ–कामना छ । युद्व अनुसन्धानका अध्येताका लागि प्रसिद्व रोल्पा जिल्ला आउँदा दिनमा विकास अनुसन्धानका अनुसन्धानकर्ताका लागि पनि उर्वर भूमि बन्न सकोस् । यहाँको असल सञ्चार प्रणालीले विकासको मूलबाटो पहिल्याउँदै समृद्विको दिशामा रोल्पा जिल्लालाई डो¥याउन सकोस् र यहाँको गरीवीलाई एतिहास बनाउन सकोस् भन्ने मेरो सदिच्छा छ ।

You may also like